‘नागरिकलाई कुरा गरेर होइन, काम गरेर परिणाम दिनुपर्छ’

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन १४, २०८०
|
|
५९ पटक हेरिएको
Shares
‘नागरिकलाई कुरा गरेर होइन, काम गरेर परिणाम दिनुपर्छ’

सारांश

  • धुलिखेल ।
  • कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कुराले भन्दा पनि कामले नागरिकलाई सेवा दिनुपर्ने बताएका छन् ।
  • विश्व मुटु दिवसका अवसरमा लायन्स क्लब अफ काठमाडौँ लर्डबुद्धद्वारा शनिबार काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नंं ८ मा आयोजित ‘बृहत् निःशुल्क स्वास्थ्य शिविर’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपन्न जनताको स्वास्थ्य अवस्था सुधारका लागि सरकारले उच्च प्राथमिकता दिएको छ भने ।

धुलिखेल । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कुराले भन्दा पनि कामले नागरिकलाई सेवा दिनुपर्ने बताएका छन् ।

विश्व मुटु दिवसका अवसरमा लायन्स क्लब अफ काठमाडौँ लर्डबुद्धद्वारा शनिबार काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नंं ८ मा आयोजित ‘बृहत् निःशुल्क स्वास्थ्य शिविर’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपन्न जनताको स्वास्थ्य अवस्था सुधारका लागि सरकारले उच्च प्राथमिकता दिएको छ भने ।

भुम्लु गाउँपालिकामा धेरै वर्षदेखि भूमिहीन रहेको नागरिकलाई लालपुर्जा वितरण गर्ने र छिमेकी जिल्लासँगको सीमा विवादको समस्यालाई समाधान गर्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै उनले यसका लागि आवश्यक समन्वयको काम गर्ने बताए ।

भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले ग्रामीण क्षेत्रमा बसोबास गरेका नागरिकको मुटु परीक्षण गरी सेवा प्रदान गर्न सहयोग गरेकामा खुसी व्यक्त गर्दै आयोजकलाई सहकार्यमा निरन्तता दिन आग्रह गरे । मुटुको उपचार पहुँचवालाले मात्रै गर्ने हो, गरिबले गर्न सक्दैन भन्ने चिन्तामा रहेको नागरिकलाई सहयोग गर्न र परीक्षण गरी स्वस्थ रहनुपर्छ भनेर शिविर आयोजना सही सन्देश दिन सफल भएको उनले बताए ।

गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङले आयोजक संस्थाले भुम्लुलाई छनोट गरी सेवा दिनका लागि सहकार्य गरेकामा खुसी व्यक्त गरे । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक गभर्नर चन्द्रकुमार केसीले गाउँका दूरदराजमा रहेको नागरिकमा सेवा पुर्याउनका लागि सेवा प्रदान गरेको बताए ।

सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा रवि मल्लले परीक्षणको क्रममा जन्मजात मुटुमा समस्या देखिएका बालबालिकाका लागि गङ्गालाल हृदय रोग निवारण केन्द्रमा उपचार गर्ने व्यवस्था मिलाउने जानकारी दिए ।

भुम्लु गाउँपालिका र सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रद्वारा संयुक्त आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा छ सय जनाभन्दा बढीले सेवा लिएका थिए । शिविरमा निःशुल्क औषधि वितरण गरिएको थियो ।

(https://flucamp.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपीएलको लिग चरणबाटै बाहिरिने लुम्बिनी पहिलो टिम बन्दा कुन-कुन टिम छन् रेड जोनमा ?
एनपीएलको लिग चरणबाटै बाहिरिने लुम्बिनी पहिलो टिम बन्दा कुन-कुन टिम छन् रेड जोनमा ?
कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस : सार्वजनिक बिदा
कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस : सार्वजनिक बिदा
सीता–राम विवाहका जन्तीलाई मोदीले बिदाइ गर्ने र जनकपुरधाममा नेपालका प्रधानमन्त्रीले स्वागत गर्ने !
सीता–राम विवाहका जन्तीलाई मोदीले बिदाइ गर्ने र जनकपुरधाममा नेपालका प्रधानमन्त्रीले स्वागत गर्ने !
विष्णु पौडेललाई अर्थमन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी, प्रचण्डको पनि समर्थन !
विष्णु पौडेललाई अर्थमन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी, प्रचण्डको पनि समर्थन !
वृद्धभत्ता बढाउनकै लागि पनि एउटा व्यवस्था त गर्न पर्छ: प्रचण्ड
वृद्धभत्ता बढाउनकै लागि पनि एउटा व्यवस्था त गर्न पर्छ: प्रचण्ड
कसरी चल्यो झापा ३ मा ‘म्याच फिक्सिङ’को हावा ?
कसरी चल्यो झापा ३ मा ‘म्याच फिक्सिङ’को हावा ?
सामसुङले ल्यायो ५ हजार माइलसम्म कन्ट्रोल गर्न मिल्ने फाइभजी रिमोट कार
सामसुङले ल्यायो ५ हजार माइलसम्म कन्ट्रोल गर्न मिल्ने फाइभजी रिमोट कार
मुसिकोट नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते
मुसिकोट नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते
यी हुन् बेस्ट फ्रेण्ड, बलिउड सेलिब्रेटिका !
यी हुन् बेस्ट फ्रेण्ड, बलिउड सेलिब्रेटिका !
नबनियुक्त मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीद्वारा आज पदबहाली
नबनियुक्त मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीद्वारा आज पदबहाली

तपाईंले छुटाउनुभयो कि?