जनआन्दोलनका घाइते भिख माग्दै हिँड्न बाध्य

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ २४, २०७४
|
|
५९ पटक हेरिएको
Shares

सारांश

  • फलेबास, पर्वत, २४ जेठ ।
  • विसं २०४६ को जनआन्दोलनमा परेर आफ्नो दाहिने खुट्टा गुमाएका घाइते सरकारबाट उचित सहयोग नपाएपछि वर्षौंदेखि सहयोग माग्दै हिँड्न बाध्य हुनुभएको छ ।
  • रुकुमको सोलावाङका ४८ वर्षीया तारा खड्का हातमुख जोड्नकै लागि भिख माग्न बाध्य हुनुभएको छ ।

फलेबास, पर्वत, २४ जेठ । विसं २०४६ को जनआन्दोलनमा परेर आफ्नो दाहिने खुट्टा गुमाएका घाइते सरकारबाट उचित सहयोग नपाएपछि वर्षौंदेखि सहयोग माग्दै हिँड्न बाध्य हुनुभएको छ ।

रुकुमको सोलावाङका ४८ वर्षीया तारा खड्का हातमुख जोड्नकै लागि भिख माग्न बाध्य हुनुभएको छ । आन्दोलनका क्रममा काठमाडौँ नारायणहिटी दरबारअगाडि राजा महेन्द्रको सालिक भत्काउन खोज्दा उहाँलाई प्रहरीको गोली लागेको थियो । उहाँ सँगैका आठ व्यक्तिले गोली लागेपछि ज्यान गुमाएका थिए ।

खड्काको दाहिने गोडामा तीन गोली लागेको थियो । घाइते भएर पनि कडा सजाय भोग्न बाध्य खड्काले अहिले पर्वतलगायत विभिन्न स्थानमा भिख माग्दै हिँड्न बाध्य भएको बताउनुभयो । खड्काको सोही क्रममा जिब्रोसमेत काटिएको थियो ।

उपचारका लागि उहाँलाई अमेरिकाको पाइलट हस्पिटलमा दुई वर्षसम्म राखेपनि उहाँको स्वास्थ्य अवस्थामा सामान्य सुधार मात्र भएपछि घर फर्कनुभएको थियो । उपचारका लागि राज्यले रु ५० लाख खर्चेको थियो भने उहाँले काठमाडौँमा रहेको आफ्नो घर रु ४० लाखमा बिक्री गर्नुभएको थियो । काठमाडौँमा भएको एउटा घर बिक्रीपछि खड्कासँग अहिले सम्पत्तिको नाममा केही छैन । सानैमा आमाबुबा गुमाएका उहाँले बिहे गरेकी श्रीमती पनि २०४५ सालमा गुमाउनुभयो ।

उहाँकी श्रीमतीको २०४५ सालको भूकम्पमा परी निधन भएको थियो । अहिले कृत्रिम गोडाको सहायताले उहाँ हिँड्डुल गर्नुहुन्छ । सामान्य हिँड्डुल गर्न सकेपनि काम गर्नसक्ने शारीरिक अवस्था उहाँको छैन । उहाँले मुलुकमा जतिसुकै राजनीतिक परिवर्तन भएपनि आफू सधँै पीडित नै बनिरहेको दुखेसो गर्नुभयो ।

“जतिसुकै परिवर्तन आएपनि हामीजस्ता व्यक्तिको मूल्याङ्कन राज्य र सरकारले गर्न सकेनन्”, उहाँले गहभरि आँसु पार्दै भन्नुभयो, “अहिले भिख माग्नुपर्ने अवस्थामा हिँडिरहेको छु ।”

खड्काले पूर्वप्रधानमन्त्री मरिचमान सिंहको सहयोगमा आरआर क्याम्पसबाट बिएड सम्मको अध्ययन पूरा गर्नुभयो । आन्दोलनकै कारण र पीडाकै कारण खड्काको मानसिक अवस्थासमेत बिगँ्रदै गएको छ । उहाँले औषधि सेवन गर्ने पैसासमेत आफूसँग नभएको गुनासो गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली सधैँ नेपाली नै हुन्छ भूतपुर्व वा वर्तमान हुँदैन: मन्त्री अधिकारी
इयूहोफाको ५९ आँै अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने !
इयूहोफाको ५९ आँै अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने !
देउता रिसाउने डरले गोठमै सुत्केरी
देउता रिसाउने डरले गोठमै सुत्केरी
साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह सम्पन्न
साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह सम्पन्न
अष्ट्रेलियाको मेलबर्नस्थित बौद्ध मन्दिरमा आगलागी
अष्ट्रेलियाको मेलबर्नस्थित बौद्ध मन्दिरमा आगलागी
आफ्ना नेतामाथि आक्रमण गरेको भन्दै अब चूप लागेर नबस्ने एमाले अध्यक्षको चेतावनी
आफ्ना नेतामाथि आक्रमण गरेको भन्दै अब चूप लागेर नबस्ने एमाले अध्यक्षको चेतावनी
कोशीबाट एमालेका दुई र कांग्रेसका एक सदस्य निर्वाचित
कोशीबाट एमालेका दुई र कांग्रेसका एक सदस्य निर्वाचित
जनगणनाबारे भ्रम नफैलाउन तथ्याङ्क कार्यालयको अनुरोध
जनगणनाबारे भ्रम नफैलाउन तथ्याङ्क कार्यालयको अनुरोध
किन विवाहित युवती रोज्छन् पुरुष !
किन विवाहित युवती रोज्छन् पुरुष !
जानकी मन्दिरलाई ५ अर्व र मुक्तिनाथ मन्दिरलाई २ अर्ब दिने मोदीको घोषणा !
जानकी मन्दिरलाई ५ अर्व र मुक्तिनाथ मन्दिरलाई २ अर्ब दिने मोदीको घोषणा !

तपाईंले छुटाउनुभयो कि?