जित्नैपर्ने दबाबबीच क्यानडासँग खेल्दै नेपाल

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन ६, २०८१
|
|
५८ पटक हेरिएको
Shares
जित्नैपर्ने दबाबबीच क्यानडासँग खेल्दै नेपाल

सारांश

  • काठमाडौं।
  • नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ।
  • यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुँदै छ।

काठमाडौं। नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ। यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुँदै छ।

यस सिरिजमा लगातार दुई खेलमा हार बेहोरेर नेपाल दबाबमा रहेको छ। नेपालले पहिलो खेलमा क्यानडासँग १०३ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा ओमानसँग एक विकेटले हार बेहोरेको थियो।

लिग-२ मा नेपालले अहिलेसम्म ५ खेलमा हार व्यहाेरेको छ र अंक तालिकामा सातौं स्थानमा छ। लगातारको हारपछि नेपाल जित्नै पर्ने दबाबमा आज क्यानडासँग खेल्दै छ।

नेपाल र क्यानडाले अहिलेसम्म ४ एकदिवसीय खेल खेलेका छन्। जसमा नेपालले ३ जित हासिल गरेको छ भने एक खेल क्यानडाले जितेको छ। त्यस्तै लिग-२ मा क्यानडाले भने अहिलेसम्म १० खेलमा ६ जित हासिल गरेको छ भने १२ अंकसहित दोस्रो स्थानमा रहेको छ।

यस सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ। नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन्। त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

The Untold Secret To Perfecting Colombian Postal mail Order Brides to be on Colombianwomen. net In only three Times
नेपालबारे मदन र माओको यस्तो बहस !
नेपालबारे मदन र माओको यस्तो बहस !
नयाँ विद्युत् महसुल दर: घरायसी ग्राहकलाई मासिक रु ६० मात्रै, औद्योगिक ग्राहकलाई २० प्रतिशत बढी
नयाँ विद्युत् महसुल दर: घरायसी ग्राहकलाई मासिक रु ६० मात्रै, औद्योगिक ग्राहकलाई २० प्रतिशत बढी
माओवादी केन्द्रले चुनावभर मधेसमा पार्टी ‘हेडक्वार्टर’ नै  राख्ने………..
माओवादी केन्द्रले चुनावभर मधेसमा पार्टी ‘हेडक्वार्टर’ नै राख्ने………..
नारायणगढ–मुग्लिन सडकमा थप १५ दिन दिउँसोमा सवारी बन्द गरिने
नारायणगढ–मुग्लिन सडकमा थप १५ दिन दिउँसोमा सवारी बन्द गरिने
सप्तरी अपडेट- कांग्रेसले लियो अग्रता, दोस्रोमा फोरम, राजपाको अग्रता खुम्चियो
सप्तरी अपडेट- कांग्रेसले लियो अग्रता, दोस्रोमा फोरम, राजपाको अग्रता खुम्चियो
धार्मिक आवरणमा हिंसा गर्नेहरु कारवाहीको दायरामा आउने
धार्मिक आवरणमा हिंसा गर्नेहरु कारवाहीको दायरामा आउने
कांग्रेसमाथि ओलीको प्रहार, २७ वर्ष सरकार चलाउँदा केही गरेन
कांग्रेसमाथि ओलीको प्रहार, २७ वर्ष सरकार चलाउँदा केही गरेन
न्युजिल्याण्डको लगातार दोस्रो जित, बंगलादेशलाई हराउँदै तालिकाको शीर्ष स्थानमा
न्युजिल्याण्डको लगातार दोस्रो जित, बंगलादेशलाई हराउँदै तालिकाको शीर्ष स्थानमा
Japan’s ‘Black Widow’ gets death sentence for killing her lovers
Japan’s ‘Black Widow’ gets death sentence for killing her lovers

तपाईंले छुटाउनुभयो कि?