भारतसँग पराजित हुँदै साफ च्याम्पियनसिपबाट नेपाल बाहिरियो

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ १०, २०८०
|
|
६५ पटक हेरिएको
Shares
भारतसँग पराजित हुँदै साफ च्याम्पियनसिपबाट नेपाल बाहिरियो

सारांश

  • काठमाडौं ।
  • साविक उपविजेता नेपाल भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाट बाहिरिएको छ ।
  •  बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा शनिबार साविक विजेता भारतसँग २–० ले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

काठमाडौं । साविक उपविजेता नेपाल भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाट बाहिरिएको छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा शनिबार साविक विजेता भारतसँग २–० ले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्री र महेश सिंह नोरिमले एक एक गोल गरे । खेलको ६१ औं मिनेटमा सुनिलले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७० औं मिनेटमा महेशले गोल गर्दै भारतलाई २–० को जित दिलाए ।

यस जितसँगै समूह ए बाट भारतले सेमिफाइनलमा स्थान बनाएको छ । भारतले २ खेलमा ६ अंक जोडेको छ । लगातार दोस्रो जित निकालेको भारत दोस्रो स्थानमा रहेको छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई ४–० ले हराएको थियो ।

नेपाल भने एक खेल अगावै समूह चरणबाट बाहिरिएको छ । पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ ले पराजित भएको थियो । भारतसँगै कुवेत पनि सेमिफाइनल प्रवेश गरेको छ । कुवेतले शनिबार पाकिस्तानलाई ४–० ले हराएको थियो । कुवेत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

अब नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा मंगलबार पाकिस्तानविरुद्ध खेल्नेछ । नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । पाकिस्तान पनि अंक विहीन रहदै पुछारमा रहेको छ ।

(https://hhcdropshipping.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

​‘झुक्याएर आफ्नै दिदी बेच्ने मेरो सालोलाई भलो नहोस्’
​‘झुक्याएर आफ्नै दिदी बेच्ने मेरो सालोलाई भलो नहोस्’
यी चार प्रदेशमा आज मध्यम वर्षाको सम्भावना
यी चार प्रदेशमा आज मध्यम वर्षाको सम्भावना
घोराही-तुलसीपुर सडक विस्तारः ‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’
घोराही-तुलसीपुर सडक विस्तारः ‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’
प्रधानमन्त्री ओलीको पहिलो भ्रमण भारत, मोदीसँग चैत २४ मा भेट हुने
प्रधानमन्त्री ओलीको पहिलो भ्रमण भारत, मोदीसँग चैत २४ मा भेट हुने
८० किलोको खुकुरी
८० किलोको खुकुरी
चिनियाँ राष्ट्रपतिले मनोनित गरे उच्च सैन्य अधिकारीहरु
चिनियाँ राष्ट्रपतिले मनोनित गरे उच्च सैन्य अधिकारीहरु
सेल्फी खिच्ने बानीले लाग्ने रोग सेल्फी इल्बो के हो?
सेल्फी खिच्ने बानीले लाग्ने रोग सेल्फी इल्बो के हो?
सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित
सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित
झन्डावाल गाडी चढ्नबाट प्रदेश प्रमुख वञ्चित, के छन् त सेवा सुविधा ?
झन्डावाल गाडी चढ्नबाट प्रदेश प्रमुख वञ्चित, के छन् त सेवा सुविधा ?
पीपीएल क्रिकेटः ज्ञानेन्द्रको काठमाण्डौँ संकटमा, चितवन सामु ९५ रनकाे झिनो लक्ष्य प्रस्तुत
पीपीएल क्रिकेटः ज्ञानेन्द्रको काठमाण्डौँ संकटमा, चितवन सामु ९५ रनकाे झिनो लक्ष्य प्रस्तुत

तपाईंले छुटाउनुभयो कि?