बिदेशमा पढ्न र घुम्न गएकाहरुले पाँच महिनामा लगे एक खर्ब तेइस अर्ब

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष २९, २०८०
|
|
५७ पटक हेरिएको
Shares
बिदेशमा पढ्न र घुम्न गएकाहरुले पाँच महिनामा लगे एक खर्ब तेइस अर्ब

सारांश

  • काठमाडौं ।
  • अध्ययन र भ्रमणका लागि पाँच महिना मुलुकबाट एक खर्ब २३ अर्ब रुपियाँ बिदेसिएको छ ।
  • नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार साउनदेखि मङ्सिरसम्मको अवधिमा सो बराबरको रकम बाहिरिएको हो ।

काठमाडौं । अध्ययन र भ्रमणका लागि पाँच महिना मुलुकबाट एक खर्ब २३ अर्ब रुपियाँ बिदेसिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार साउनदेखि मङ्सिरसम्मको अवधिमा सो बराबरको रकम बाहिरिएको हो ।

अध्ययन र भ्रमणकै लागि अघिल्लो वर्षको सोही अवधिमा ८४ अर्ब रुपियाँ बाहिरिएको थियो । यस हिसाबले गत वर्षको तुलनामा यस वर्षको पाँच महिनामा अध्ययन र भ्रमणका लागि मात्र थप ३९ अर्ब रुपियाँ बाहिरिएको छ ।

श्रम तथा अध्ययनका लागि बिदेसिनेको सङ्ख्या बढ्दा यसबापत बाहिरिने रकम पनि बढ्न थालेको तथ्याङ्कले पुष्टि गर्छ । साउनदेखि मङ्सिरसम्म भ्रमणबापत नेपालबाट ७५ अर्ब ७३ करोड रुपियाँ बाहिरिएको छ । गत वर्ष सोही अवधिमा भ्रमणबापत ४७ अर्ब ४८ करोड रुपियाँ बाहिरिएको थियो ।

यस वर्ष समीक्षा अवधिमा ४७ अर्ब ३४ करोड रुपियाँ अध्ययनका लागि बाहिरिएको छ भने गत वर्ष सोही अवधिमा २८ अर्ब ८० करोड रुपियाँ बाहिरिएकोे राष्ट्र बैङ्कले जनाएको छ । अध्ययन र भ्रमणका लागि नेपालबाट पछिल्लो पाँच महिनामा बाहिरिएको कुल रकम नेपालले वस्तु निर्यातबाट गरेको कुल आम्दानीको तुलनामा दोब्बरभन्दा बढी हो ।

यस अवधिमा नेपालले ६२ अर्ब रुपियाँको मात्र निर्यात गरेको थियो । त्यस्तै विदेशीले नेपालमा भ्रमणबापत गर्ने खर्चको तुलनामा भ्रमणबापत बाहिरिने रकम दोब्बरभन्दा बढी रहेको देखिन्छ । पाँच महिनामा नेपालले भ्रमणबापत ३३ अर्ब ९४ करोड रुपियाँ आम्दानी गरेको छ जुन् भ्रमणबापत बाहिरिने रकमको तुलनामा करिब ४२ अर्ब रुपियाँले कम हो । आजको गोरखापत्र दैनिकबाट ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेवातालमा पर्यटक सुरक्षाका लागि प्रहरीको आकस्मिक एक्सनः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक पक्राउ
फेवातालमा पर्यटक सुरक्षाका लागि प्रहरीको आकस्मिक एक्सनः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक पक्राउ
कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने
कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने
नियमित उडान नहुँदा हुम्ली यात्रुलाई सास्ती
नियमित उडान नहुँदा हुम्ली यात्रुलाई सास्ती
महानगरको फोहर टेलिकमको कार्यालयमा
महानगरको फोहर टेलिकमको कार्यालयमा
राष्ट्रिय परिचय पत्रको लागि विवरण सङ्कलन शुरु
राष्ट्रिय परिचय पत्रको लागि विवरण सङ्कलन शुरु
अधिकार हस्तान्तरण गर्ने विषयमा सङ्घ उदार हुनुपर्छ : अध्यक्ष तिमल्सिना
अधिकार हस्तान्तरण गर्ने विषयमा सङ्घ उदार हुनुपर्छ : अध्यक्ष तिमल्सिना
राज्यमन्त्री चपाईँद्वारा मध्यपहाडी राजमार्गको अनुगमन
राज्यमन्त्री चपाईँद्वारा मध्यपहाडी राजमार्गको अनुगमन
नेकपा समाजवादीको प्रश्न : वागमतीको मुख्यमन्त्री परिवर्तन हुने हो भने कर्णालीमा किन नगर्ने ?
नेकपा समाजवादीको प्रश्न : वागमतीको मुख्यमन्त्री परिवर्तन हुने हो भने कर्णालीमा किन नगर्ने ?
आन्दोलनरत विद्यार्थी र चितवन मेडिकल कलेजबीच सहमति
आन्दोलनरत विद्यार्थी र चितवन मेडिकल कलेजबीच सहमति
जाने होइन त अटोमोबाइल कार्निभल मेला हेर्न आज शनिबार अन्तिम
जाने होइन त अटोमोबाइल कार्निभल मेला हेर्न आज शनिबार अन्तिम

तपाईंले छुटाउनुभयो कि?