किन निसानामा छन् गृहमन्त्री श्रेष्ठ ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण १२, २०८०
|
|
४८ पटक हेरिएको
Shares
किन निसानामा छन् गृहमन्त्री श्रेष्ठ ?

सारांश

  • काठमाडौं।
  •   एक साताको कम्बोडिया यात्रापछि मंगलबार स्वदेश फर्किएका प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाटै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निसाना साँधे।
  • सुन तस्करी प्रकरणलाई लिएर श्रेष्ठमाथि ओली आक्रामकरूपमा प्रस्तुत हुनुलाई अर्थपूर्णरूपमा हेरिएको छ।

काठमाडौं।  एक साताको कम्बोडिया यात्रापछि मंगलबार स्वदेश फर्किएका प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाटै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निसाना साँधे। सुन तस्करी प्रकरणलाई लिएर श्रेष्ठमाथि ओली आक्रामकरूपमा प्रस्तुत हुनुलाई अर्थपूर्णरूपमा हेरिएको छ।

ओली कम्बोडिया उड्नुभन्दा अघिल्लो दिन गत साताको बुधबार साँझ राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टलभन्दा बढी तस्करीको सुन बरामद गरेको थियो।

भारतबाट ल्याइएका मोटरसाइकल चढ्ने देशमा हङकङबाट ल्याएको मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ को प्रयोजनबारे यसअघि कहिल्यै चर्चा भएन।

उक्त ब्रेक सुसहितको सुनको तौल १५५ केजी रहेको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ। बलियो सुरक्षा घेरा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भएर बाहिर आएको अवस्थामा सुन बरामद भएपछि सिंगो मुलुकको ध्यान त्यतातर्फ तानिएको छ।

जसको अहिले राजस्व अनुसन्धान विभागले नै अनुसन्धान तथा तहकिकात गरिरहेको छ। यो प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन्।

यसरी यति ठुलो मात्रामा तस्करीको सुन बरामद भएपछि एमाले अध्यक्ष ओलीले सुरक्षाको विभागीय जिम्मेवारीमा रहने गृहमन्त्री श्रेष्ठमाथि निसाना साँधेका हुन्।

ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्री जवाफदेही हुनुपर्ने भन्नेमाथि उल्टै मुद्दा हाल्न लगाइएको भन्दै आक्रोश व्यक्त गरे। उनले भने, ‘गैरजिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले ? उहाँले बताउनुपर्यो उहाँको संलग्नता छ, छैन ? सानोतिनो संलग्नताबाट यो त भएको छैन होला ! उहाँको संलग्नता छ कि छैन ? छैन भने कसको संलग्नता छ ? को छ यसमा ?’

सुन तस्करीमा गृहमन्त्री श्रेष्ठमाथि आरोप लगाउनेमा ओली पहिलो भने होइनन्। यसअघि एमालेनिकट पत्रकार संगठन प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले विमानस्थलबाट गृहमन्त्री श्रेष्ठले नै तस्करीको सुन छुटाएको आरोप लगाएका थिए।

सुन बरामद भएकै दिन बस्नेतले आफ्नो फेसबुकमा गृहमन्त्री श्रेष्ठले विमानस्थलबाट सुन छुटाएको र अर्थमन्त्री प्रकाशशरण महतले राजस्व अनुसन्धान विभागबाट बरामद गर्न लगाएको सूचना आफूलाई प्राप्त भएको उल्लेख गरेका थिए।

त्यसपछि गृहमन्त्री श्रेष्ठको सचिवालयले बस्नेतले गृहमन्त्रीविरुद्ध भ्रम छरेर मानमर्दन गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको थियो। बस्नेतले माफी मागेपछि यो विषय सामसुम भइसकेको छ। बस्नेत आफैंले ‘समाचारको स्रोत गलत परेको’ बताइसकेका छन्।

सुन तस्करी प्रकरणमा प्रतिपक्षी दलबाट मात्रै होइन्, सत्तारूढ दलभित्रैबाट पनि गृहमन्त्री श्रेष्ठ आलोचनाको केन्द्रमा छन्। यो विषय प्रतिनिधिसभा बैठक, संसदीय समिति र पार्टीका बैठकमा पनि उठेको छ।

सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणमा श्रेष्ठको संलग्नता आशंका गर्छन्। शर्माले यसप्रकरणमा अर्थमन्त्री महत पनि दोषी भएको बताएका छन्। सांसद शर्मा यस विषयमा पहिलोपटक शुक्रबार संसद्को कानुन, न्याय र मानवअधिकार समितिको बैठकमा बोलेका थिए। बैठकमा उनले विमानस्थलबाट भइरहेको सुन तस्करी रोक्न नसकेकोमा गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका थिए।

सुन तस्करीको विषय कांग्रेस केन्द्रीय समिति बैठकमा पनि उठेको छ। कांग्रेस बैठकमा केन्द्रीय सदस्य जितजंग बस्नेतले सुन तस्करीमा गृहमन्त्री श्रेष्ठ र सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम जोडिएर आएको भन्दै सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण पक्राउ पर्दा गृहमन्त्री श्रेष्ठलाई धन्यवाद दिन जाने कांग्रेस नेताहरू माओवादी केन्द्रका उच्च तहका नेता नै सुन तस्करीमा मुछिँदा बोल्न नसकेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन्। नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनसेलको टावरमा बम विस्फोट
एनसेलको टावरमा बम विस्फोट
कोरोना संक्रमित दाजुको मृत्यु संस्कार गर्न बैगलोर पुगेर फर्किएका भाईको संक्रमणबाटै मृत्यु
कोरोना संक्रमित दाजुको मृत्यु संस्कार गर्न बैगलोर पुगेर फर्किएका भाईको संक्रमणबाटै मृत्यु
हेडसरले नै छात्रबृत्तिसमेत खाएपछि भ्रष्टाचार मुद्दा
हेडसरले नै छात्रबृत्तिसमेत खाएपछि भ्रष्टाचार मुद्दा
आज पनि बढ्याे सुनकाे मूल्य
आज पनि बढ्याे सुनकाे मूल्य
यसअघि भारतबाट ल्याउने गरिएका मतपेटिकादेखि मसीसम्म चीनबाट !
यसअघि भारतबाट ल्याउने गरिएका मतपेटिकादेखि मसीसम्म चीनबाट !
संसद विघटनविरुद्धको मुद्वामा प्रधानन्यायाधीश, न्यायाधीश र अधिवक्ताहरुबीच रोचक सवाल-जवाफ
संसद विघटनविरुद्धको मुद्वामा प्रधानन्यायाधीश, न्यायाधीश र अधिवक्ताहरुबीच रोचक सवाल-जवाफ
अपाङ्गमैत्री कार्ययोजना ल्याउन मन्त्रालय तयार : मन्त्री गुरुङ
अपाङ्गमैत्री कार्ययोजना ल्याउन मन्त्रालय तयार : मन्त्री गुरुङ
पार्टीको विधान र व्यवस्था बदल्नुपर्छ : महामन्त्री थापा
पार्टीको विधान र व्यवस्था बदल्नुपर्छ : महामन्त्री थापा
हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!
हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!
People cognizant of family planning measures but not using them widely: Survey
People cognizant of family planning measures but not using them widely: Survey

तपाईंले छुटाउनुभयो कि?