तलेजु मन्दिरमा यस वर्षको दशैमा पशुवलि नदिइने

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन २१, २०७७
|
|
५८ पटक हेरिएको
Shares
तलेजु मन्दिरमा यस वर्षको दशैमा पशुवलि नदिइने

सारांश

  • भक्तपुरको तलेजु भवानीको मन्दिरमा यस वर्ष कुनै पनि बलि नदिइने भएको छ ।
  • मन्दिरमा बडादशैंको पूजा समेत औपचारिक रुपमा मात्र सीमित हुनेछ ।
  • मन्दिरभित्र विधिपूर्वक पूजा गर्नको लागि पुजारीले मात्र प्रवेश पाउनेछन् ।

भक्तपुरको तलेजु भवानीको मन्दिरमा यस वर्ष कुनै पनि बलि नदिइने भएको छ । मन्दिरमा बडादशैंको पूजा समेत औपचारिक रुपमा मात्र सीमित हुनेछ । मन्दिरभित्र विधिपूर्वक पूजा गर्नको लागि पुजारीले मात्र प्रवेश पाउनेछन् । अन्य सबैलाई प्रवेश निषेध गरिएको छ । श्रद्धालुले बाहिरैबाट पूजा आराधना गर्न गर्न सक्नेछन् तर त्यसमा पनि निर्धारित स्वास्थ्य मापदण्ड र दूरीको मापदण्ड पूरा गर्नुपर्नेछ ।

तलेजु भवानी मन्दिर दशैंमा धेरै बलि दिइने मन्दिरमध्येको एक हो । ‘यहाँ हरेक वर्ष गुठी संस्थानले मात्र ६० वटा बोका, ३१ वटा राँगा र ३० वटा हाँस बलिको लागि दिने गर्छ’ भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले डिसीनेपालसँग भने ‘सर्वसाधारणले ल्याउने पशुपन्छीको संख्या त कति हो कति गनिनसक्नु हुन्छ ।’ यस वर्षको लागि भने गुठी संस्थानले पनि बलि प्रयोजनको लागि कुनै पनि पशुपन्छी नपठाउने निर्णय गरिसकेको प्रजापतिले जानकारी दिए । ‘हामीले सर्वसाधारणलाई पनि बलिको लागि पशुपन्छी नल्याउन आग्रह गर्ने निर्णय गरिसकेका छौं’ प्रजापतिले भने ।

दशैं नजिकिएपछि तलेजु मन्दिरमा बडादशैंको पूजा व्यवस्थित गर्नको लागि मंगलबार भक्तपुर नगरपालिकाका प्रजापतिको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरका प्रतिनिधि, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजुका पुजारीहरू सहितको बैठकले स्वास्थ्य जोखिम रोक्ने उद्देश्यसहित यस वर्ष तलेजुको पूजा औपचारिकतामा सीमित राख्ने निर्णय गरेको हो । ‘यसअघि पनि सम्भावित जोखिम रोक्ने अभियानमा नगरबासीले सहयोग गर्नुभएकोले अहिले पनि गर्नुहुन्छ भन्ने अपेक्षा गरेका छौं’ बैठकपछि नगरप्रमुख प्रजापतिले भने ।

बैठकले तलेजु भवानीको मन्दिरका हकमा मात्र नभइ नगरका विभिन्न अन्य शक्ति पीठहरूमा समेत दशैंको अवसरमा घटस्थापनाकै दिनदेखि सुरु हुने मेला, पुजा र नवरातको समयमा हुने कार्यक्रमहरुमा बाजा लिई वा नलिई कुनै किसिमले भीड हुने गरी मन्दिरहरूमा नजानको लागि जनतालाई आह्वान गर्ने पनि निर्णय गरेको भक्तपुर नगरपालिकाले आफ्नो आधिकारिक अनलाइनमार्फत जानकारी दिएको छ । नगरपालिकाका अनुसार दशैं अवधिभर तलेजु परिसरमा पूजासँग सम्बन्धितबाहेक अन्य नागरिकलाई प्रवेशमा रोक लगाइनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्राजिलको रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु
ब्राजिलको रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु
समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर : उपप्रधानमन्त्री श्रेष्ठ
समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर : उपप्रधानमन्त्री श्रेष्ठ
देशमा आतङ्क मच्चाउने,राष्ट्रलाई विखण्डन गर्ने शक्तिसँग सरकार झुकेर बस्न सक्दैन : मन्त्री पोखरेल
देशमा आतङ्क मच्चाउने,राष्ट्रलाई विखण्डन गर्ने शक्तिसँग सरकार झुकेर बस्न सक्दैन : मन्त्री पोखरेल
ओली–प्रचण्डबीच भेटवार्ता सम्पन्न, प्रदेश सरकार र राष्ट्रिय सभामा कुरा मिल्यो
ओली–प्रचण्डबीच भेटवार्ता सम्पन्न, प्रदेश सरकार र राष्ट्रिय सभामा कुरा मिल्यो
बाढी पसेपछि विराटनगर विमानस्थल बन्द
बाढी पसेपछि विराटनगर विमानस्थल बन्द
उपराष्ट्रपति पुनको सल्लाहकार भन्दै अपराधीले गरे भारतमा मेजमानी
उपराष्ट्रपति पुनको सल्लाहकार भन्दै अपराधीले गरे भारतमा मेजमानी
साउन २९ गते बिहिवारको राशिफल यस्तो छ
साउन २९ गते बिहिवारको राशिफल यस्तो छ
३१ कानून खारेज र ३६ कानून एकीकृत गरिएको मुलुकी देवानी संहिता भदौ १ देखि लागू हुँदै
३१ कानून खारेज र ३६ कानून एकीकृत गरिएको मुलुकी देवानी संहिता भदौ १ देखि लागू हुँदै
दिलबहादुर घर्ती बचाउन अन्तर्राष्ट्रिय रोल्पा समाज कतारद्वारा २ लाख ७५ हजार संकलन
दिलबहादुर घर्ती बचाउन अन्तर्राष्ट्रिय रोल्पा समाज कतारद्वारा २ लाख ७५ हजार संकलन
प्रचण्डले देखे, राजनीति र कर्मचारीमा छोटे राजाको प्रवृत्ति
प्रचण्डले देखे, राजनीति र कर्मचारीमा छोटे राजाको प्रवृत्ति

तपाईंले छुटाउनुभयो कि?