केजरीवालको रिहाई फेरि अनिश्चित

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ ७, २०८१
|
|
६० पटक हेरिएको
Shares
केजरीवालको रिहाई फेरि अनिश्चित

सारांश

  • काठमाडौं।
  • भारतको दिल्ली उच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिएको जमानतमा लामो सुनुवाइपछि २-३ दिनका लागि आफ्नो निर्णय सुरक्षित राखेको छ।
  • अदालतले यसअघि राउज एभिन्यू अदालतबाट अरविन्द केजरीवाललाई दिइएको जमानतमा रोक लगाएको थियो।

काठमाडौं। भारतको दिल्ली उच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिएको जमानतमा लामो सुनुवाइपछि २-३ दिनका लागि आफ्नो निर्णय सुरक्षित राखेको छ।

अदालतले यसअघि राउज एभिन्यू अदालतबाट अरविन्द केजरीवाललाई दिइएको जमानतमा रोक लगाएको थियो। यसका साथै केजरीवाललाई दिइएको जमानतमा रोक लगाउन दायर गरिएको ईडी याचिकामा उच्च अदालतको निर्णय नभएसम्म अरविन्द केजरीवाल जेलबाट रिहा नहुने भएका छन्।

उच्च अदालतले मंगलबारसम्म ईडीको याचिकामा आफ्नो आदेश दिन सक्ने भारतीय मिडियाहरुले बताएका छन्। केजरीवाललाई मार्चमा कथित मदिरा नीति घोटाला प्रकरणमा प्रवर्तन निर्देशनालयले पक्राउ गरेको थियो ।

सर्वोच्च अदालतले केजरीवाललाई आम चुनावको प्रचारका लागि अन्तरिम जमानत दिएपछि उनी २१ दिन बाहिर बसेर २ जुनमा फेरि तिहाड जेल गएका थिए।

उनलाई राउज एभिन्यू अदालतले शुक्रबार साँझ जमानतमा रिहा गर्ने आदेश दिएको थियो। सो आदेशको विरुद्ध ईडीले दिल्ली उच्च अदालतमा याचिका दायर गरेपछि उनको रिहाई अनिश्चित बनेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला पन्त प्रकरण: अर्का निर्दाेषलाई फसाउन लागे आईजीपी नै, सरकारी षड्यन्त्रको ठूलो पर्दाफास !
निर्मला पन्त प्रकरण: अर्का निर्दाेषलाई फसाउन लागे आईजीपी नै, सरकारी षड्यन्त्रको ठूलो पर्दाफास !
प्रधानमन्त्रीसँग राष्ट्रसङ्घीय प्रतिनिधिमण्डलको भेट
प्रधानमन्त्रीसँग राष्ट्रसङ्घीय प्रतिनिधिमण्डलको भेट
अवैध रुपमा अमेरिका हिँडेका ४९ जना नेपाली टर्कीबाट फिर्ता
अवैध रुपमा अमेरिका हिँडेका ४९ जना नेपाली टर्कीबाट फिर्ता
घट्यो सुनको मूल्य
घट्यो सुनको मूल्य
प्रधानमन्त्री दाहालले प्राप्त गरे विश्वासको मत
प्रधानमन्त्री दाहालले प्राप्त गरे विश्वासको मत
अष्ट्रेलियाको आगलागीका लागि २४ दोषी
अष्ट्रेलियाको आगलागीका लागि २४ दोषी
हावाबाट चल्ने हड्डी वाला जिव
हावाबाट चल्ने हड्डी वाला जिव
इन्डोनेसियामा घरेलु मदिरा पिउँदा ६० जनाको मृत्यु
इन्डोनेसियामा घरेलु मदिरा पिउँदा ६० जनाको मृत्यु
शेखर कोइरालाकाे दाबीः फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयो
शेखर कोइरालाकाे दाबीः फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयो
मृत्युसँग लड्नु भएको छ ? मृत्युसँग लडिरहेकी रोल्पाली चेलीलाई रोल्पालीकै साथ (समाचार शेयर गरेर तपाई पनि सहयोग गर्नुहोस्)
मृत्युसँग लड्नु भएको छ ? मृत्युसँग लडिरहेकी रोल्पाली चेलीलाई रोल्पालीकै साथ (समाचार शेयर गरेर तपाई पनि सहयोग गर्नुहोस्)

तपाईंले छुटाउनुभयो कि?