मुकेशलाई शहीद घोषणा गरिन्छ: मन्त्री मोदी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २८, २०८०
|
|
५४ पटक हेरिएको
Shares
मुकेशलाई शहीद घोषणा गरिन्छ: मन्त्री मोदी

सारांश

  • काभ्रेपलाञ्चोक ।
  • सङ्घीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताए ।
  • बुधबार साँझ निधन भएका दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका–८ का मुकेशको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै उनले मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्न आग्रह गरेका छन् ।

काभ्रेपलाञ्चोक । सङ्घीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताए ।

बुधबार साँझ निधन भएका दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका–८ का मुकेशको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै उनले मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्न आग्रह गरेका छन् ।“ मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्नुस् । उनको निधनले राष्ट्र आज शोकाकुल छ”, मन्त्री मोदीले भने । लोकतन्त्र प्राप्तिमा मुकेशले पु–याएको योगदानप्रति काभ्रेली नागरिकले गौरव मान्नुपर्ने बताउँदै उनले शोकलाई शक्तिमा बदल्न कायस्थ परिवारजनलाई आग्रह गरे ।

मन्त्री मोदीले भने “इतिहासमा ‘जिउँदो शहीद’ निकै कम हुने गर्छन्, मुकेश त्यसमध्ये एक थिए । उनले १८ वर्षसम्म शय्याबाटै मृत्युसँग जुधिरहे ।” सामान्यभन्दा विशेष नागरिकको मृत्यु ‘विशेष’नै हुनेगरेको र हरेक मनिसको मृत्यु फरकफरक ढङ्गले हुनेगरेको उनको भनाइ थियो ।

सो अवसरमा मन्त्री मोदीलाई मुकेश प्रतिष्ठानमार्फत मुकेशलाई शहीद घोषणा गर्नुपर्ने, उनको नाममा स्वास्थ्य संस्था निर्माण गर्नुपर्नेलगायत माग प्रस्तुत गरिएको थियो ।

श्रद्धाञ्जली अर्पणका लागि मुकेशको शवलाई बनेपा नगरपालिका कार्यालय प्राङ्गणमा राखिएको छ । श्रद्धान्जली सभामा काभ्रेपलाञ्चोकका सङ्घीय सांसदद्वय सूर्यमान दोङ र गोकुलप्रसाद बाँस्कोटा, प्रदेशसभा सदस्यद्वय कञ्चनचन्द्र वादे र लक्ष्मण लम्साल, गृह मन्त्रालयका सचिव दिनेश भट्टराई जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ता एवं स्थानीयवासीको उपस्थिति थियो । दिउँसो मुकेशको शवलाई नगर परिक्रमा गराइ साँझ बनेपास्थित उग्रतीर्थमा अन्त्यष्टि गरिने जनाइएको छ ।

अस्पतालमा उपचारका क्रममा बुधबार साँझ ७ः३० बजे निधन भएका मुकेश जनआन्दोलनमा घाइते हुँदा १५ वर्षका थिए । बत्तीस वर्षका उनको स्वास्थ्यमा केही दिनदेखि थप समस्या भएपछि बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचाररत थिए ।

जनआन्दोलन भइरहँदा बनेपाको तीन दोबाटोमा विसं २०६२ चैत २७ गते मुकेशको बाँया कञ्चटमा सुरक्षाकर्मीको गोली लागेर सख्त घाइते भएको थियो । त्यस दिनदेखि उनको होस् नखुल्नाका साथै बाँया हात राम्रोसँग चल्दैनथ्यो । गोलीको घाउ निको भएपनि मुकेशको टाउकोमा गहिरो खाल्डो थियो ।

सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएको दिनदेखि ओछ्यानमा परेका मुकेशलाई ‘ज्यूँदो शहीद’ भन्ने गरिन्थ्यो ।
दोस्रो अनआन्दोलनका क्रममा काभे्रपलाञ्चोकको नालाका भिमसेन दाहाल पोखरामा, पनौतीका सगुन ताम्राकार कलङ्कीमा, भिमखोरीका शिवहरि कुँवर बनेपामा र नागे्र गगर्चेका सुनिलकुमार लामा काठमाडौँस्थित जोरपाटीमा मारिएको थियो भने ४० जना घाइते भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीमा मनसुनी प्रणालीको प्रभाव, बिहानैदेखि चट्याङ्गसहित वर्षा
फड्के बगाउँदा स्थानीयलाई यात्रा गर्न समस्या , भीरमा झुन्डिएर यात्रा
फड्के बगाउँदा स्थानीयलाई यात्रा गर्न समस्या , भीरमा झुन्डिएर यात्रा
बिदा प्रणाली सुधार गर्दै सरकार: दुईदिने साप्ताहिक बितापछि सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन
बिदा प्रणाली सुधार गर्दै सरकार: दुईदिने साप्ताहिक बितापछि सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन
उपेन्द्रलाई बेवास्ता गर्दै ओली-प्रचण्डको मोह राजेन्द्र महतोप्रति !
उपेन्द्रलाई बेवास्ता गर्दै ओली-प्रचण्डको मोह राजेन्द्र महतोप्रति !
नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रको क्षमता उजागर गर्नुपर्नेछः प्रधानमन्त्री
नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रको क्षमता उजागर गर्नुपर्नेछः प्रधानमन्त्री
नेवार समूदायले आज पनि भाइटीका (किजापूजा) गर्दै
राती १ बजेसम्म अनलाईन बैठक,केन्द्रीय कमिटीको बैठक बोलाउन हस्ताक्षर संकलन गर्दै नेकपा
राती १ बजेसम्म अनलाईन बैठक,केन्द्रीय कमिटीको बैठक बोलाउन हस्ताक्षर संकलन गर्दै नेकपा
‘गलबन्दी’ गीतको विवाद संसदसम्म पुग्यो, जातीय गाली गर्नेलाई कारवाहीको माग
‘गलबन्दी’ गीतको विवाद संसदसम्म पुग्यो, जातीय गाली गर्नेलाई कारवाहीको माग
अवैध काठसहित कपिलवस्तुमा एक जना पक्राउ
अवैध काठसहित कपिलवस्तुमा एक जना पक्राउ
युक्रेनले १ अर्ब ७ करोड अमेरिकी डलर सहयोग पाउने
युक्रेनले १ अर्ब ७ करोड अमेरिकी डलर सहयोग पाउने

तपाईंले छुटाउनुभयो कि?