एक लाख ३५ हजार भारुमा १७ वर्षीया युवतीलाई बेच्ने युवक पक्राउ

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र ११, २०७४
|
|
५५ पटक हेरिएको
Shares
एक लाख ३५ हजार भारुमा १७ वर्षीया युवतीलाई बेच्ने युवक पक्राउ

सारांश

  • सुवास योञ्जन चरीकोट ।
  •  बिहे गरेर काठमाण्डौमा राम्रोसँग राख्ने प्रलोभन देखाई दुई बर्षअघि भारतमा लगेर बेच्ने मुख्य गिरोह पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा नुवाकोट खरानीटार ५ घर भएका २१ बर्षीय निरकुमार नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
  • सुवास योञ्जन

चरीकोट । बिहे गरेर काठमाण्डौमा राम्रोसँग राख्ने प्रलोभन देखाई दुई बर्षअघि भारतमा लगेर बेच्ने मुख्य गिरोह पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट खरानीटार ५ घर भएका २१ बर्षीय निरकुमार नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पक्राउ परेका नेपालीलाई शनिवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

पक्राउ परेका नेपालीले ०७२ साउन ३ गते दोलखाको बैतेश्वर गाउँपालिका ६ नाम्दु निवासी बर्ष १७ की रिमा (नाम) परिबर्तनलाई विहे गरेर राजधानी लगेका थिए । राजधानीमा लगेको भोलिपल्टै रिमालाई कलंकीबाट माईक्रो बसमा चढाएर नेपालगंज पु¥याएको र बेहोस हुने औषधी खुवाएर त्यहाँबाट भारतीय गाडिमा राखेर नयाँदिल्ली पु¥याएर विक्री गरेको प्रहरी सामु स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

नयाँदिल्लीमा रहेकी नेपाली भाषी लक्ष्मी तामाङलाई एक लाख ३५ हजार भारतीय रुपैयामा विक्रि गरेको समेत बयानको क्रममा स्वीकार गरेको प्रहरीको भनाइ छ ।
कोठीमा बेचिएकी रिमाले कोठीमै आउने एक भारतीय युवालाई आफ्नो प्रेममा पार्न सफल भएकी थिईन । त्यहि भारतीय युवाको सहारामा रिमा कोठीबाट बाहिर निस्किएर प्रहरी सामु गएकी थिईन । प्रहरीकोमा पुगेकी नेपालीको उमेर १८ बर्ष नपुगेको कारण केहि समय उनलाई नेपाली राजदुतावासमा राखिएको थियो ।

२०७३ जेठ २० गते रिमा बेचिएको खवर आफ्न्तले थाहा पाएपछि बेचविखनमा संलग्न भएका निरकुमार र उनका भाउजु सिता नेपालीको नाममा रितपूर्वक जाहेरी दर्ता गराएका थिए । आफ्न्तको जाहेरीको आधारमा सिता नेपालीलाई तत्कालै पक्राउ गरेको र पूर्वपक्षको लागि रामेछापको कारागारमा राखिएको प्रहरीले जनाएको छ ।

रिमालाई निरकुमारका भाउजु रिमाको दिदि सिताले ललाइफकाइ गरी काठमाडौसम्म लगि दिएका थिए । अनुसन्धानको क्रममा सिता पनि मानब बेचविखनमा सक्रिय रहेको पाइएको प्रहरीको भनाइ छ । बेचविखनमा संलग्न सिता पक्राउ परेपनि मुख्य अभियुक्त निरकुमार भने फरार रहेका थिए । फरार रहेका निरकुमार राजधानीमा लुकिछिपि बसेको खवर प्राप्त भएपछि प्रहरीले खोजबिन गरेको थियो । खोजबिनको क्रममा शुक्रबार पक्राउ गरी चरीकोटमा ल्याएर सार्वजनिक गरिएको प्रनाउ कार्कीले बताए ।

पक्राउ परेका निरकुमारले यसअघि आफ्नै जेठी श्रीमतीलाई पनि गाउँको काका नाता पर्ने दुई जनाको सहयोगमा दिल्लीमा लगि बेश्यालयमा बिक्रि गरेको अनुसन्धानको क्रममा खुलेको जनाएको छ । निरकुमारका बारेमा थप अनुसन्धान भइरहेको र केहि दिनभित्रै अदालतमा पठाउने प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेर्नुहाेस् साँझ ८ बजेसम्म को कहाँ विजयी भए
हेर्नुहाेस् साँझ ८ बजेसम्म को कहाँ विजयी भए
राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारको मनोनयन तयारी
राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारको मनोनयन तयारी
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न उपसभामुख अस्पतालमा
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न उपसभामुख अस्पतालमा
खुलामञ्चमा मिटरब्याजी पीडितले प्रवेश गर्न खोज्दा बालेन्द्रले गरे यस्तो शंका
खुलामञ्चमा मिटरब्याजी पीडितले प्रवेश गर्न खोज्दा बालेन्द्रले गरे यस्तो शंका
सीमा नाकामा भारतीय ज्यादतीविरुद्ध प्रदर्शन
सीमा नाकामा भारतीय ज्यादतीविरुद्ध प्रदर्शन
समयमै डीभी भर्न अमेरिकाको आग्रह, पासपोर्ट बनाउनेको संख्या बृद्धि
समयमै डीभी भर्न अमेरिकाको आग्रह, पासपोर्ट बनाउनेको संख्या बृद्धि
नेपाल बौद्ध संघको तेस्रो वार्षिकोत्सव सम्पन्न
नेपाल बौद्ध संघको तेस्रो वार्षिकोत्सव सम्पन्न
अहिलेसम्म ९४ स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेसभन्दा एमाले १० बढि स्थानमा विजयी
अहिलेसम्म ९४ स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेसभन्दा एमाले १० बढि स्थानमा विजयी
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना
प्रधानमन्त्री ओलीले गरे, गोबरग्यास प्लान्ट को उद्घाटन
प्रधानमन्त्री ओलीले गरे, गोबरग्यास प्लान्ट को उद्घाटन

तपाईंले छुटाउनुभयो कि?