रास्वपाले बोलायो आकस्मिक भेला
सारांश
- काठमाडौं।
- सहकारी ठगी प्रकरणमा सभापति पक्राउ पर्न लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कार्यकर्ताहरुको आकस्मिक भेला बोलाएको छ।
- संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी पार्टी कार्यालयमा आएपछि रास्वपाले भेला बाेलाएकाे हो।
काठमाडौं। सहकारी ठगी प्रकरणमा सभापति पक्राउ पर्न लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कार्यकर्ताहरुको आकस्मिक भेला बोलाएको छ।
संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी पार्टी कार्यालयमा आएपछि रास्वपाले भेला बाेलाएकाे हो।
रास्वपाका एक नेताका अनुसार सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरु अहिले पार्टी कार्यालय बनस्थलीमा भेला भएका छन्।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछाने पक्राउ पर्ने आशंका गर्दै रास्वपाले भेला बोलाएको हो।
प्रतिक्रिया