उद्धार र राहत वितरणमा ढिलासुस्ती भएको नेता खनालको आरोप

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण ३०, २०७४
|
|
५६ पटक हेरिएको
Shares
उद्धार र राहत वितरणमा ढिलासुस्ती भएको नेता खनालको आरोप

सारांश

  • सुर्खेत ।
  • पहाडमा पहिरो र तराईमा बाढीले आक्रान्त पार्दासमेत सरकारले उद्धार तथा राहत वितरण कार्यमा ढिलासुस्ती गरेको आरोप नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले लगाउनुभएको छ ।
  • प्रेस चौतारी नेपाल शाखा सुर्खेतले आज वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले साठीभन्दा बढी नागरिकको मृत्यु, हजारौँ परिवार विस्थापित तथा प्रभावित हुँदासमेत सरकारले युद्धस्तरमा काम नगरेको बताउनुभयो ।

सुर्खेत । पहाडमा पहिरो र तराईमा बाढीले आक्रान्त पार्दासमेत सरकारले उद्धार तथा राहत वितरण कार्यमा ढिलासुस्ती गरेको आरोप नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले लगाउनुभएको छ ।

प्रेस चौतारी नेपाल शाखा सुर्खेतले आज वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले साठीभन्दा बढी नागरिकको मृत्यु, हजारौँ परिवार विस्थापित तथा प्रभावित हुँदासमेत सरकारले युद्धस्तरमा काम नगरेको बताउनुभयो ।

उहाँले नेपाल–भारत सीमा नदीमा भारतले बनाएको बाँधले तराई डुबानमा परेको बताउनुभयो । वर्षात् हुने क्रम जारी रहेकाले तत्काल सिमानामा बनाइएका बाँधका ढोका खोल्न भारत सरकारसँग संवाद थाल्न पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

यस्ता समस्या भविष्यमा आउन नदिन दीर्घकालीन योजना बनाउन भारतसँग नेपाल सरकारले कूटनीतिक पहल थाल्न आवश्यक रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

आगामी माघ ७ गतेसम्म बाँकी दुई चरणका निर्वाचन गरिसक्नुपर्ने बाध्यता भए पनि सरकार संवैधानिक संकट निम्त्याउने खेलमा लागेको आरोप उहाँको भनाइ थियो ।

संविधान संशोधन गर्नै नहुने पक्षमा एमाले नरहेको स्पष्ट पार्दै नेता खनालले संविधान कार्यान्वयनभन्दा सरकारले संशोधनलाई प्रमुख एजेण्डा बनाएर समय खर्चिरहेको बताउनुभयो ।

एक्काइसौँ दिनदेखि आमरण अनशनमा बस्नुभएका डा गोविन्द केसीका माग सम्बोधन नगरिनु दुःखद भएको टिप्पणी गर्दै उहाँले सरकारलाई तत्काल केसीका मागप्रति संवेदनशील भएर वार्ता गर्न पनि आग्रह गर्नुभयोे । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसका उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त
कांग्रेसका उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त
त्रियुगा र चौदण्डीमा जङ्गली हात्तीको त्रास
त्रियुगा र चौदण्डीमा जङ्गली हात्तीको त्रास
बोर्डिङ स्कुलको चर्को ‘फी’ विरुद्ध सरकारी वकीलले मुद्दा दर्ता गर्न मानेनन्
बोर्डिङ स्कुलको चर्को ‘फी’ विरुद्ध सरकारी वकीलले मुद्दा दर्ता गर्न मानेनन्
संविधान संशोधन प्रस्तावको विपक्षमा किन सांसद सरिता गिरी ?
संविधान संशोधन प्रस्तावको विपक्षमा किन सांसद सरिता गिरी ?
नेपाल विद्युत प्रधिकरणका कर्मचारी तास खेलेर बसेपछि !
नेपाल विद्युत प्रधिकरणका कर्मचारी तास खेलेर बसेपछि !
किन लुकाए तक्मे बुढाले विहे ?
किन लुकाए तक्मे बुढाले विहे ?
तनहुँ-१ र चितवन-२ मा शानदार मतले विजयी रास्वपा बारा-२ मा चौथो स्थानबाट संघर्षरत
तनहुँ-१ र चितवन-२ मा शानदार मतले विजयी रास्वपा बारा-२ मा चौथो स्थानबाट संघर्षरत
मोरङक केही मतदान केन्द्रका स्थान सामान्य हेरफेर
मोरङक केही मतदान केन्द्रका स्थान सामान्य हेरफेर
रबिको बयान सकियो, धरौटीमा छुट्लान्?
रबिको बयान सकियो, धरौटीमा छुट्लान्?
आफ्नै अगाडि अर्जुन कपुरले दीपिकालाई चुम्बन गर्दा यस्तो थियो रणबीरको प्रतिक्रिया
आफ्नै अगाडि अर्जुन कपुरले दीपिकालाई चुम्बन गर्दा यस्तो थियो रणबीरको प्रतिक्रिया

तपाईंले छुटाउनुभयो कि?