एनसेलको टावरमा बम विस्फोट

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन १, २०७४
|
|
५९ पटक हेरिएको
Shares
एनसेलको टावरमा बम विस्फोट

सारांश

  • चितवन, १ फागुन, पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६, बछ्यौलीमा रहेको एनसेलको टावर र उपकरणमा गएराति अज्ञात समूहले कुकर बम विस्फोट गराएको छ ।
  • रत्ननगर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाका अनुसार राति करिब १२ बजेको समयमा बम विस्फोट भएको थियो ।
  • विस्फोटनबाट एनसेलको उपकरणमा क्षति पुगेपनि टावरमा भने केही नभएको उहाँले बताउनुभयो ।

चितवन, १ फागुन, पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६, बछ्यौलीमा रहेको एनसेलको टावर र उपकरणमा गएराति अज्ञात समूहले कुकर बम विस्फोट गराएको छ ।

रत्ननगर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाका अनुसार राति करिब १२ बजेको समयमा बम विस्फोट भएको थियो ।

विस्फोटनबाट एनसेलको उपकरणमा क्षति पुगेपनि टावरमा भने केही नभएको उहाँले बताउनुभयो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्टका कार्यकर्ताले विस्फोट गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । स्थानीय शिवनारायण चौधरीको जग्गा भाडामा लिएर एनसेलले उपकरण र टावर जडान गरेको थियो ।

प्रहरी नायब उपरीक्षक खतिवडाले एनसेलका बिटिएस राखिएका अधिकांशस्थल मानवबस्ती कम भएको ठाउँमा रहेको र सुरक्षागार्ड नराखेका कारण सुरक्षा समस्या देखिएको बताउनुभयो ।

घटनापछि आफूले पूर्वी क्षेत्रमा रहेका अधिकांश बिटिएस निरीक्षण गर्दा सुरक्षाको व्यवस्था सम्बन्धित कम्पनीले नगरेको पाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामुदायिक विद्यालयमा विद्यार्थीको चाप
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप
एक करोड मूल्यको पोशाक
एक करोड मूल्यको पोशाक
विश्वकप फुटबल प्रतियोगिता : रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी
विश्वकप फुटबल प्रतियोगिता : रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी
जनआन्दोलनका घाइते भिख माग्दै हिँड्न बाध्य
तलेजु मन्दिरमा यस वर्षको दशैमा पशुवलि नदिइने
तलेजु मन्दिरमा यस वर्षको दशैमा पशुवलि नदिइने
चीनमा भेटियो ‘पाताल लोक’को नयाँ संसार, ६ सय फिट तल बढेमाको रुख
चीनमा भेटियो ‘पाताल लोक’को नयाँ संसार, ६ सय फिट तल बढेमाको रुख
सामूहिक बलात्कारमा परेकी युवतीले यसरी घुमाइन प्रहरीलाईः राजिखुसी यौन सम्पर्क गरेको खुलासा
सामूहिक बलात्कारमा परेकी युवतीले यसरी घुमाइन प्रहरीलाईः राजिखुसी यौन सम्पर्क गरेको खुलासा
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा के-के छन् एजेन्डा ?
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा के-के छन् एजेन्डा ?
जन्ती चढेको बसमा ११ हजार भोल्टको करेन्ट प्रवाह , मृत्यु हुनेको संख्या ९ पुग्यो
जन्ती चढेको बसमा ११ हजार भोल्टको करेन्ट प्रवाह , मृत्यु हुनेको संख्या ९ पुग्यो
तीन प्रतिशत भन्दा बढी बालबालिका विद्यालय शिक्षाबाट टाढा
तीन प्रतिशत भन्दा बढी बालबालिका विद्यालय शिक्षाबाट टाढा

तपाईंले छुटाउनुभयो कि?