दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ ६, २०८०
|
|
५९ पटक हेरिएको
Shares
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

सारांश

  • काठमाडौं ।
  • बुधबार नेप्से परिसूचक १४.
  • ०५ अंकले घटेको छ ।

काठमाडौं । बुधबार नेप्से परिसूचक १४.०५ अंकले घटेको छ ।

यस दिन नेप्से ०.६८ प्रतिशतले घटेर २०५०.७८ बिन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । गत कारोबार दिन ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९५३ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ३ अर्ब ४९ करोड ८ लाख १६ हजार २०३ रुपैयाँमा सीमित भएको छ । यस दिन २७१ वटा धितोपत्रको ८६ लाख ३९ हजार ६४४ कित्ता सेयर किनबेच भएको हो ।

बुधबार सिटी होटलको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ । यस दिन उक्त कम्पनीको सेयर मूल्य २६१ रुपैयाँ ४० पैसा पुगेको छ ।यस्तै, सोल्टी होटलको सेयरमूल्य ७.३१ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४७० रुपैयाँ कायम भएको छ । यसैगरी, सेयरमूल्य सर्वाधिक घट्ने कम्पनीमा ग्रीन भेञ्चर्स रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ६.९८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४५३ रुपैयाँमा झरेको छ । यस्तै, मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य ५.४८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २५५ रुपैयाँ ४० पैसामा सीमित भएको छ । बुधबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ ।

उक्त कम्पनीको प्रतिकित्ता ५३८ रुपैयाँमा २२ करोड ४८ लाख बराबरको सेयर कारोबार भएको हो । यो मूल्य अघिल्लो दिनको तुलनामा ३.६० प्रतिशत घटेको हो । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोल्टी होटल रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४७० रुपैयाँमा १९ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी ९ समूहको परिसूचक घटेको छ ।

यसदिन, जलविद्युत समूहको परिसूचक सर्वाधिक १.६२ प्रतिशतले घटेको छ । यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ४.४८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?