देशमा महिला प्रधानमन्त्री बनाउने ओलीको चाहना

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र ८, २०८१
|
|
५७ पटक हेरिएको
Shares
देशमा महिला प्रधानमन्त्री बनाउने ओलीको चाहना

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा महिला प्रधानमन्त्री बनाउने आफ्नो चाहना रहेको बताएका छन्।
  • युथ कनक्लेभ २०२४ मा शनिबार बोल्दै उनले आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षामन्त्री बनाएको र अहिले पछिल्लो समय महिला मुख्यसचिव बनाएको बताए।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा महिला प्रधानमन्त्री बनाउने आफ्नो चाहना रहेको बताएका छन्।

युथ कनक्लेभ २०२४ मा शनिबार बोल्दै उनले आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षामन्त्री बनाएको र अहिले पछिल्लो समय महिला मुख्यसचिव बनाएको बताए।

प्रधानमन्त्री ओलीले भने, ‘अहिले मैले एउटा रुल लगाएको छु कि पुरुषमात्रैको डेलिगेसन एकजना मात्रै बोलाएको छ भने बेग्लै कुरा विदेश जान अथवा कतै डेलिगेसन भएर जान मिल्दैन । डेलिगेसनमा महिला सामेल भएकै हुनुपर्छ । त्यो रुल अहिले मैले सरकारको बनाएको छु । महिलाहरुको लागि थुप्रै काम गरेको छ।’

महिला प्रधानमन्त्री बनाउन चाहेको बताउँदै प्रधानमन्त्री ओलीले भने- ‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु, तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ, रियालिटीमा अब दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न अलिकति मुस्किल हुनसक्छ, तर छिट्टै बनाउने तयारी बारेमा सोचिराखेको छु।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकार काम गर्नकै लागि बनेको बताउदै देशमा परिवर्तन ल्याइछाड्ने उद्देश्यले आफू प्रधानमन्त्री बनेको बताए।

उनले भने-‘अहिलको सरकारसँग आश पनि गर्नुस्, भर पनि पर्नुस् । फरक पर्दैन, भर पर्नुपर्छ यो सरकारसँग । किन भने यो केही काम गर्नका लागि बनेको छ । म यो उमेरमा घस्रिनुपर्ने केही आवश्यक्ता थिएन।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पदमुक्त प्रधानन्यायाधिश बाट राष्ट्रपतिले लिएको सपथबारे सर्वोच्चमा बहस !
पदमुक्त प्रधानन्यायाधिश बाट राष्ट्रपतिले लिएको सपथबारे सर्वोच्चमा बहस !
बिग बासको तेस्रो खेलमा सन्दीपको सशक्त प्रदर्शन
बिग बासको तेस्रो खेलमा सन्दीपको सशक्त प्रदर्शन
नेकपा प्रदेश तीनका अध्यक्ष दाहाललाई पितृशोक
नेकपा प्रदेश तीनका अध्यक्ष दाहाललाई पितृशोक
अब सात दिनमै विदेशी लगानी स्वीकृत
अब सात दिनमै विदेशी लगानी स्वीकृत
सरकार निरंकुशतातर्फ उन्मुख भन्दै शान्ति समाजले गर्यो डा. केसी पक्राउको निन्दा
सरकार निरंकुशतातर्फ उन्मुख भन्दै शान्ति समाजले गर्यो डा. केसी पक्राउको निन्दा
कैलालीको बीउ देशभर
कैलालीको बीउ देशभर
चुनावको समयमा मात्र जनताको घरमा पुग्नेलाई भोट किन दिने – छन्द पहराई
चुनावको समयमा मात्र जनताको घरमा पुग्नेलाई भोट किन दिने – छन्द पहराई
राजेन्द्र महतो गृहमन्त्री बन्ने सम्भावना, जसपाले ७ मन्त्रालय पाउने
राजेन्द्र महतो गृहमन्त्री बन्ने सम्भावना, जसपाले ७ मन्त्रालय पाउने
राजन थपलियाको पुस्तक ‘१००%’ लाईफ’ विश्वको सर्बोच्च शिखर सगरमाथामा बिमोचन
राजन थपलियाको पुस्तक ‘१००%’ लाईफ’ विश्वको सर्बोच्च शिखर सगरमाथामा बिमोचन
मनसुन सुरु भएयता प्राकृतिक प्रकोपमा देशभर ७० जनाको मृत्यु
मनसुन सुरु भएयता प्राकृतिक प्रकोपमा देशभर ७० जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?