राष्ट्रियसभा र यसअन्तर्गतका समितिलाई ओझेलमा पारिएको गुनासो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ १२, २०८०
|
|
६३ पटक हेरिएको
Shares
राष्ट्रियसभा र यसअन्तर्गतका समितिलाई ओझेलमा पारिएको गुनासो

सारांश

  • काठमाडौं ।
  • राष्ट्रियसभा र यसअन्तर्गतका समितिलाई ओझेलमा पारिएको भन्दै सांसदहरुले गुनासो गरेका छन् ।
  • राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा सांसदहरुले समितिको निर्देशनमा पनि विभेद भएको भन्दै गुनासो गरेका हुन् ।

काठमाडौं । राष्ट्रियसभा र यसअन्तर्गतका समितिलाई ओझेलमा पारिएको भन्दै सांसदहरुले गुनासो गरेका छन् । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा सांसदहरुले समितिको निर्देशनमा पनि विभेद भएको भन्दै गुनासो गरेका हुन् ।

दिगो विकास तथा सुशासन समितिका निर्देशन कार्यान्वयनको अवस्थाका बारेमा आज समितिमा भएको छलफलका क्रममा सांसदहरुले संविधान नै संशोधन गरेर भए पनि सभाको काम, कर्तव्य र अधिकारका बारेमा स्पष्ट पारिनुपर्नेमा जोड दिएका हुन् । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले समितिले भविष्यसम्म सान्दर्भिक हुने निर्णय गर्नुपर्ने बताए । समितिका निर्देशन कार्यान्वयन गर्नुपर्ने सरकारी निकायले विषयलाई तर्काएर भाग्ने खोज्ने गरेको अनुभव पनि उनले सुनाए ।

‘अन्यत्र रिबन काट्न जाने मन्त्री संसद् र संसदीय समितिमा नदेखिने अवस्था छ, संसद्मा विधेयक प्रस्तुत गर्ने मन्त्रीले प्रक्रिया कहाँ पुग्यो भनी बुझ्ने चलन नै छैन’ अध्यक्ष तिमल्सिनाले भने । बजेट नभएको भनी संसद् नचलाउने कुरा नहुने उल्लेख गर्दै उनले संसदीय प्रक्रियालाई सुदृढ गरिनुपर्नेमा जोड दिए ।

राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले समितिका निर्देशन शतप्रतिशत कार्यान्वयन हुनुपर्ने उल्लेख गर्दै माथिल्लो सदनमा प्रदेश र स्थानीय तहबाट पनि निर्वाचित हुने व्यवस्था रहेकाले बढी जिम्मेवार हुनुपर्ने बताइन् । व्यवहारमा राष्ट्रियसभाको भूमिका नदेखिएकाले ओझेलमा पर्न थालेको उनको भनाइ थियो । राष्ट्रियसभालाई ओझेलमा पार्ने वातावरण अन्त्य गरिनुपर्ने उपाध्यक्ष अर्यालले बताइन् ।

सांसद कमला पन्तले संसद् र समितिकै काम कारबाही खस्किएको उल्लेख गर्दै समितिका बैठकलाई मन्त्रीले गम्भीरतापूर्वक नलिने गरेको गुनासो गरिन् । ‘निजामती कर्मचारीलाई दोष दिएर राजनीतिज्ञ उम्कन मिल्दैन, निजामतीलाई डो¥याउने काम पनि राजनीतिज्ञको हो, नेतृत्वकर्ता राजनीतिज्ञले राम्रो नगरे कर्मचारी जागिर खान आएका हुन्, खान्छन्’, उनले भनिन् ।

सांसद बिमला घिमिरेले राज्यको पुनर्संरचना भए पनि चेतनाको पुनर्संरचना नभएकाले समस्या आएको उल्लेख गर्दै राष्ट्रियसभालाई सङ्कुचित बनाउन नहुनेमा जोड दिइन् । सांसद महेशकुमार महराले समितिको त्रुटिले पनि निर्देशन फितलो हुने गरेको उल्लेख गर्दै राष्ट्रियसभाका समितिको निर्देशनलाई सरकारले गम्भीर रुपमा नलिने गरेको अनुभव सुनाए । अर्थ विधेयक र महाअभियोग प्रस्तावजस्ता विषय राष्ट्रियसभामा नआउने भएकाले पनि सरकारले नटेरेको उनको भनाइ थियो ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले राष्ट्रियसभालाई साझा एवं स्थायी सभा भनिए पनि यसलाई ओझेलमा पार्ने काम भएको बताए । समितिका सभापति प्रकाश पन्थले बैठकमा उठेका सुझावका आधारमा लघु अध्ययन मस्यौदालाई अन्तिम रुप दिइने जानकारी गराए । यसका लागि नीति अनुसन्धान प्रतिष्ठानलाई अनुरोध गर्ने निर्णय पनि उनले सुुनाए । लघु अनुसन्धानमा सहभागी संविधानसभा सदस्य खिमलाल देवकोटाले समितिका ५२ निर्देशनमध्ये १४ वटामात्र कार्यान्वयन भएको पाइएको बताए । समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई १८ निर्देशन दिएकामा चार मात्र कार्यान्वयन भएको सुनाए ।

