नेपाल-अमेरिका टी-२० सिरिज : दोस्रो खेल खेल्दै नेपाल

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक ४, २०८१
|
|
६० पटक हेरिएको
Shares
नेपाल-अमेरिका टी-२० सिरिज : दोस्रो खेल खेल्दै नेपाल

सारांश

  • काठमाडौं।
  • नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत केहीबेरमा दोस्रो खेल खेल्दै छ।
  • नेपाल एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ।

काठमाडौं। नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत केहीबेरमा दोस्रो खेल खेल्दै छ। नेपाल एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ।

तीन खेलको टी–२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई १७ रनले पराजित गरेको थियो। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा दोस्रो खेल अहिले बिहान ५:४५ बजे सुरु हुनेछ। पहिलो खेलमा अनुपस्थित रहेका सन्दीप लामिछाने आजको खेलमा भने समावेश हुने बताइएको छ।

यसअघि पहिलो खेलमा नेपालले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो। नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन बनाए।

यस्तै ओपनरद्वय अनिलकुमार साह र आसिफ शेखले समान २७ रन बनाए। दीपेन्द्रसिंह ऐरी २८, गुलसनकुमार झाले ११ र कुशल भुर्तेलले १० रन बनाए। बलिङतर्फ अमेरिकाका सौरभ नेत्रावलकर, जसदीप सिंह र हरमित सिंहले दुई दुई विकेट लिए।

नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४७ रन मात्रै बनाउन सक्यो। अमेरिकाका लागि शायन जहाँगीरले अविजित ६० रन बनाए।

यस्तै, अन्द्रेस गौसले ३०, मलिन्द कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए। बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले तीन तथा रिजन ढकाल, करण केसी र गुलसनकुमार झाले एक एक विकेट लिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पक्राउ परे कृष्णबहादुर महरा
पक्राउ परे कृष्णबहादुर महरा
पुर्बमन्त्री महेश बस्नेतलाई जिताउने भन्दै प्याब्सन उपाध्यक्ष दिपिका थापा एमाले प्रवेश;
पुर्बमन्त्री महेश बस्नेतलाई जिताउने भन्दै प्याब्सन उपाध्यक्ष दिपिका थापा एमाले प्रवेश;
त्रिविभन्दा पनि जेठो क्याम्पस महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस
त्रिविभन्दा पनि जेठो क्याम्पस महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस
रानी मौरी कारमा थुनिँदा दुई दिनसम्म हजारौं मौरीले कारलाई घेर्यो
रानी मौरी कारमा थुनिँदा दुई दिनसम्म हजारौं मौरीले कारलाई घेर्यो
जर्मनीद्वारा फाइभ–जी नेटवर्कको फ्रिक्वेन्सी लिलामी
जर्मनीद्वारा फाइभ–जी नेटवर्कको फ्रिक्वेन्सी लिलामी
६५ वर्ष पुगेकालाई वृद्धभत्ता दिने निर्णय स्वागतयोग्य : रायमाझी
६५ वर्ष पुगेकालाई वृद्धभत्ता दिने निर्णय स्वागतयोग्य : रायमाझी
एक्सनएड इन्टरनेशनल नेपालको रक्तदान कार्यक्रम
एक्सनएड इन्टरनेशनल नेपालको रक्तदान कार्यक्रम
शान्ति प्रक्रियाको सफलताबारे विश्व समुदायलाई जानकारी दिन्छौं : उपप्रधानमन्त्री महरा
शान्ति प्रक्रियाको सफलताबारे विश्व समुदायलाई जानकारी दिन्छौं : उपप्रधानमन्त्री महरा
दलको घोषणापत्र अनुरुप वैदेशिक रोजगारीको विषय कार्यान्वयन हुनेमा आशंका
दलको घोषणापत्र अनुरुप वैदेशिक रोजगारीको विषय कार्यान्वयन हुनेमा आशंका
मोरङमा एमालेलाई चार, माओवादीलाई दुई सीट, टिकट नपाएपछि १ नम्बरमा भयाे रुवाबासी
मोरङमा एमालेलाई चार, माओवादीलाई दुई सीट, टिकट नपाएपछि १ नम्बरमा भयाे रुवाबासी

तपाईंले छुटाउनुभयो कि?