एक हैन ६० वटी श्रीमतीका यी हुन् एक्ला श्रीमान

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ २६, २०७५
|
|
५९ पटक हेरिएको
Shares
एक हैन ६० वटी श्रीमतीका यी हुन् एक्ला श्रीमान

सारांश

  • २६ असार ।
  • “दुई जोईको पोई कुना बसी रोई” भन्ने चर्चित नेपाली उखान हामी सबैले सुनेकै छौं ।
  • यसको तात्पर्य यो हो कि एकभन्दा बढी श्रीमतीलाई मिलाएर राख्नु फलामको चिउरा सरह हो ।

२६ असार । “दुई जोईको पोई कुना बसी रोई” भन्ने चर्चित नेपाली उखान हामी सबैले सुनेकै छौं । यसको तात्पर्य यो हो कि एकभन्दा बढी श्रीमतीलाई मिलाएर राख्नु फलामको चिउरा सरह हो । अझ भन्दा कुनै पनि पुरुषले एकभन्दा बढी श्रीमतीलाई मिलाएर राख्न असम्भव छ ।

यद्यपि, यही दुनियाँमा त्यस्ता मान्छे पनि छन्, जसले दुईमात्र कहाँ हो र ? पूरै ६० जना पत्नीलाई मिलाएर राखेका छन् । उनले एक्लै पनि ६० जना श्रीमतीहरुलाई मिलाएर एकसाथ राख्न सफल भएर विश्वसामु एउटा उदाहरण प्रस्तुत गरेका छन् ।

प्राचीनकालमा एउटै मानिसका धेरै श्रीमतीहरु भएको तथ्यहरु सुन्न पाइन्छ । आधुनिक युगमा पनि ६० वटी पत्नीका पोई हुनु कुनै चानचुने कुरा होइन । हुन त यी व्यक्ति पनि चानचुने कहाँ हुन् र ? उनी परे कोन्याक आदिवासी समुदायका राजा ।

उनको नाम अंग नगोबांग हो । उनको राज्यमा कूल ७५ वटा गाउँ छन् । भारत र म्यान्मारको बीचमा पर्ने आदिवासी क्षेत्र यिनको राज्य हो । गाउँको आधा हिस्सा भारतमा र आधा हिस्सा म्यान्मारमा पर्दछ । यो राज्यका मानिसहरु म्यान्मारमा खाना खाएर भारतमा सुत्न जान्छन् भनिन्छ ।

यी राजाका छोरा म्यान्मारको सेनासँग आबद्ध छन् । यो राज्यका मानिसहरुलाई भारत र म्यान्मार दुबै देशको नागरिकता दिइएको छ । गाउँलेहरु निकै खुसी छन् ।

राजा अंग नगोबांग आफ्ना ६० जना पत्नीसाथ निकै सुखभोग गरिरहेका छन् । राजाको सबै काम प्रजाहरुले गरिदिन्छन् र रानीहरुका सबै इच्छा राजाले पूरा गरिदिन्छन् । ६० वटी पत्नीहरु पनि मिलिजुली राजाको स्याहार तथा हेरचाह गर्दै आएका छन् । राजाका हरेक इच्छा उनीहरुले पूरा गर्ने गरेका छन् ।

एजेन्सीको सहयोगमा

(https://fleshbot.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीलाई घुस दिने दुई प्रकाउ
प्रहरीलाई घुस दिने दुई प्रकाउ
पोखरा विश्वविद्यालय आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरु न्यूनतम मापदण्डविपरित सञ्चालित(विज्ञप्तीसहित)
पोखरा विश्वविद्यालय आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरु न्यूनतम मापदण्डविपरित सञ्चालित(विज्ञप्तीसहित)
२ हजार २ सय ३३ जना कर्मचारी दरबन्दी खुल्दै
सरकारको लक्ष्य समृद्धि र विकास : मुख्यमन्त्री राई
सरकारको लक्ष्य समृद्धि र विकास : मुख्यमन्त्री राई
पेट्राेल भर्दा माेटरसार्इकलमा अागाे लागेपछि…
पेट्राेल भर्दा माेटरसार्इकलमा अागाे लागेपछि…
नेपालले चाहँदैमा सार्क सम्मेलन सम्भव छैनः परराष्ट्रमन्त्री ज्ञवाली
तुलसीपुरमा तरकारी बजार केन्द्र निर्माण हुने !
तुलसीपुरमा तरकारी बजार केन्द्र निर्माण हुने !
दाङमा नेतालाई प्रवेश निषेध, कर नतिर्ने सरकारी कार्यालय समेत ठप्प
दाङमा नेतालाई प्रवेश निषेध, कर नतिर्ने सरकारी कार्यालय समेत ठप्प
दाङवासी सडकमा : दाङलाई अस्थायी मुकाम नतोके राजमार्ग ठप्प पार्ने चेतावनी
दाङवासी सडकमा : दाङलाई अस्थायी मुकाम नतोके राजमार्ग ठप्प पार्ने चेतावनी
प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि भट्ट सिफारिस
प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि भट्ट सिफारिस

तपाईंले छुटाउनुभयो कि?