समितिले गृह मन्त्रालयलाई छवटा निर्देशन दिएकामा एउटा मात्र कार्यान्वयन भएको छ । पाँचवटा निर्देशन कार्यान्वयन नभएको प्रतिवेदनमा उल्लेख छ । समितिले कार्य क्षेत्रमा बसेर निर्देशन नगर्ने र लामो निर्देशन दिँदा थोरै मात्र कार्यान्वयन हुने गरेको तथ्य प्रतिवेदनले औँल्याएको छ । समितिले पनि गहिरो अध्ययन नगरी लोकप्रिय हुनकै लागि मात्रै निर्देशन दिँदा पनि समस्या आउने गरेको छ । निर्देशन कार्यान्वयन गर्नेलाई पुरस्कार र नगर्नेलाई दण्डको व्यवस्था हुन नसकेकाले पनि समस्या भएकामा प्रतिवेदनले ध्यानाकर्षण गराएको छ । निर्णय कार्यान्वयन भए, नभएको अनुगमनमा पनि समस्या देखिएको प्रतिवेदनमा जनाइएको छ ।

बैठकमा सांसदहरु तुलप्रसाद विश्वकर्मा, जगप्रसाद शर्मा, भुवनबहादुर सुनार, सिङ्गबहादुर विश्वकर्मा, शारदादेवी भट्टलगायतले राष्ट्रियसभा र समितिको महत्वलाई कम नआँक्न अनुरोध गरेका थिए । समितिका सचिव डा रोजनाथ पाण्डेले लघु अध्ययन मस्यौदा प्रतिवेदनले दिएका १५ सिफारिसमध्ये १३ वटा समितिलाई नै रहेको जानकारी गराए । समितिले ध्यान दिनुपर्ने विषय पनि प्रतिवेदनमा आएको उनले बताए । अध्ययनमा प्रतिष्ठानका वरिष्ठ अनुसन्धाता डा. मुक्ति रिजाल र अशोक पाण्डे पनि सहभागी भएका थिए । यसअघि समितिका सांसदहरुकै उपसमिति बनाएर पनि अध्ययन गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन
औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन
अझै युवालाई राजनीतिमा अलग राख्ने र बूढा पुस्ताले नै राजनीति गर्ने हो भने
अझै युवालाई राजनीतिमा अलग राख्ने र बूढा पुस्ताले नै राजनीति गर्ने हो भने
राष्ट्रियसभाको अध्यक्ष तिमिल्सिनालाई बनाउने एमालेको निर्णय
राष्ट्रियसभाको अध्यक्ष तिमिल्सिनालाई बनाउने एमालेको निर्णय
भारतः आज पाँचौ चरणको मतदान हुँदै
भारतः आज पाँचौ चरणको मतदान हुँदै
बैंकबाट कम ब्याजमा पैसा लिइ सहकारीबाट बढी ब्याज खानेहरुले आन्दोलन गरेको मन्त्रीको आरोप
बैंकबाट कम ब्याजमा पैसा लिइ सहकारीबाट बढी ब्याज खानेहरुले आन्दोलन गरेको मन्त्रीको आरोप
बकर इदले नेपालीबीचको एकतालाई प्रगाढ बनाउँछ : प्रम ओली
बकर इदले नेपालीबीचको एकतालाई प्रगाढ बनाउँछ : प्रम ओली
चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गछौँ : पर्यटनमन्त्री किराती
चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गछौँ : पर्यटनमन्त्री किराती
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
नेपाली कांग्रेसको समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा को को ? (पूर्ण सूची)
नेपाली कांग्रेसको समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा को को ? (पूर्ण सूची)
पहिराले नारायणगढ-मुग्लिन सडक अवरुद्ध
पहिराले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

तपाईंले छुटाउनुभयो कि?