दिलबहादुर घर्ती बचाउन अन्तर्राष्ट्रिय रोल्पा समाज कतारद्वारा २ लाख ७५ हजार संकलन
सारांश
- गणेशप्रसाद बञ्जाडे दोहा (कतार), ५ साउन ।
- अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज कतारले दिलबहादुर घर्तीमगरको जीवनरक्षाका लागि संकलन गरिएको रकम सार्वजनिक गरेको छ ।
- समाजले शुक्रबार ह्वाइटहाउस रेष्टुरेण्ट सनैयामा पत्रकार सम्मेलन गरी उक्त रकम सार्वजनिक गरेको हो ।
गणेशप्रसाद बञ्जाडे
दोहा (कतार), ५ साउन । अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज कतारले दिलबहादुर घर्तीमगरको जीवनरक्षाका लागि संकलन गरिएको रकम सार्वजनिक गरेको छ । समाजले शुक्रबार ह्वाइटहाउस रेष्टुरेण्ट सनैयामा पत्रकार सम्मेलन गरी उक्त रकम सार्वजनिक गरेको हो ।
साउदी अरबमा जेलजीवन बिताइरहेका घर्तिलाई समाजले सुचारु गरेको अभियानमा अन्तर्राष्ट्रिय रोल्पा समाज अन्तरर्गत जिल्ला, गाबिसस्तरीय, संघसंस्थाहरुको सक्रियतामा जनप्रगतिशील सेवा समाज नयाँ बस्ती लुङग्री ३, गुम्चाल प्रवासी सेवा समाज, राँक प्रवासी सेवा समाज, बराहक्षेत्र संक्षण समिति बडाचौरको विशेष पहलमा नेपाली २ लाख ७५ हजार संकलन गरेको छ । उक्त अभियानबाट संकलन भएको रकम केही दिनभित्रमै अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज केन्द्रीय कार्यालय काठमाडौंमार्फत निजको परिवारलाई हस्तान्तरण गरिने सस्थाका आर्थिक संयोजक दुर्गा खडकाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पीडित घर्तिको घरमा श्रीमती, ८ बर्षकी छोरी र ४ बर्षको छोरा छन् । घर्ती २०७२ साल १० महिना १८ गते रोजगारीको सिलसिलामा साउदी अरब पुगेका थिए । साउदी पुगेको तीन महिनामै सवारी चलाउने क्रममा गाडी ठोकिएर स्थानीय नागरिकको ज्यान गएपछि उनी २०७३ साल जेष्ठ ३० गते जेल चलान भएका थिए ।
मृतको परिवारले ब्लड मनी स्वीकार गरे घर्तीलाई स्वदेश फर्काउन सकिने साउदी नागरिक उच्च अदालतले घर्तीको पक्षमा ७५५ गल्ती देखाई उनलाई साउदी रियाल २,२५००० मृतकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने फैसालाको निर्णय सुनाएको थियो । त्यसपछि नेपाली दूतावास रियादले अदालतमा पुनरावेदन गरेको थियो ।
प्रतिक्रिया