अरिंगाल, मौरीपछि बिरालोको म्याउ : प्रमका सल्लाहकारको एक अक्षर गल्ती हुँदा अाक्रमण !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन १९, २०७५
|
|
४९ पटक हेरिएको
Shares
अरिंगाल, मौरीपछि बिरालोको म्याउ : प्रमका सल्लाहकारको एक अक्षर गल्ती हुँदा अाक्रमण !

सारांश

  • काठमाडौं,१९ असाेज ।
  • प्रधानमन्त्री केपी शर्मा अाेलीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाल सामाजिक संजालमा विवादमा मुछिएका छन् ।
  • ओलीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाल प्रधानमन्त्रीसँगै अमेरिकाबाट नेपाल फर्किने क्रममा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग विमानभित्रैबाट सेल्फीसहित  एउटा ट्वीट गरे।

काठमाडौं,१९ असाेज । प्रधानमन्त्री केपी शर्मा अाेलीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाल सामाजिक संजालमा विवादमा मुछिएका छन् । ओलीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाल प्रधानमन्त्रीसँगै अमेरिकाबाट नेपाल फर्किने क्रममा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग विमानभित्रैबाट सेल्फीसहित  एउटा ट्वीट गरे।

रेडी टु फ्लाइ ब्याक, गुडबाई न्युयोर्क।

‘गल्तीले मिस्टेक भएर’ न्युयोर्कमा N हुनुपर्ने ठाउँमा M हुन पुगेछ। त्यसपछि त के चाहियो र, सुरु भयो ट्विटेको व्यङ्ग्यमिश्रित आक्रमण। १२ दिनसम्म प्रधानमन्त्रीले विदेशमा रहेर आर्जन गरेको ख्याति एउटा अक्षरबाट ध्वस्त पार्न उद्दत देखिए ट्विटे।

N हुनुपर्ने M भएछ भनेर लेख्ने प्रदीप भट्टराईलाई लिलेले जवाफ फर्काएका छन् ‘होइन M नै हो। अरिंगाल, मौरी पछि बिरालो होला। अनि म्याउ भन्या हुन्।’ सामान्य त्रुटि हो भनेर बचाउ गर्न खोज्ने कागदाइलाई ‘तित्रोको मुखै बैरी’ले जवाफ फर्काएका छन्  ‘गु लियो खायो र गुलियो खायो। भनेजस्तै सामान्य त्रुटि हो।’

 

गैरी घरेले व्यङ्ग्य गरे, कोलम्बसले अमेरिका पत्ता लगाए, २ कमरेडले अमेरिका भित्र Mew York पत्ता लगाएर फर्किनु भएछ। बधाइ छ। देवेन्द्र वर्माले  ‘उता Mew York गराउनेले यता देशको नाम नै Mepal गराउन बेर छैन… हुन त वरिष्ठले जे गरेपनि त्रुटि महसुस गर्नु नपर्ने देश न हो’ भन्दै दुई तिहाई वजनको व्यङ्ग्य हाने।

धिरीखोलेले सेल्फीको हाउभाउ र त्यसलाई पोस्ट गर्नुको औचित्यमै प्रश्न उठाए-

मीन राईले प्रधानमन्त्रीको भ्रमणलाई पिकनिकको संज्ञा दिए। 
भवानी शंकरले भनेका छन् ‘ठूलो चील गाडी चढ्न पाएको बेसुरमा New York पनि Mew York हुदो रछ।प्रधानमन्त्री ओलीलाई सल्लाह दिन्छन रे!’ 

View image on Twitter

View image on Twitter
जनार्दन बरालले म्युको अर्थ खोजे। 

View image on Twitter

राजेन्द्र बानियाले राजनीतिक व्यङ्ग्य गरे

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?