राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ १९, २०८१
|
|
५९ पटक हेरिएको
Shares
राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन्।
  • उनलाई बुधबार दिउँसो बालाजु क्षेत्रबाट पक्राउ गरिएको छ।

काठमाडौं। राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन्। उनलाई बुधबार दिउँसो बालाजु क्षेत्रबाट पक्राउ गरिएको छ। काठमाडौंको बालाजुबाट सहकारीको बचन हिनामिना गरेको अभियोगमा उप्रेतीलाई महाराजगन्ज प्रहरीले पक्राउ गरेको हो।

आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक उप्रेतीलाई सहकारी ठगीमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। राम्रोसँग चलिरहेको उनको सहकारी मर्ज भएपछि समस्या आएको थियो ।

यसैबीच  सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ।

विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई आज निर्देशन दिएको हो।

सहकारी ऐन २०७४ को दफा ४१ (५) मा कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेकोले ऐनको उक्त प्रावधान कार्यान्वयन गर्न निर्देशन जारी गरिएको सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेले जानकारी दिए। सहकारी बैंकको हकमा पनि पनि यस्तै निर्देशन दिइएको छ।

यो निर्देशन कार्यान्वयन भए-नभएको अनुगमन गरिने र यदि कार्यान्वयन नभएको पाइएमा कानुनबमोजिम कारबाही गरिने पनि विभागले जनाएको छ। विभागले आजै सहकारी संस्थाका ऋणीहरुको कर्जा तीन महिनाका लागि पुनर्तालिकीकरण गर्न परिपत्र पनि गरेको छ।

“परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी ऋणी सदस्यलाई परेको प्रभाव मूल्यांकन गरी सदस्यको माग, आवश्यकता र औचित्यका आधारमा गत वर्ष खराब ऋणीको सूचीमा नपरेका र यसअघि यस्तो सुविधा नलिएका ऋणीहरुको हकमा मात्र कर्जा पाकेको ५० प्रतिशत ब्याज भुक्तानी गरेमा बाँकी साँवालाई तीन महिनाको अवधिका लागि पुनर्तालिकीकरण गर्न सकिनेछ”, विभागको परिपत्रमा भनिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसद बन्न नसकेका बामदेव गौतमलाई फेरि अर्को झड्का
सांसद बन्न नसकेका बामदेव गौतमलाई फेरि अर्को झड्का
रसायनिक आक्रमण पुष्टि भएमा असद र सहयोगीलाई छोडिने छैनः बेलायती प्रधानमन्त्री
रसायनिक आक्रमण पुष्टि भएमा असद र सहयोगीलाई छोडिने छैनः बेलायती प्रधानमन्त्री
प्रज्ञा–प्रतिष्ठानद्वारा चार वर्षमा १०६ कृति प्रकाशन !
प्रज्ञा–प्रतिष्ठानद्वारा चार वर्षमा १०६ कृति प्रकाशन !
Divya Seth Shah to play Manmohan Singh’s wife in ‘The Accidental Prime Minister’
Divya Seth Shah to play Manmohan Singh’s wife in ‘The Accidental Prime Minister’
पूर्वमन्त्री मानबहादुर जबेगु राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत
पूर्वमन्त्री मानबहादुर जबेगु राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत
बालविवाह गर्नेको तीनपुस्ते सार्वजनिक गरिने
बालविवाह गर्नेको तीनपुस्ते सार्वजनिक गरिने
कल्पनाले आमालाई सुनाएकी थिइन्( मान्छे मारेर प्याक प्याक पारेर फालेको रहेछ, कुकुरले टाउको र खुट्टा पहिल्यायो
कल्पनाले आमालाई सुनाएकी थिइन्( मान्छे मारेर प्याक प्याक पारेर फालेको रहेछ, कुकुरले टाउको र खुट्टा पहिल्यायो
सुन काण्डमा यसरी मुछियो प्रहरी, योजनाकार र सुन बेपत्ता
सुन काण्डमा यसरी मुछियो प्रहरी, योजनाकार र सुन बेपत्ता
कर्णालीलाई विश्व लोभ्याउने आर्कषक प्रदेश बनाइन्छ ः मुख्यमन्त्री शाही
कर्णालीलाई विश्व लोभ्याउने आर्कषक प्रदेश बनाइन्छ ः मुख्यमन्त्री शाही
सरकारले अहिले सुति बसेको प्रतिपक्षी दललाई व्युँझाउने काम गरेको छ : चन्द्र भण्डारी
सरकारले अहिले सुति बसेको प्रतिपक्षी दललाई व्युँझाउने काम गरेको छ : चन्द्र भण्डारी

तपाईंले छुटाउनुभयो कि?