फिल्म नचल्दै स्टार बनेकी अदिती बुढाथोकी इन्स्टाग्रामको तस्विरका कारण भारतीय मिडियाले सम्म पछ्यायो
सारांश
- अदिती बुढाथोकी प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कृ’को हिरोइन हुन् ।
- फिल्म प्रदर्शन हुन अझै तीन महिना बढी छ ।
- तर तर उनको चचाको ग्राफ भने दिन प्रति दिन बढिरहेको छ ।
अदिती बुढाथोकी प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कृ’को हिरोइन हुन् । फिल्म प्रदर्शन हुन अझै तीन महिना बढी छ । तर तर उनको चचाको ग्राफ भने दिन प्रति दिन बढिरहेको छ । केही समय अघि भारतको एउटा अनलाइन मिडियाले सनी लियोनी भन्दा कामुक र सुन्दर भन्दै उनको समाचार बनाए पछि यसले नेपाली चलचित्र क्षेत्र केही समय तरंगित बन्यो ।
कृमा अदिती अनमोल केसीको अपोजिटमा अभिनय गर्दै छिन् । अनमोलको चर्चाको अघि केही ओझेल परे जस्तो भए पछि उनले इस्टाग्रामबाट आफुलाई यसरी एक्स्पोज गरिन कि अहिले उनको चर्चा अनमोलकै हाराहारीमा भइरहेको छ ।
फिल्म रिलिज नहुँदै उनलाई अपकमिङ स्टारको रुपमा हेर्न थालिएको छ । इस्टाग्राममा उनलाई तीन लाख १९ हजारभन्दा बढिले पछ्याएका छन् । कृमा उनी अडिसनमार्फत छानिएकी हुन् । ३० भन्दा बढि युवतीबीच भएको प्रतिष्पर्धाबाट उनलाई निर्माण पक्षले छनौट गरेको हो ।
भारतका चर्चित डिजाइनरका पहिरहनमा विज्ञापन र प्रिन्ट एडमा उनले अभिनय गरेकी छिन् । अदिती दमक, झापाकी हुन् । बलिउट फिल्म उद्योगमा आफुलाई स्थापित गराउने उनको लक्ष्य रहेको छ ।
प्रतिक्रिया