नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घट्यो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण २३, २०८०
|
|
५८ पटक हेरिएको
Shares
नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घट्यो

सारांश

  • काठमाडौँ ।
  • यो साता कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ ।
  • आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ४० अङ्कले घटेर २८ दशमलव ४० अङ्कमा कायम भएको हो ।

काठमाडौँ । यो साता कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ४० अङ्कले घटेर २८ दशमलव ४० अङ्कमा कायम भएको हो । नेप्से परिसूचक आइतबार ३८ दशमलव ३७ र सोमबार तीन दशमलव २१ अङ्कले घटेको थियो ।

विभिन्न कम्पनीका दुई सय ६५ कम्पनीको ४८ लाख ६० हजार सात सय ४१ कित्ता शेयर ७४ हजार दुई सय ५७ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ७३ करोड ७० लाख १४ हजार पाँच सय बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ ।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ९६ दशमलव ०१ र निर्जीवन बीमा समूहको उपसूचक एक सय १२ दशमलव २५ अङ्कले घटेको छ । बैंकिङ १३ दशमलव २५, विकास बैंक ६६ दशमलव ६८, वित्त ४८ दशमलव ०१, होटल तथा पर्यटन ८४ दशमलव ३६ र जलविद्युत् समूह ३८ दशमलव ५२ अङ्कले घटेको छ ।

त्यस्तै, लगानी समूह शून्य दशमलव ५१, उत्पादन तथा प्रशोधन ७३ दशमलव ६१, लघुवित्त ६० दशमलव ९८, म्युचुअल फन्ड शून्य दशमलव १०, व्यापार ७७ दशमलव ३५ र अन्य समूह २६ दशमलव ७९ अङ्कले घटेको छ ।

स्वरोजगार लघुवित्त विकास बैंकको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने ग्लोबल आइएमई बैंक डिबेन्चर २०८०/८१ को शेयर मूल्य प्रतिकित्ता नौ प्रतिशतका दरले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रू १७ करोड ८९ लाख ३२ हजार दुई सय दुई बराबरको दुई लाख ९९ हजार पाँच सय ९७ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्चारमाध्यमले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ : महामन्त्री थापा
सञ्चारमाध्यमले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ : महामन्त्री थापा
ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दायर (अभियोग पत्रसहित)
ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दायर (अभियोग पत्रसहित)
गुरुङको उपचारमा पार्टीले आवश्यक सहयोग गर्छ : अध्यक्ष दाहाल
‘हाम्रो न्याय कहाँ अड्कियो ?’
‘हाम्रो न्याय कहाँ अड्कियो ?’
प्रमुख अतिथि बनेर सम्बोधन गर्न जाँदा हेमन्तप्रकाश पक्राउ
प्रमुख अतिथि बनेर सम्बोधन गर्न जाँदा हेमन्तप्रकाश पक्राउ
धमाधम कालोपत्रे गरिँदै नारायणगढ–बुटवल सडक
धमाधम कालोपत्रे गरिँदै नारायणगढ–बुटवल सडक
खुला दिसामुक्त क्षेत्रका शिक्षक नै शौच गर्न जंगल छिर्छन्
राजश्व संकलन वृद्धि भएको भन्दै हौसिए अर्थमन्त्री , अझै करको दायरा बढाईने
राजश्व संकलन वृद्धि भएको भन्दै हौसिए अर्थमन्त्री , अझै करको दायरा बढाईने
१८ वर्ष लामो युद्ध अन्त्य गर्न अमेरिका र तालिबानबीच सम्झौतामा हस्ताक्षर
१८ वर्ष लामो युद्ध अन्त्य गर्न अमेरिका र तालिबानबीच सम्झौतामा हस्ताक्षर
‘लेडी ड्रयागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर
‘लेडी ड्रयागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर

तपाईंले छुटाउनुभयो कि?