सात वर्ष देखिकाे विकास अायाेजना सम्पन्न !

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन ३, २०७५
|
|
६४ पटक हेरिएको
Shares
सात वर्ष देखिकाे विकास अायाेजना सम्पन्न !

सारांश

  • सुर्खेत, ३ असोज ।
  • कृषिका क्षेत्रमा काम गर्दै आएको उच्च मूल्य कृषि विकास वस्तु आयोजना सम्पन्न भएको छ ।
  • उक्त आयोजना सात वर्षदेखि कर्णाली प्रदेश र प्रदेश नं ७ मा सञ्चालनमा थियो ।

सुर्खेत, ३ असोज । कृषिका क्षेत्रमा काम गर्दै आएको उच्च मूल्य कृषि विकास वस्तु आयोजना सम्पन्न भएको छ । उक्त आयोजना सात वर्षदेखि कर्णाली प्रदेश र प्रदेश नं ७ मा सञ्चालनमा थियो । नेपाल सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय तथा कृषि विकास लागि अन्तर्राष्ट्रिय कोष (इफ्याड)बीच सो आयोजना सञ्चालनका लागि २०६७ सालमा सम्झौता भएको हो । सो आयोजनाको लागत रु एक अर्ब ३२ करोड रहेको थियो । रु ६५ करोड ७१ लाख कृषि समूह सहकारी अनुदानतर्फ तथा रु ६६ करोड २८ लाख कार्यक्रम सञ्चालनमा खर्च भएको आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीले जानकारी दिए ।

विसं २०६७ माघदेखि सुर्खेत–दैलेख–जुम्ला तथा छिन्चु–जाजरकोट सडकसँग जोडिएका सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, सल्यान, जाजरकोट र अछाममा कार्य प्रारम्भ गरेको सो आयोजना सम्पन्न भएको मङ्गलबार वीरेन्द्रनगरमा आयोजना गरेको औपचारिक कार्यक्रममा प्रमुख भारीले घोषणा गरे । उक्त आयोजनाबाट तीन लाख ५४ हजार बासिन्दा लाभान्वित भएको उनले भनाइ छ ।

“आयोजनाअन्तर्गत महिला ६० र दलित, जनजाति २५ प्रतिशत सहभागी हुने लक्ष्य राखिएकोमा महिला ६४ र दलित, जनजाति ३१ प्रतिशत सहभागी भएका छन्,” प्रमुख भारीले भने, “५० हजार लक्ष्य रहेकोमा ५९ हजार ३३५ घरपरिवारले यसबाट लाभ उठाएका छन् ।” खास गरी तरकारीबाट यहाँका नागरिकले बढी लाभ लिएको उनको भनाइ छ । सो आयोजनाले स्याउ, बेसार, टिमुर, अदुवा, खसीबोका र तरकारीखेतीमा काम गरेको थियो । आयोजनाअन्तर्गत जुम्लामा रु सात करोड ८८ लाख ११ हजार, अछाममा रु दुई करोड २३ लाख ४३ हजार, दैलखमा रु सात करोड ५६ लाख ६१ हजार, जाजरकोटमा रु छ करोड १७ लाख ४५ हजार, कालीकोटमा रु सात करोड ३१ लाख ४१ हजार, सल्यानमा रु चार करोड ११ लाख ५५ हजार तथा सुर्खेतमा रु ३० करोड ६५ लाख ४५ हजार खर्च भएको भारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्यानचेस्टर युनाइटेड एस्टाना क्लबसँग पराजित
म्यानचेस्टर युनाइटेड एस्टाना क्लबसँग पराजित
राजपामा भूइचालो : २ केन्द्रीय सदस्यद्वारा राजिनामा
राजपामा भूइचालो : २ केन्द्रीय सदस्यद्वारा राजिनामा
वर्षमा एकपल्ट मात्र आउने अक्षया तृतिया किन महत्वपुर्ण छ ?
वर्षमा एकपल्ट मात्र आउने अक्षया तृतिया किन महत्वपुर्ण छ ?
मुकेशलाई शहीद घोषणा गरिन्छ: मन्त्री मोदी
मुकेशलाई शहीद घोषणा गरिन्छ: मन्त्री मोदी
सैफसँग बिहे गरेकी करिनाले अर्कै अभिनेतालाई मन पराउँथिन्
सैफसँग बिहे गरेकी करिनाले अर्कै अभिनेतालाई मन पराउँथिन्
एमाले मुख्यालयबाट निजी निवास लगियो नेम्वाङको पार्थिव शरीर
एमाले मुख्यालयबाट निजी निवास लगियो नेम्वाङको पार्थिव शरीर
आगामी आमनिर्वाचन प्रयोजनका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु
आगामी आमनिर्वाचन प्रयोजनका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु
नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
रवि–बालेनसँगको संवादले भारतीय प्रधानमन्त्री उत्साहित, भन्छन्– ‘नेपालको भविष्य सुन्दर छ’
रवि–बालेनसँगको संवादले भारतीय प्रधानमन्त्री उत्साहित, भन्छन्– ‘नेपालको भविष्य सुन्दर छ’
‘विश्वभरि नै नेपाली सेना ‘बहादुर’ : पाकिस्तानी प्रधानसेनापति
‘विश्वभरि नै नेपाली सेना ‘बहादुर’ : पाकिस्तानी प्रधानसेनापति

तपाईंले छुटाउनुभयो कि?