न्यूक्यासलसँग म्यानचेस्टर युनाइटेड १-० गोलले पराजित
सारांश
- काठमाडौं।
- इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड पराजित भएको छ।
- गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड न्यूक्यासल युनाइटेडसँग १-० गोल अन्तरले पराजित भएको हो।
काठमाडौं।इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड पराजित भएको छ। गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड न्यूक्यासल युनाइटेडसँग १-० गोल अन्तरले पराजित भएको हो।
न्यूक्यासलको जितमा खेलको ५५औं मिनेटमा एन्थोनी गोरडोनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।
यो जितपछि न्यूक्यासलको १४ खेलमा २६ अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ। त्यस्तै म्यानचेस्टर युनाइटेडको भने यो यस सिजनमा छैटौं हार हो। १४ खेलमा २४ अंक रहेको म्यानचेस्टर युनाइटेड सातौं स्थानमा रहेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया