आजको मौसमः कतै भारी बर्षा, कतै छिटपुट पानी पर्ने

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र १०, २०८०
|
|
६१ पटक हेरिएको
Shares
आजको मौसमः कतै भारी बर्षा, कतै छिटपुट पानी पर्ने

सारांश

  • काठमाडौं।
  • हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ।
  • साथै हाल बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ।

राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

कोशी प्रदेशको केही स्थानहरुमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

साथै कोशी, मधेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोप्न नपाएपछि कृषक चिन्तित
रोप्न नपाएपछि कृषक चिन्तित
प्रत्यक्षदर्शीले भने, ‘हेर्दाहेर्दै यसरी जहाज खरानी भयो’
प्रत्यक्षदर्शीले भने, ‘हेर्दाहेर्दै यसरी जहाज खरानी भयो’
अब तोकेको मितिमा होइन, नतोकिएको मितिमा एकता: पुष्पकमल दाहाल ‘प्रचण्ड’
वामदेव विरूद्धको मुद्दाको आज सुनुवाई हुँदै
वामदेव विरूद्धको मुद्दाको आज सुनुवाई हुँदै
बालुवाटारमा मिसाइल खसे के हुन्छ?
बालुवाटारमा मिसाइल खसे के हुन्छ?
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै
देउवाले ज्योतिषलाई दक्षिणा दिएर ७ चोटी प्रधानमन्त्री हुन्छस् भन्न लगाए – केपी ओली
देउवाले ज्योतिषलाई दक्षिणा दिएर ७ चोटी प्रधानमन्त्री हुन्छस् भन्न लगाए – केपी ओली
१५ वर्षीया बालिकालाई बलात्कार गरेका अभियुक्त कोइराला जेल चलान, श्रेष्ठ र सुवाल जमानीमा छुटे
१५ वर्षीया बालिकालाई बलात्कार गरेका अभियुक्त कोइराला जेल चलान, श्रेष्ठ र सुवाल जमानीमा छुटे
यातायात व्यवस्था विभागका शाखा अधिकृत घुस लिँदा-लिँदै पक्राउ
यातायात व्यवस्था विभागका शाखा अधिकृत घुस लिँदा-लिँदै पक्राउ
एकीकृत समाजवादीले राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने
एकीकृत समाजवादीले राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने

तपाईंले छुटाउनुभयो कि?