भारतीय विदेशसचिव विक्रम मिश्री आज नेपाल आउँदै

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २७, २०८१
|
|
७० पटक हेरिएको
Shares
भारतीय विदेशसचिव विक्रम मिश्री आज नेपाल आउँदै

सारांश

  • काठमाडौं।
  • भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउँदै छन्।
  • मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन्।

काठमाडौं। भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउँदै छन्। मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन्।

विदेशसचिव मिस्रीको नेपाल भ्रमणका क्रममा दुई देशका विदेश सचिवबीच पारस्परिक हितका विषयलाई अगाडि बढाउने तथा सम्बन्ध थप सुदृढीकरण गर्नेलगायत विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने तालिका छ।

उनी गत असार १४ गते भारतको विदेश सचिवमा नियुक्त भएका थिए। राष्ट्रिय सुरक्षा सल्लाहकारका उपप्रमुखसमेत रहेका मिश्रीलाई विदेश सचिवको जिम्मेवारी दिइएको हो।

यो भ्रमण दुई छिमेकी देशबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरता भएको बताइएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ। विदेश सचिव मिस्री साउन २८ गते काठमाडौंबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ ।

उनको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्ने विश्वास लिइएको छ। नेपाल र भारतबीच सदियौँ पुरानो सभ्यतागत, संस्कृतिक र जनता–जनताबीचको सम्बन्ध रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्प प्रशासनको नीतिमा कडाइ: १८ नेपालीसहित ८० जना अमेरिकि कारागारमा
सुरुङमार्गबाट नेपाललाई बंगलदेशसँग जोड्ने विषय अगाडि बढिसकेकाे छ: आपूर्तिमन्त्री  यादव
सुरुङमार्गबाट नेपाललाई बंगलदेशसँग जोड्ने विषय अगाडि बढिसकेकाे छ: आपूर्तिमन्त्री यादव
स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल हुन नसक्नुमा कांग्रेसमा अराजकहरुको भीड ,प्रचण्ड
स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल हुन नसक्नुमा कांग्रेसमा अराजकहरुको भीड ,प्रचण्ड
नरेन्द्र मोदीले गरे चीनको महत्वाकांक्षी परियोजनाको विरोध
नरेन्द्र मोदीले गरे चीनको महत्वाकांक्षी परियोजनाको विरोध
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्योलमा
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्योलमा
सरकार मनसुनजन्य विपद्को पूर्वतयारीमा
सरकार मनसुनजन्य विपद्को पूर्वतयारीमा
तालिम केन्द्रकाे जग्गा र १८करोड गाडि दुबै कांग्रेसकालिन निर्णय
तालिम केन्द्रकाे जग्गा र १८करोड गाडि दुबै कांग्रेसकालिन निर्णय
Virus hotspots emerge in Chinese prisons
Virus hotspots emerge in Chinese prisons
टेलिकमको सेयर आम्दानीमा वृद्धि , ल्याण्ड लाईन सेवा हटाईने
टेलिकमको सेयर आम्दानीमा वृद्धि , ल्याण्ड लाईन सेवा हटाईने
सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगन
सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगन

तपाईंले छुटाउनुभयो कि?