इयूहोफाको ५९ आँै अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण २२, २०७५
|
|
५६ पटक हेरिएको
Shares
इयूहोफाको ५९ आँै अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने !

सारांश

  • काठमाडौँ, २२ साउन।
  •   होटल व्यवस्थापनसम्बन्धी शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय संगठन इन्टरनेशनल एशोसिएशन अफ होटल म्यानेजमेन्ट स्कूल्स् (इयूहोफा) को ५९ आँै अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ ।
  •  होटल व्यवस्थापन सम्बन्धी शिक्षा प्रदान गर्ने विश्वभरिका होटल व्यवस्थापन एवं पर्यटनसँग सम्बन्धित शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक एशियामा हुन लागेको हो ।

काठमाडौँ, २२ साउन।  होटल व्यवस्थापनसम्बन्धी शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय संगठन इन्टरनेशनल एशोसिएशन अफ होटल म्यानेजमेन्ट स्कूल्स् (इयूहोफा) को ५९ आँै अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । होटल व्यवस्थापन सम्बन्धी शिक्षा प्रदान गर्ने विश्वभरिका होटल व्यवस्थापन एवं पर्यटनसँग सम्बन्धित शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक एशियामा हुन लागेको हो । सन् २०१९ को २६ देखि ३० नोभेम्बरमा इयूहोफाको ५९औँ काँग्रेस नेपालमा आयोजना हुने लागेको आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

सन् २०१८ को ५८ औँ कँग्रेस विश्वकै पहिलो होटल स्कूल स्विजरल्याण्डको लुजानस्थित इएचएल स्थापनाको १२५औँैं वर्ष पूरा भएको अवसरमा स्विटजरल्याण्डमा आयोजना गर्ने र सन् २०१९ को काँग्रेस नेपालमा आयोजना गर्ने निर्णयअनुसार यहाँ आयोजना हुन लागेको हो । उक्त सम्मेलनमा विश्वभरिका होटल व्यवस्थापन एवं पर्यटनसम्बन्धी शैक्षिक प्रतिष्ठानका २०० भन्दा बढी डिन तथा उच्च तहका सञ्चालक÷व्यवस्थापक सहभागी हुने इयूहोफाका बोर्ड सदस्य खेम लकाइंले जानकारी दिनुभयो ।

नेपाल भ्रमणमा रहनु भएकी इयूहोफाका अध्यक्ष डा मारिया विसिङ्गरले सम्मेलनको पूर्वतयारीबारे नेपालका सदस्य होटल स्कूलहरू ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज), इन्टरनेशनल स्कूल अफ टुरिजम् एन्ड होटल म्यानेजमेन्ट (आईएसटी), एकेडेमी अफ कल्नरी आर्टस् एण्ड हस्पिटालिटी म्यानेजमेन्ट, नेपाल एकेडेमी एण्ड होटल म्यानेजमेन्ट, सिल्भर माउन्टेन स्कूल अफ होटल म्यानेजमेन्ट, गोल्डेन गेटका प्रमुखहरूसँग छलफल गर्नुभएको छ ।

सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउन लागेको सन्दर्भमा नेपालमा विश्वभरिकै अग्रणी होटल व्यवस्थापन शिक्षा प्रदायकहरू जम्मा हुनु अभूतपूर्व अवसर भएको बताइएको छ । हाल नेपालमा ४० भन्दाबढी शैक्षिक प्रतिष्ठानहरूले होटल व्यवस्थापन एवं पर्यटन शिक्षासम्बन्धी उच्चस्तरको शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । “विश्वका २०० होटल व्यवस्थापन स्कूलका सञ्चालकहरूको सहभागितामा नेपालमा यस्तो अन्तर्राष्ट्रिय सम्मेलन गर्न पाउनु हाम्रो लागि ठूलो अवसर हो, यो नेपालको पर्यटन उद्योगकै ठूलो उपलब्धि हुनेछ, नेपालको पर्यटन उद्योगको प्रचारप्रसारमा निकै ठूलो योगदान पुग्नेछ”, गेट कलेजका प्रमुख कार्यकारी अधिकृतसमेत रहनुभएका खेम लकाइले भन्नुभयो ।

सम्मेलनमा नेपाल पर्यटन बोर्ड, होटल एशोसिएशन अफ नेपाल (हान) लगायत पर्यटनसँग सम्बन्धित संस्थाहरूको समेत सहभागिताका लागि पहल भइरहेको उहाँले बताउनुभयो । होटल व्यवस्थापन शिक्षालाई प्रभावकारी उद्देश्यका साथ ६५ वर्षअघि युरोपमा स्थापना भएको इयूहोफा इन्टरनेशनलमा विश्वभरिका २०० होटल व्यवस्थापन शिक्षा प्रदायक सदस्य रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय अनुसन्धान विभागको रिपोर्ट बाहिरियो, एमालले १०० सिट कटाउने कांग्रेस १०० सिट नजिक
राष्ट्रिय अनुसन्धान विभागको रिपोर्ट बाहिरियो, एमालले १०० सिट कटाउने कांग्रेस १०० सिट नजिक
कैदीबन्दी मृत्यु प्रकरण : सुरक्षा इञ्चार्जसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु
कैदीबन्दी मृत्यु प्रकरण : सुरक्षा इञ्चार्जसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु
पुष्पलाल स्मृति ब्याडमिन्टन: सेमिफाइनल समीकरण पूरा
पुष्पलाल स्मृति ब्याडमिन्टन: सेमिफाइनल समीकरण पूरा
भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी
भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी
राष्ट्रपति भण्डारीबाट लुभ्र अबुधावी संग्रहालयको अवलोकन
राष्ट्रपति भण्डारीबाट लुभ्र अबुधावी संग्रहालयको अवलोकन
राष्ट्रिय बाल साहित्य सम्मेलन खोटाङमा
राष्ट्रिय बाल साहित्य सम्मेलन खोटाङमा
आफन्तको पर्खाइमा पीडामा दिन बिताउँदै बेपत्ता परिवार
यसरी लेखे प्रधानमन्त्रीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलले  पत्र
यसरी लेखे प्रधानमन्त्रीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलले पत्र
निर्वाचनबाट नयाँ अध्यायको शुरुआत भएको छः प्रचण्ड
निर्वाचनबाट नयाँ अध्यायको शुरुआत भएको छः प्रचण्ड
मातृ तथा नवजात शिशु धनुष्टंकार उन्मूलनको निरन्तरता: नेपाललाई डब्ल्यूएचओको अन्तर्राष्ट्रिय सम्मान
मातृ तथा नवजात शिशु धनुष्टंकार उन्मूलनको निरन्तरता: नेपाललाई डब्ल्यूएचओको अन्तर्राष्ट्रिय सम्मान

तपाईंले छुटाउनुभयो कि?