सरकारको निर्णयले कांग्रेसकै पूर्वसांसद खनाल आश्चर्यचकित

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ ४, २०७४
|
|
४० पटक हेरिएको
Shares
सरकारको निर्णयले कांग्रेसकै पूर्वसांसद खनाल आश्चर्यचकित

सारांश

  • काठमाडौं, ४ माघ ।
  • मन्त्रिपरिषद्ले रुपन्देहीलाई राजधानी तोकेपछि नेपाली कांग्रेसकै नेता तथा तत्कालीन दाङ– ३ बाट निर्वाचित पूर्वसभासद् राजु खनालले आश्चर्य व्यक्त गरेका छन् ।
  • रुपन्देहीलाई राजधानी तोक्नुलाई दुर्भाग्यपूर्ण भन्दै खनालले देशभर जारी आन्दोलन र दाङवासीको आन्दोलनमा आफ्नो ऐक्यवद्धता रहेको जनाएका छन् ।

काठमाडौं, ४ माघ । मन्त्रिपरिषद्ले रुपन्देहीलाई राजधानी तोकेपछि नेपाली कांग्रेसकै नेता तथा तत्कालीन दाङ– ३ बाट निर्वाचित पूर्वसभासद् राजु खनालले आश्चर्य व्यक्त गरेका छन् । रुपन्देहीलाई राजधानी तोक्नुलाई दुर्भाग्यपूर्ण भन्दै खनालले देशभर जारी आन्दोलन र दाङवासीको आन्दोलनमा आफ्नो ऐक्यवद्धता रहेको जनाएका छन् ।

विज्ञप्तिको पूर्णपाठ :

सम्पूर्णरुपमा पाँच नम्बर प्रदेशको राजधानीको रुपमा दाङ उपयुक्त हुँदाहुँदै पनि सबै प्रतिवेदनहरुले दाङलाई प्रादेशिक राजधानीको रुपमा प्रस्ताव गरिरहँदा मन्त्रिपरिषदको पछिल्लो निर्णयले आश्चर्यचकित तुल्याएको छ । सम्पूर्ण पक्षले मानसिक रुपमा दाङलाई स्वीकार गरिसकेको अवस्थामा एक्कासी मन्त्रिपरिषदको बैठकले रुपन्देहीलाई मुकाम तोक्नु दुर्भाग्यपूर्ण छ । म त्यो निर्णय सच्याउन सरकारसंग जोडदार रुपमा माग गर्दछु ।

विगतको निर्वाचनमा दाङलाई प्रादेशिक राजधानी बनाउने प्रस्ताव सर्वपक्षीय थियो, र हामी सबैले दाङलाई राजधानी बनाउने विश्वास आम जनसमुदायमा दिलाएका थियौँ । त्यसैले जनताको त्यो विश्वासलाई मूर्तरुप दिने जिम्मेवारी नवनिर्वाचित जनप्रतिनिधिको काँधमा आएको छ । दाङबाट निर्वाचित जनप्रतिनिधिहरु त्यो अजेण्डाबाट पछि हट्नुहुने छैन भन्ने मेरो विश्वास छ । जनप्रतिनिधिहरुले त्यो अजेण्डा अघि सारेमा जुनसुकै तरहबाट पनि त्यसलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

सरकारको पछिल्लो निर्णय बिरुद्ध दाङ लगायतको क्षेत्रमा जुन आन्दोलन उठेको छ ,त्यो स्वागतयोग्य छ । अन्यायका बिरुद्ध नागरिकहरु आन्दोलित हुनु स्वाभाविकै हो । त्यो आन्दोलनप्रति पूर्ण समर्थन र ऐक्यवद्धता प्रकट गर्दछु । दाङबासीकै बीचमा रहेर आन्दोलन गर्ने चाहना हुँदाहुँदै पनि आमाको आसोचमा रहेका कारण म भौतिकरुपमा आन्दोलनमा सहभागी हुन सकेको छैन । तर म दाङको त्यो माग र अजेण्डाप्रति सदा समर्पित रहेको विश्वास दिलाउन चाहन्छु ।

राजु खनाल
संविधानसभा सदस्य– २०७०

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानसेनापति थापा र सेनाअध्यक्ष नरवणेबीच द्विपक्षीय वार्ता शुरु
प्रधानसेनापति थापा र सेनाअध्यक्ष नरवणेबीच द्विपक्षीय वार्ता शुरु
त्रिपुरासुन्दरी नगरपालिका-१ मा एमालेको प्यानल नै विजय
त्रिपुरासुन्दरी नगरपालिका-१ मा एमालेको प्यानल नै विजय
The finest explanation of Buy A Wife at jetbride. com I have heard
गगन थापाको आह्वान : तीन दलका तीन प्रमुख नेतालाई विदाई गरौं (भिडिओसहित)
गगन थापाको आह्वान : तीन दलका तीन प्रमुख नेतालाई विदाई गरौं (भिडिओसहित)
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौं शाखा र गूड हुमन सस्थाले स्वास्थ्य तथा खाद्य सामग्री वितरण
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौं शाखा र गूड हुमन सस्थाले स्वास्थ्य तथा खाद्य सामग्री वितरण
माधवकुमार नेपाल हेलिकप्टर लिएर रुकुमकी छोरी भेट्न पुगेपछी…
माधवकुमार नेपाल हेलिकप्टर लिएर रुकुमकी छोरी भेट्न पुगेपछी…
थानकोट–चित्लाङ सडक निर्माणमा भएको अनियमितता रोक्न उद्योगमन्त्री नेपालको निर्देशन
थानकोट–चित्लाङ सडक निर्माणमा भएको अनियमितता रोक्न उद्योगमन्त्री नेपालको निर्देशन
जनकपुरधाम ओर्लिए भारतीय प्रधानमन्त्री मोदी
जनकपुरधाम ओर्लिए भारतीय प्रधानमन्त्री मोदी
हवाई सुरक्षा अभिवृद्धिका लागि समिति गठन
हवाई सुरक्षा अभिवृद्धिका लागि समिति गठन
विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति?
विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति?

तपाईंले छुटाउनुभयो कि?