ग्यालेक्सी टेलिभिजनमा रहँदा रविले बुझे १ करोड ४ लाख रुपैयाँ तलब

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन ४, २०८१
|
|
६५ पटक हेरिएको
Shares
ग्यालेक्सी टेलिभिजनमा रहँदा रविले बुझे १ करोड ४ लाख रुपैयाँ तलब

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा १ करोड बढी तलब लिएको पाइएको छ।
  • सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा लामिछाने ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक रहँदा १ करोड बढी तलब बुझेको उल्लेख छ।

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा १ करोड बढी तलब लिएको पाइएको छ।

सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा लामिछाने ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक रहँदा १ करोड बढी तलब बुझेको उल्लेख छ।

लामिछानेले आर्थिक वर्ष ०७८/०७९मा मात्र ७४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ लिएका छन्। आर्थिक वर्ष ०७७/७८ मा उनले ३० लाख लिएको प्रतिवेदनमा उल्लेख छ।

लामिछानेले जम्मा १ करोड ४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ लिएका छन्। सभापति लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्। विभिन्न सहकारीमार्फत गोर्खा मिडियामा ६५ करोड रुपैयाँभन्दा बढी रकम ट्रान्सफर भएको तथ्य समितिले खुलासा गरेको छ।

सोही रकमबाट लामिछानेले १ करोडभन्दा बढी तलब लिएका हुन्। गोर्खा मिडिया नेटवर्कमा तलबबापत २ आर्थिक वर्षमा १४ करोड ९३ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ।

साथै समितिले लामिछानेलाई सहकारीबाट गोर्खा मिडियामा आएको रकम खर्च गर्ने प्रक्रियामा प्रमुख भूमिका रहेको भन्दै दोषी ठहर गरेको छ। समितिले लामिछानेसहित गोर्खा मिडियाका संचालक जीबी राई, छबिलाल जोशी र कुमार रम्तेललाई प्रचलित कानुन बमोजिम कारवाहीको सिफारिस गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली, वाइडबडीलागयत विषयमा प्रस्टिकरण दिने तयारी
संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली, वाइडबडीलागयत विषयमा प्रस्टिकरण दिने तयारी
मसाजको आनन्द लिन जाँदै हुनुहुन्छ भने होशियार !!! प्रहरी खोरमा पुगिएला…
मसाजको आनन्द लिन जाँदै हुनुहुन्छ भने होशियार !!! प्रहरी खोरमा पुगिएला…
अाेली र प्रचण्डले दिए यस्ताे निर्देशन
अाेली र प्रचण्डले दिए यस्ताे निर्देशन
प्रतिनिधिसभा बैठक सञ्चालनका लागि सभामुखले भेटे दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई
छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर
छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर
अरिंगाल, मौरीपछि बिरालोको म्याउ : प्रमका सल्लाहकारको एक अक्षर गल्ती हुँदा अाक्रमण !
अरिंगाल, मौरीपछि बिरालोको म्याउ : प्रमका सल्लाहकारको एक अक्षर गल्ती हुँदा अाक्रमण !
बागमती प्रदेशमा लकडाउन कडा बनाइने, हेटौडामा मोटरसाइकल चलाउन नपाइने
बागमती प्रदेशमा लकडाउन कडा बनाइने, हेटौडामा मोटरसाइकल चलाउन नपाइने
फेसबुकबाट जोडिएको ‘चित्रकला कार्यशाला’ मोफसलमा पनि
फेसबुकबाट जोडिएको ‘चित्रकला कार्यशाला’ मोफसलमा पनि
प्रि ओपन सेसन अपडेटः ९.७४ अंक बढ्यो नेप्से
प्रि ओपन सेसन अपडेटः ९.७४ अंक बढ्यो नेप्से
डोटीमा बास र निगालोबाट सामग्री बनाउन तालिम
डोटीमा बास र निगालोबाट सामग्री बनाउन तालिम

तपाईंले छुटाउनुभयो कि?