राष्ट्रिय दलहरुको बैठक: संसद् अवरोध हटाउने सहमति

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र ५, २०८०
|
|
६३ पटक हेरिएको
Shares
राष्ट्रिय दलहरुको बैठक: संसद् अवरोध हटाउने सहमति

सारांश

  • काठमाडौं ।
  • सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ ।
  • सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको एमाले प्रमुख सचेतक पदम गिरीले बताए ।

काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ । सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको एमाले प्रमुख सचेतक पदम गिरीले बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचेतक गिरीले भने,‘तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ भन्ने मत हामीले आज पनि राख्यौं । सरकारको तर्फबाट पनि उच्चस्तरीय छानबिन समिति बनाउन हामी पनि तयार नै छौं भन्ने आएको छ ।’

उनका अनुसार छानबिन समितिको भोलिसम्ममा ड्राफ्ट गर्ने र त्यसका लागि कार्यविधि तयार गर्न तीन सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा एमाले सुवास नेम्बाङ, माओवादीका हितराज पाण्डे र नेपाली कांग्रेसका रमेश लेखक रहेका छन् ।

उच्चस्तरीय छानबिनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध पार्दै आएको छ । सरकारले भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छानबिन गरिरहेकाले अर्को समिति बनाउनु नपर्ने तर्क गर्दै आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल प्रहरीका डिएसपी केसीसेवाबाट बर्खास्त
नेपाल प्रहरीका डिएसपी केसीसेवाबाट बर्खास्त
मन्त्री रायमाझीद्वारा पद बहाली
मन्त्री रायमाझीद्वारा पद बहाली
पशुपतिनाथ भेटी प्रकरणः पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
पशुपतिनाथ भेटी प्रकरणः पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
पुर्ननिर्माण प्राधिकरणका कर्मचारी रातो भाले रेस्टुरेन्टबाट पक्राउ
पुर्ननिर्माण प्राधिकरणका कर्मचारी रातो भाले रेस्टुरेन्टबाट पक्राउ
काठमाडौमा वायु प्रदुषण ५ गुणा बढ्यो : प्रदुषणबाट नेपालमा वर्सेनि २२ हजारको मृत्यु
काठमाडौमा वायु प्रदुषण ५ गुणा बढ्यो : प्रदुषणबाट नेपालमा वर्सेनि २२ हजारको मृत्यु
एमाले–माओवादी : जेठ पहिलो सातासम्म नयाँ पार्टी र नेतृत्व घोषणा
एमाले–माओवादी : जेठ पहिलो सातासम्म नयाँ पार्टी र नेतृत्व घोषणा
जातीय द्वन्द्वको खेती गर्नेलाई बेलैमा चिनौं : प्रधानमन्त्री
जातीय द्वन्द्वको खेती गर्नेलाई बेलैमा चिनौं : प्रधानमन्त्री
काकाकुल बनेको गाउँमा यसरी छचल्कियो धारामा खानेपानी
काकाकुल बनेको गाउँमा यसरी छचल्कियो धारामा खानेपानी
पारिवारिक विरासत धान्ने तयारी: पर्दामा पनि आमा-छोराकै भूमिकामा देखिने सुनिता र यशवर्धन
पारिवारिक विरासत धान्ने तयारी: पर्दामा पनि आमा-छोराकै भूमिकामा देखिने सुनिता र यशवर्धन
नारायणगढ–मुग्लिन सडक खण्ड आज र भोली बन्द हुने
नारायणगढ–मुग्लिन सडक खण्ड आज र भोली बन्द हुने

तपाईंले छुटाउनुभयो कि?