पाकिस्तानको विमान दुर्घटननामा परेका सवै १०७ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ९, २०७७
|
|
५९ पटक हेरिएको
Shares
पाकिस्तानको विमान दुर्घटननामा परेका सवै १०७ जनाको मृत्यु

सारांश

  • पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गर्नुभएको छ ।
  • दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको हो ।
  • मेयर वासिम अख्तरले विमन खसेकाले कम्तीमा ५, ६ ओटा घर ध्वस्त भएको पनि जानकारी दिनुभएको छ ।

पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गर्नुभएको छ । दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको हो ।

मेयर वासिम अख्तरले विमन खसेकाले कम्तीमा ५, ६ ओटा घर ध्वस्त भएको पनि जानकारी दिनुभएको छ । क्षति भएको घरमा कोही मानिस थियो कि थिएन वा उनीहरुको मृत्यु भयो कि भएन भन्ने बारेमा पनि विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । दुर्घटनामा परी निधन भएका परिवारजन तथा इष्टमित्रप्रति सहानुभूति व्यक्त गर्दै उहाँले घटनास्थलमा राम्रो उद्धार गर्न तथा छानविन गर्न पनि निर्देशन दिनुभएको छ ।

पाकिस्तानी सरकारी स्वामित्वको अन्तर्रा्ष्ट्रिय विमान कम्पनीकोे विमान कराँचीको दक्षिणी नाकामा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाग्रस्त विमान पाकिस्तानकै लाहोरदेखि कराँचीतर्फ आइरहेको पाकिस्तानी नागरिक उड्डयन प्राधिकरणका अब्दुल सतार कोखरले बताउनुभयो ।

विमान जिन्ना अन्तर्रा्ष्ट्रिय विमानस्थल पुग्नु अगाडि नै दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । विमान खसेका ठाउँमा बाक्लो बस्ती छ । मोडेल कोलनीका नाममा रहेको सो बस्तीमा विषेश गरेर गरिव समुदायका मानिसहरु बस्ने गर्दथे ।

प्रत्यक्षदर्शीहरुका अनुसार विमान खस्नु अघि तीन पटक घुमेको थियो । विमानले अवतरण गर्न खोजिरहेको तर नसकेको जस्तो देखिएको उनीहरुले बताए ।

घटनास्थलमा प्रहरी, सैनिक, स्वयंसेवकलगायतलाई परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय टेलिभिजनहरुले घटनास्थलमा आगो बलिरहेको, स्वयंसेवक तथा सुरक्षाकर्मीहरुले आगो निभाउन खोजेको र उद्धार गर्न लागिरहेको दृश्य प्रसारण गरिरहेका छन् । कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै मात्र पुनः सञ्चालनमा आएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यदि लोकमानले सक्छन भने कम्तिमा ५० जना भन्दा बढि भ्रस्ट नेताहरुलाई जेल हालेर आफ्नो राष्ट्र भक्ति प्रमाणित गरुन…..
यदि लोकमानले सक्छन भने कम्तिमा ५० जना भन्दा बढि भ्रस्ट नेताहरुलाई जेल हालेर आफ्नो राष्ट्र भक्ति प्रमाणित गरुन…..
माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारसामू अघि सार्यो १२ बुँदे माग, पूरै तलब नदिए अख्तियार जाने चेतावनी
माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारसामू अघि सार्यो १२ बुँदे माग, पूरै तलब नदिए अख्तियार जाने चेतावनी
आफ्नाे पोर्न जीवनबारे छोराछोरीलाई बताउँछिन या बताउँदिनन् सनी ?
आफ्नाे पोर्न जीवनबारे छोराछोरीलाई बताउँछिन या बताउँदिनन् सनी ?
६० बर्षदेखि म्याद थपेको थप्यै, पूरा भएन कान्ति लोकपथ
६० बर्षदेखि म्याद थपेको थप्यै, पूरा भएन कान्ति लोकपथ
प्रधानमन्त्री ओलीद्वारा सांसद पहाडीको निधनप्रति दुःख व्यक्त
प्रधानमन्त्री ओलीद्वारा सांसद पहाडीको निधनप्रति दुःख व्यक्त
न संग्रहालय बन्यो, न घर
न संग्रहालय बन्यो, न घर
निर्वाचन क्षेत्र निर्धारण समयमा होस् ः एमाले
निर्वाचन क्षेत्र निर्धारण समयमा होस् ः एमाले
२०४६ को जनआन्दोलन सम्झाउने त्यो फोटो…
२०४६ को जनआन्दोलन सम्झाउने त्यो फोटो…
दुर्घटना अपडेट : मृत्यु हुने र घाइतेको नाम खुल्यो
दुर्घटना अपडेट : मृत्यु हुने र घाइतेको नाम खुल्यो
आज विदेशी मुद्राको विनिमय दर कति छ ?
आज विदेशी मुद्राको विनिमय दर कति छ ?

तपाईंले छुटाउनुभयो कि?