समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक १३, २०७७
|
|
३८ पटक हेरिएको
Shares
समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सारांश

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिनुभएको छ ।
  • डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईलाई जिल्लामा निर्माणको काम लिने तर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कामनै नगरी योजना अलपत्र पार्ने ठेकेदारको लिष्ट तयार गरी कारवाहीका लागि सिफारिस गर्न निर्देशन दिनुभएको हो ।
  • निमार्ण सम्झौता भएको लामो समय भएका तर कामको शुरुआत नगरेका जिल्लाका सबै योजना र ठेकेदारको नामसहित तथ्याङ्क सङ्कलन गरी कारवाहीका लागि सिफारिस पठाउन आफूलाई मुख्यमन्त्री भट्टले निर्देशन दिनुभएको प्रमुख जिल्ला अधिकारी भट्टराइले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिनुभएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईलाई जिल्लामा निर्माणको काम लिने तर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कामनै नगरी योजना अलपत्र पार्ने ठेकेदारको लिष्ट तयार गरी कारवाहीका लागि सिफारिस गर्न निर्देशन दिनुभएको हो ।

निमार्ण सम्झौता भएको लामो समय भएका तर कामको शुरुआत नगरेका जिल्लाका सबै योजना र ठेकेदारको नामसहित तथ्याङ्क सङ्कलन गरी कारवाहीका लागि सिफारिस पठाउन आफूलाई मुख्यमन्त्री भट्टले निर्देशन दिनुभएको प्रमुख जिल्ला अधिकारी भट्टराइले बताउनुभयो । उहाँले भन्नुभयो, “तोकिएको समयमा काम नसक्ने तथा सम्झौता भएर पनि काम नगर्ने ठेकेदारको लिष्ट तयार गरी कारवाहीका लागि पठाउन निर्देशन भएको छ, सोहीबमोजिम प्रक्रिया अगाडि बढाउँदै छौँ ।” जिल्लामा अधिकांश योजना निमार्ण व्यवसायीको लापरवाहीका कारण ढिलासुस्ती भइरहेको यहाँका नागरिकहरुले मुख्यमन्त्रीसमक्ष गुनासो गरेपछि त्यस्ता कम्पनीलाई आवश्यक निर्देशनसहित कारवाहीका लागि प्रमुख जिल्ला अधिकारीलाई मुख्यमन्त्रीले निर्देशन दिनुभएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो ।

दिपायल पुलदेखि एयरर्पोटसम्म जाने सडक पिच गर्नका लागि ठेक्का भएको लामो समय भएको भए पनि काम नगरेको प्रति चाँसो राख्दै मुख्यमन्त्री भट्टले तत्काल उक्त कार्य सुचारु गराउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुहुँदै काम अगाडि नबढाए कारवाहीका लागि सिफारिस गर्न आग्रह गर्नुभएको थियो । मुख्यमन्त्री भट्टको निर्देशनपछि अहिले जिल्ला प्रशासन कार्यालयले जिल्लामा काम सम्पन्न नभएका तथा सम्झौता भएको लामो समयसम्म पनि काम सुचारु नगरेका ठेक्का तथा ठेक्का सम्झौता गर्ने निर्माण कम्पिनीको तत्थ्याङ्क सङ्कलन कार्य अगाडि बढाइएको छ । ठेकेदारको लापरवाहीका कारण जिल्लामा एक दर्जन बढी योजना अल्पत्रमा परेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारीको बचत ठगी छानबिन गर्न गठित संसदीय छानबिन समितिको म्याद थप्ने तयारी
सहकारीको बचत ठगी छानबिन गर्न गठित संसदीय छानबिन समितिको म्याद थप्ने तयारी
उपत्यकाको खानेपानी समस्या हल गर्न योजना बनाएर अघि बढेका छौं : खानेपानी मन्त्री
उपत्यकाको खानेपानी समस्या हल गर्न योजना बनाएर अघि बढेका छौं : खानेपानी मन्त्री
‘निरंकुशता गयो, सामन्तवाद गएन’
‘निरंकुशता गयो, सामन्तवाद गएन’
एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाको पहिलो जित
एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाको पहिलो जित
Passionate Tips For Men – a few Ways to Make Your Guy Fall in Love With You
ओलीको प्रधानमन्त्रीमा नियुक्ति विरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश
ओलीको प्रधानमन्त्रीमा नियुक्ति विरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश
अध्यक्ष नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच शिष्टाचार भेट, के भयाे कुराकानी ?
अध्यक्ष नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच शिष्टाचार भेट, के भयाे कुराकानी ?
‘एमालेलार्इ अप्ठ्यारो हुन्छ भने म केन्द्रीय सदस्य मात्रै रहन तयार छु’ : प्रचण्ड
‘एमालेलार्इ अप्ठ्यारो हुन्छ भने म केन्द्रीय सदस्य मात्रै रहन तयार छु’ : प्रचण्ड
पूर्वसचिव कार्कीकी श्रीमतीको मृत्यु
पूर्वसचिव कार्कीकी श्रीमतीको मृत्यु
फिल्ममा हस्तमैथुन सिन गर्नुपर्‍यो भने खुशीसाथ तयार हुनेछु: किश्वर मर्चेन्ट
फिल्ममा हस्तमैथुन सिन गर्नुपर्‍यो भने खुशीसाथ तयार हुनेछु: किश्वर मर्चेन्ट

तपाईंले छुटाउनुभयो कि?