विश्वकप लिग-२ मा आज नेपालको सामना स्कटल्याण्डसँग

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक १३, २०८१
|
|
६२ पटक हेरिएको
Shares
विश्वकप लिग-२ मा आज नेपालको सामना स्कटल्याण्डसँग

सारांश

  • काठमाडौं।
  • नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा आज स्कटल्याण्डसँग खेल्दै छ।
  • एकदिवसीय फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ।

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा आज स्कटल्याण्डसँग खेल्दै छ। एकदिवसीय फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ।

यस सिरिजको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ भने नेपाल आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएको छ।

नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ६ एकदिवसीय खेल भएका छन्। जसमा नेपालले ३ र स्कटल्याण्डले ३ खेल जितेका छन्। दुवैबीच पछिल्लो खेल २०२३ को फेब्रुअरीमा भएको थियो।

क्यानले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो। नेपाली टिममा देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ।

नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजबंशी र सन्दीप लामिछाने रहेका छन्।

यस खेलपछि नेपालले नोभेम्बर २ मा फेरी अमेरिकासँग र नोभेम्बर ४ मा फेरी स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ।

लिग-२ को अंक तालिका

तेस्रो पटक लिग-२ खेल्न लागेको नेपालको यस सिजनमा प्रदर्शन भने निकै कमजोर रहेको छ। लिग २ को अङ्क तालिकामा नेपाल सातौं स्थानमा रहेको छ। नेपालले अहिलेसम्म खेलेका ९ खेलमा केवल एक खेल मात्र जितेको छ भने ७ खेलमा पराजित भएको छ। जबकी एक खेल अनिर्णित हुदा अंक बाँडेको थियो।

अहिलेसम्म १२ खेल खेल्दै १६ अंकसहित क्यानडा शिर्ष स्थानमा छ भने अमेरिका १० खेलमा १४ अंकसहित दोस्रो स्थानमा रहेको छ। त्यस्तै नेदरल्याण्डस ८ खेलमा १२ अंक हासिल गर्दै तेस्रो र स्कटल्याण्ड ८ खेलमा ११ अंक हासिल गर्दै चौथो स्थानमा छ भने नामिबिया १२ खेलमा १० अंक हासिल गर्दै पाँचौ स्थानमा छ।

त्यस्तै ओमान ८ खेलमा ६ अंक हासिल गर्दै छैटौं र नेपाल ९ खेलमा ३ अंक हासिल गर्दै सातौं स्थानमा छ। त्यस्तै युएई ७ खेलमा २ अंक हासिल गरेर पुछारमा रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुकमा कम्युनिष्ट अधिनायकवादी व्यवस्थाको खतरा बढ्यो : नेता निधि
मुलुकमा कम्युनिष्ट अधिनायकवादी व्यवस्थाको खतरा बढ्यो : नेता निधि
हुण्डीको विकल्पमा वीच्याटबाट यसरी बाहिरिन थाल्यो पैसा
हुण्डीको विकल्पमा वीच्याटबाट यसरी बाहिरिन थाल्यो पैसा
प्रधानमन्त्री दाहाल भन्छन् : छोटो समयमा सरकारले प्रभावकारी काम गरेको छ
प्रधानमन्त्री दाहाल भन्छन् : छोटो समयमा सरकारले प्रभावकारी काम गरेको छ
अनलाइनमार्फत नौ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड
अनलाइनमार्फत नौ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड
कोरोनाबाट विश्वभर तीन करोड ३३ लाख भन्दा बढी सङ्क्रमित
लागुऔषध र हतियार सहित ७ जना पक्राउ
लागुऔषध र हतियार सहित ७ जना पक्राउ
शून्य समय : किसानका समस्यादेखि नाका खुलाउने विषयसम्म
शून्य समय : किसानका समस्यादेखि नाका खुलाउने विषयसम्म
मार्ग शीर्ष कृष्ण चतुर्दशीः शतबीजारोपण मार्ग, शिवालयमा शतबीज छरिँदै
मार्ग शीर्ष कृष्ण चतुर्दशीः शतबीजारोपण मार्ग, शिवालयमा शतबीज छरिँदै
सुन तस्कर गोरेद्वारा कारागारभित्रै आत्महत्याको प्रयास
चाणक्यका नीति अनुसार यी ३ प्रकारका मानिससँग सधै होसियार हुनुपर्छ
चाणक्यका नीति अनुसार यी ३ प्रकारका मानिससँग सधै होसियार हुनुपर्छ

तपाईंले छुटाउनुभयो कि?