एसियाली खेलकुदः महिला फुटबलमा नेपाल जापानसँग ८-०ले पराजित

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ९, २०८०
|
|
६१ पटक हेरिएको
Shares
एसियाली खेलकुदः महिला फुटबलमा नेपाल जापानसँग ८-०ले पराजित

सारांश

  • काठमाडौं ।
  • चीनको हान्झाउमा जारी १९औं एसियन गेम्स अन्तर्गत महिला फुटबलमा नेपाल जापानसँग पराजित भएको छ ।
  • सोमबार भएको खेलमा नेपाल जापानसँग ८–० ले पराजित हुँदै लगातार दोस्रो हार व्यहोरेको हो ।

काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियन गेम्स अन्तर्गत महिला फुटबलमा नेपाल जापानसँग पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल जापानसँग ८–० ले पराजित हुँदै लगातार दोस्रो हार व्यहोरेको हो ।

योसँगै नेपाल एसियन गेम्सको समूह चरणबाटै बाहिरिएको छ । यसअघि पहिलो खेलमा नेपाल भियतनामसँग २–० ले पराजित भएको थियो । पहिलो हाफमा ५ गोल खाएको नेपालले दोस्रो हाफमा थप तीन गोल खाएको थियो ।

खेलको तेस्रो मिनेटमा शिओकोशी योजुहोको गोलबाट जापानले अग्रता बनाएको थियो । यामामोटो योजोसोले १४ औं मिनेटमा जापानको अग्रता दोब्बर बनाईन् । जापानका लागि खेलको २७ औं, ३० औं र ३६ औं मिनेटमा युएनओ मामी, वाकिसाका रिना र ओसावा हारुकाले क्रमश गोल गर्दै पहिलो हाफमा ५–० को अग्रता दिलाए ।

दोस्रो हाफको ६० औं मिनेटमा साकाकिबारा कोतोनोले गोल गर्दै जापानलाई ६–० को अवस्थामा पुर्याईन् । ओसावा हारुकाले ब्यक्तिगत दोस्रो गोल गर्दै जापानको गोल अन्तर बढाउने काम गरिन् । इन्जुरी समयमा हिजिकाटा मायाले गोल गर्दै जापानलाई ८–० को शानदार जित दिलाईन् ।

नेपाल समूह चरणको अन्तिम खेलमा अब बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारमा जान रोकिएका बामदेव गौतम
इजरायलमा अक्टोबर ७ स्मरण : गाजा युद्ध अन्त्यका लागि वार्ता जारी
इजरायलमा अक्टोबर ७ स्मरण : गाजा युद्ध अन्त्यका लागि वार्ता जारी
डा. केसीलाई आमरण अनशन तोड्न सरकारको आग्रह
डा. केसीलाई आमरण अनशन तोड्न सरकारको आग्रह
ओइपिएलका रमाइलो टिभी एचडी र एक्सन स्पोर्ट्स एचडी सफलतापूर्वक दोस्रो वर्षमा
ओइपिएलका रमाइलो टिभी एचडी र एक्सन स्पोर्ट्स एचडी सफलतापूर्वक दोस्रो वर्षमा
सरकारलाई निरंकुश बन्न उक्साइँदै, आलोचना गर्ने कर्मचारीलाई यस्तो हुँदैछ कारवाही
सरकारलाई निरंकुश बन्न उक्साइँदै, आलोचना गर्ने कर्मचारीलाई यस्तो हुँदैछ कारवाही
जनतालाई भ्रमित पार्न गणतन्त्र विरोधीले षडयन्त्र गरिरहेका छन् : प्रधानमन्त्री
जनतालाई भ्रमित पार्न गणतन्त्र विरोधीले षडयन्त्र गरिरहेका छन् : प्रधानमन्त्री
संविधान दिवस विविध कार्यक्रम गरी मनाइयो
संविधान दिवस विविध कार्यक्रम गरी मनाइयो
बाम एकता र युवा सतर्कता-किरण पौडेल
बाम एकता र युवा सतर्कता-किरण पौडेल
भ्रष्टाचार गरी कमाउँछु भन्नेलाई राप्रपाबाट बिदाइ गरिनेछ : अध्यक्ष लिङदेन
भ्रष्टाचार गरी कमाउँछु भन्नेलाई राप्रपाबाट बिदाइ गरिनेछ : अध्यक्ष लिङदेन
प्रचण्डलाई शेखरको प्रश्न– कांग्रेसलाई ५८५ पालिका दिन सक्नुहुन्छ ?
प्रचण्डलाई शेखरको प्रश्न– कांग्रेसलाई ५८५ पालिका दिन सक्नुहुन्छ ?

तपाईंले छुटाउनुभयो कि?