मनसुन सुरु भएयता प्राकृतिक प्रकोपमा देशभर ७० जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ २३, २०८१
|
|
५८ पटक हेरिएको
Shares
मनसुन सुरु भएयता प्राकृतिक प्रकोपमा देशभर ७० जनाको मृत्यु

सारांश

  • काठमाडौं।
  • मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाको मृत्यु भएको छ।
  • असार २२ र २३ गते दुई दिनको अवधिमै १४ जनाले ज्यान गुमाएका छन्।

काठमाडौं। मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाको मृत्यु भएको छ। असार २२ र २३ गते दुई दिनको अवधिमै १४ जनाले ज्यान गुमाएका छन्। २

जना बेपत्ता छन् भने १९ जना घाइते छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्‌कालीन सञ्चालन केन्द्रका अनुसार बाढी, पहिरो, भारी वर्षाका घटनाबाट तनहुँ र स्याङ्जामा ३/३ जनाको मृत्यु भएको छ।

काभ्रे, पर्वत र दाङमा २/२ तथा काठमाडौं र उदयपुरमा १/१ जनाको मृत्यु भएको छ। शुक्रबार रातिदेखिको अविरल वर्षाले तराई मधेशमा डुबान र पहाडमा पहिरोको प्रकोप देखिएको छ। त्यसबाट १ सय ४७ भन्दा बढी घर परिवार प्रभावित भएका छन्। घर, सडक लगायतका सार्वजनिक भौतिक संरचनामा क्षति पुगेको छ।

राष्ट्रिय आपत्‌कालीन सञ्चालन केन्द्रमा अभिलेख भएका १ सय ४ घटनाबाट १४ लाख ५७ हजार रुपैयाँ बराबरको क्षति भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि काठमाडौं उपत्यका सहितका पूर्वी भागमा तुलनात्मक रूपमा मौसममा सुधार देखिएको छ।

तर आज सुदूरपश्चिम र कर्णाली प्रदेशको तल्लो भाग भने प्रभावित हुनेछ। सोमबारदेखि मौसममा आजको भन्दा पनि धेरै सुधार आउने मौशम पुर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतका दोस्रो चरणको निर्वाचनमा मतदान जारी
भारतका दोस्रो चरणको निर्वाचनमा मतदान जारी
हेलिकोप्टर दुर्घटना:जिवितै भेटिइ डोल्माआनी ,६ जनाको मृत्यु
हेलिकोप्टर दुर्घटना:जिवितै भेटिइ डोल्माआनी ,६ जनाको मृत्यु
सरकारको निर्णयले कांग्रेसकै पूर्वसांसद खनाल आश्चर्यचकित
सरकारको निर्णयले कांग्रेसकै पूर्वसांसद खनाल आश्चर्यचकित
निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझायो
निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझायो
राजीनामापछि शिवमायाको पत्रकार सम्मेलन : बाजी मैले जितें, अब नयाँ ट्रयाकमा हिँड्छु
राजीनामापछि शिवमायाको पत्रकार सम्मेलन : बाजी मैले जितें, अब नयाँ ट्रयाकमा हिँड्छु
जायज मागलाई सम्बोधन नगरी निर्वाचन गए मुलुकमा ठूलो दुर्घटना हुने :सुजाता
जायज मागलाई सम्बोधन नगरी निर्वाचन गए मुलुकमा ठूलो दुर्घटना हुने :सुजाता
कोप–२३ः जलवायु परिवर्तनबाट अर्थतन्त्रमा अतिरिक्त प्रभाव
कोप–२३ः जलवायु परिवर्तनबाट अर्थतन्त्रमा अतिरिक्त प्रभाव
एकै अभियोग? राज्यमन्त्री र मेयर सामान्य तारेखमा रिहा कापडलाई कारागार चलान
एकै अभियोग? राज्यमन्त्री र मेयर सामान्य तारेखमा रिहा कापडलाई कारागार चलान
रिलेमा सुदूरपश्चिमको कीर्तिमान
रिलेमा सुदूरपश्चिमको कीर्तिमान
ट्राफिक व्यवस्थापन सुरक्षित र मर्या्दित बनाउन तालीम
ट्राफिक व्यवस्थापन सुरक्षित र मर्या्दित बनाउन तालीम

तपाईंले छुटाउनुभयो कि?