विश्वकप फुटबल २०१८ : गोल्डेन बुटको दौडमा काे काे ?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ २१, २०७५
|
|
३६ पटक हेरिएको
Shares
विश्वकप फुटबल २०१८ : गोल्डेन बुटको दौडमा काे काे ?

सारांश

  • रसियामा जारी विश्वकप फुटबलमा गोल्डेन बुटको दौडमा इङल्याण्डका ह्यारी केनको अग्रता झन् बढेको छ ।
  • कोलोम्बियाविरुद्ध गोल गरेपछि केनले विश्वकपमा आफ्नो छैठौ गोल गरेका छन् ।
  • केनले ४ खेलमा ६ गोल गर्दै गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी रहेका छन् ।

रसियामा जारी विश्वकप फुटबलमा गोल्डेन बुटको दौडमा इङल्याण्डका ह्यारी केनको अग्रता झन् बढेको छ ।

कोलोम्बियाविरुद्ध गोल गरेपछि केनले विश्वकपमा आफ्नो छैठौ गोल गरेका छन् । केनले ४ खेलमा ६ गोल गर्दै गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी रहेका छन् । त्यस्तै उनलाई पछ्याउदै बेल्जियमका रोमेलु लुकाकुले ४ गोल गरेका छन् । अब पोर्चुगल विश्वकपबाट बाहिरिएपछि रोनाल्डोको गोल्डेन बुट जित्ने सम्भावना सकिएको छ ।

त्यस्तै गोल्डेन बुटको दौडमा फ्रान्सका किलियन एम्बाप्पे र उरुग्वेका एडिनसन कभानी तेस्रो स्थानमा रहेका छन् । उनीहरु दुवैले अन्तिम १६ को खेलमा २/२ गोल गर्दै विश्वकपमा आफ्नो गोल संख्या ३/३ पुर्याउदै गोल्डेन बुटको दौडमा सामेल भएका हुन् ।

त्यस्तै रसियाका डेनिस चेरीशेभ र अर्टीम डिजीउबाले अहिलेसम्म ३/३ गोल गर्दै गोल्डेन बुटको दौडमा रहेका छन् । विश्वकपमा ३ गोल गरेका स्पेनका डिएगो कोष्टा स्पेन विश्वकपबाट बाहिरिए पछि उनको गोल्डेन बुटको सम्भावना सकिएको छ।

त्यस्तै बेल्जियमका इडेन हजार्ड, इङल्याण्डका जोन स्टोन, क्रोसीका लुका मोड्रीच, फ्रान्सका एन्टोनी ग्रिजम्यान, उरुग्वेका लुइस स्वरेज, ब्राजिलका फिलिप कोटिन्हो र नेइमार, स्विडेनक अन्द्रेस ग्रानक्विभिष्टले २/२ गोल गरेर गोल्डेन बुटको दौडमा चौथो स्थानमा रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?