यातायातमा सिन्डिकेट हटाउन पहल, समिति दर्ता र नवीकरण नगर्न निर्देशन

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र ६, २०७४
|
|
५१ पटक हेरिएको
Shares
यातायातमा सिन्डिकेट हटाउन पहल, समिति दर्ता र नवीकरण नगर्न निर्देशन

सारांश

  • काठमाडौं ।
  • यातायात क्षेत्रको सिन्डिकेट हटाउन भन्दै संसदको विकास समितिले सम्बन्धित क्षेत्रका नयाँ संघ–संस्था (समिति) दर्ता र पुरानोलाई नवीकरण नगर्न सरकारलाई निर्देशन दिएको छ ।
  • मुलुकमा यायातात संचालनमा संस्थागत रुपमै सिन्डिकेट रहेको निष्कर्ष निकाल्दै यसको सट्टामा सबै व्यवसायीले कम्पनी कार्यालयमा दर्ता भएर चल्नुपर्ने समितिको ठहर छ ।

काठमाडौं । यातायात क्षेत्रको सिन्डिकेट हटाउन भन्दै संसदको विकास समितिले सम्बन्धित क्षेत्रका नयाँ संघ–संस्था (समिति) दर्ता र पुरानोलाई नवीकरण नगर्न सरकारलाई निर्देशन दिएको छ ।

मुलुकमा यायातात संचालनमा संस्थागत रुपमै सिन्डिकेट रहेको निष्कर्ष निकाल्दै यसको सट्टामा सबै व्यवसायीले कम्पनी कार्यालयमा दर्ता भएर चल्नुपर्ने समितिको ठहर छ ।

सोमबार बसेको समिति बैठकले यातायात क्षेत्रसँग सम्बन्धित संघ–संस्थाहरु संस्था दर्ता ऐनअनुसार दर्ता गर्ने र नवीकरण गर्ने कार्य स्थगित गर्न गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको समितिका सभापति रविन्द्र अधिकारीले बताए । समितिले कुनै पनि यातायात सम्बन्धी नयाँ संस्था दर्ता नगर्न निर्देशन दिएको छ । त्यसैगरी अहिले रहेका यातायात सम्बन्धी संस्थाहरुलाई नवीकरण नगर्न सरकारलाई भनेको छ ।

यातायात क्षेत्रमा रहेको सिन्डिकेटका कारण प्रत्यक्ष रुपमा उपभोक्ता मारमा परेका छन् । संस्थागत रुपमा सिन्डिकेट भएकाले यातायातको कुनै पनि क्षेत्रमा प्रतिश्पर्धा हुन सकेको छैन । पालोपालो चलाउनु पर्ने, भाडा लगायत सुविधामा संस्थाको नियम पालना गर्नुपर्ने नियमले उपभोक्ता सधैं मारमा परेको समितिको ठहर छ ।

नागरिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो टेष्ट क्रिकेटमा दक्षिण अफ्रिका विजयी
पहिलो टेष्ट क्रिकेटमा दक्षिण अफ्रिका विजयी
गाईको पिसाबबाट औषधि र मलबाट प्राङ्गारिक मल उत्पादन
गाईको पिसाबबाट औषधि र मलबाट प्राङ्गारिक मल उत्पादन
प्रहरीको फरार सूचीमा रहेका  रेशम चौधरी २१ हजार मतान्तरले विजयी !
प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरी २१ हजार मतान्तरले विजयी !
अधिकारीलाई श्रद्धाञ्जली दिन राष्ट्रपति भण्डारी टुँडिखेलमा
अधिकारीलाई श्रद्धाञ्जली दिन राष्ट्रपति भण्डारी टुँडिखेलमा
संस्कृतिको आत्मसातले मुलुकलाई एकताबद्ध बनाएको छ: प्रधानमन्त्री अाेली
संस्कृतिको आत्मसातले मुलुकलाई एकताबद्ध बनाएको छ: प्रधानमन्त्री अाेली
३३ किलो सुनकाण्डमा मेरो कुनै संलग्नता छैन : सञ्चालक भण्डारी
३३ किलो सुनकाण्डमा मेरो कुनै संलग्नता छैन : सञ्चालक भण्डारी
जिल्ला प्रशासन कार्यालय तनहुँले जनताको घरदैलोबाटै सेवा
जिल्ला प्रशासन कार्यालय तनहुँले जनताको घरदैलोबाटै सेवा
नेपालका यी ७ अत्यन्तै दुर्लभ तस्विरहरु, जुन तपाइलाई थाहै थिएन होला (मन परे सेयर गरौँ)
नेपालका यी ७ अत्यन्तै दुर्लभ तस्विरहरु, जुन तपाइलाई थाहै थिएन होला (मन परे सेयर गरौँ)
श्रीमतीको हत्या गर्ने फरार अभियुक्त पक्राउ
श्रीमतीको हत्या गर्ने फरार अभियुक्त पक्राउ
मोरङमा दसगजा मिचेर भारतीय सडक, स्थानीय आक्रोशित
मोरङमा दसगजा मिचेर भारतीय सडक, स्थानीय आक्रोशित

तपाईंले छुटाउनुभयो कि?