काङ्ग्रेसद्वारा उम्मेदवारको नाम सिफारिश, नेकपालाई सकस

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक १४, २०७६
|
|
५८ पटक हेरिएको
Shares
काङ्ग्रेसद्वारा उम्मेदवारको नाम सिफारिश, नेकपालाई सकस

सारांश

  • भक्तपुर।
  • आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको आकाङ्क्षी धेरै भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुरलाई उम्मेदवारको नाम छनोट गर्न सकस भएको छ।
  •  प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ (क) को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि आकाङ्क्षी धेरै देखिएपछि नेकपालाई उम्मेदवार छनोट गर्न सकस भएको हो।

भक्तपुर। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको आकाङ्क्षी धेरै भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुरलाई उम्मेदवारको नाम छनोट गर्न सकस भएको छ। प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ (क) को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि आकाङ्क्षी धेरै देखिएपछि नेकपालाई उम्मेदवार छनोट गर्न सकस भएको हो। एकसातादेखि पटक–पटक बसेको नेकपा भक्तपुरको बैठकले उम्मेदावरको नामावली टुङ्गोमा पुर्याउन नसकेपछि समस्या आएको हो।

नेकपा सचिवालयले उपनिर्वाचनका लागि सकेसम्म एक र बढीमा तीन जनाको नाम कात्तिक १० गतेभित्र पठाउन भने पनि १८ जनाको नाम जिल्ला कमिटीमा आएपछि नाम छनोट गर्न सकस परेको नेकपाका नेता सोमप्रसाद मिश्रले जानकारी दिए।

आज बस्ने बैठकले सकेसम्म एक जनाको, त्यसमा पनि नसके तीन जनाको र त्यसमा पनि विवाद भए १८ जनाकै नाम सिफारिश गरेर पठाउने तयारीमा रहेको उनले जानकारी दिए। उम्मेदवारको आकाङ्क्षी धेरै भएपछि नेकपा भक्तपुर जिल्ला कमिटीले उम्मेदवार सिफारिश गर्न दिलीप प्रजापति, सोम मिश्र, बचन देउजा र डिपी ढकाललाई जिम्मेवारी दिए पनि नाम टुङ्ग्याउन नसकेको उनको भनाइ छ।

विसं २०७५ वैशाख ३१ गते प्रदेशसभा सदस्य हरिशरण लामिछानेको मस्तिष्कघातका कारण निधन भएपछि उक्त क्षेत्र रिक्त भएको हो। नेकपाभित्र रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, रामबहादुर श्रेष्ठ, शम्भु दाहाल, दामोदर दङ्गाल, डिपी ढकाल, निर्मला लामिछाने, श्रीभक्त कासिछ्वालगायत १८ जनाको नाम बैठकमा आएको छ। यद्यपि बुढाथोकीले टिकट पाउने प्रवल सम्भावना रहेको नेकपामा चर्चा चलेको छ।

यता नेपाली काङ्ग्रेसले समेत आकाङ्क्षी धेरै भएपछि केन्द्रीय समितिको निर्देशनविपरीत १० जनाको नाम केन्द्रमा पठाएको छ। केन्द्रीय समितिले तीन जनासम्मको नाम सिफारिश गर्न निर्देशन दिए पनि आकाङ्क्षी धेरै भएको र बैठकमा सहमति नभएपछि १० जनाको नाम सिफारिश गरेको काङ्ग्रेस भक्तपुर जिल्लाले जानकारी दिएको छ।

पार्टी सभापति दुर्लभ थापाले आकाङ्क्षी धेरै भएपछि प्रदेशसभा स्तरीय कार्यसमितिबाट सिफारिश भएका १० जनाको नाम केन्द्रमा सिफारिश गरेको जानकारी दिए। काङ्ग्रेसले यादव अधिकारी, मनोज थापा, किरण काफ्ले, उद्धव खड्का, कृष्णलाल भँडेल, सुभद्रा काफ्ले, रूपा थापा, हरि नेपाल, विनोद कायस्थ र सुरेश श्रेष्ठको नाम केन्द्रमा सिफारिश गरेको जनाएको छ।

गत निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका हरिशरण लामिछानेले १२ हजार ७८९ मत ल्याएर निर्वा्चित भएका थियो भने उनको निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत ल्याएका थिए। नेमकिपाका उम्मेदवार नीरज लवजुले सात हजार १९ मत प्राप्त गरेका थिए।

(https://mclaneedgers.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ विदेश मन्त्रालयले भन्यो, ‘बिआरआईलगायत रणनीतिक विषयमा नेपालसँग सहकार्य’
चिनियाँ विदेश मन्त्रालयले भन्यो, ‘बिआरआईलगायत रणनीतिक विषयमा नेपालसँग सहकार्य’
पदाधिकारी मनोनयन विधानसम्मत छैन, कति काम गर्छन् हेरौँला : डा. शेखर कोइराला
पदाधिकारी मनोनयन विधानसम्मत छैन, कति काम गर्छन् हेरौँला : डा. शेखर कोइराला
कामु प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्नो पेशी अाफै तोके
ओली र मोदीद्वारा आ-आफ्ना मुलुकमा भ्रमणको निम्तो
ओली र मोदीद्वारा आ-आफ्ना मुलुकमा भ्रमणको निम्तो
मन्त्रीहरुको व्यस्तताले बस्न सकेन नेकपा कार्यदलको बैठक
मन्त्रीहरुको व्यस्तताले बस्न सकेन नेकपा कार्यदलको बैठक
मेलम्ची आयोजनाको ठेकेदार कम्पनीको धरौटी जफत
मेलम्ची आयोजनाको ठेकेदार कम्पनीको धरौटी जफत
‘खानेपानीको समस्या चाँडै हल हुन्छ’
‘खानेपानीको समस्या चाँडै हल हुन्छ’
फिल्म नचल्दै स्टार बनेकी अदिती बुढाथोकी इन्स्टाग्रामको तस्विरका कारण भारतीय मिडियाले सम्म पछ्यायो
फिल्म नचल्दै स्टार बनेकी अदिती बुढाथोकी इन्स्टाग्रामको तस्विरका कारण भारतीय मिडियाले सम्म पछ्यायो
उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण, आठ लाख उत्तर कोरियाली सेनामा भर्ती हुँदै
उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण, आठ लाख उत्तर कोरियाली सेनामा भर्ती हुँदै
पत्रकार धनराज वास्तविकले कस्लार्इ ल्याए ‘मार्इती घर’?(भिडियाे सहित)
पत्रकार धनराज वास्तविकले कस्लार्इ ल्याए ‘मार्इती घर’?(भिडियाे सहित)

तपाईंले छुटाउनुभयो कि?