धर्मगुरु बलात्कारी भएको पुष्टि , फैसलापछिको हिंसामा ३१ को मृत्यु

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र ११, २०७४
|
|
६३ पटक हेरिएको
Shares
धर्मगुरु बलात्कारी भएको पुष्टि , फैसलापछिको हिंसामा ३१ को मृत्यु

सारांश

  • एजेन्सी ।
  •  उत्तरी भारतमा सयौं सैनिक परिचालनका बाबजुद भएको हिंसामा परी कम्तीमा पनि ३१ जनाको मृत्यु भएको छ भने अन्य २ सय ५० भन्दा बढी घाइते भएका छन् ।
  • मारिनेमध्ये २९ जना पञ्चकुला र २ जना सिरसाका रहेका छन् ।

एजेन्सी । उत्तरी भारतमा सयौं सैनिक परिचालनका बाबजुद भएको हिंसामा परी कम्तीमा पनि ३१ जनाको मृत्यु भएको छ भने अन्य २ सय ५० भन्दा बढी घाइते भएका छन् ।

मारिनेमध्ये २९ जना पञ्चकुला र २ जना सिरसाका रहेका छन् । आफ्ना करोडौं समर्थक रहेको दाबी गर्ने धर्मगुरु गुरमित राम रहिम सिंहलाई झन्डै १५ वर्षअघि दुईजना महिलालाई बलात्कार गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो । धर्मगुरुलाई बलात्कारको आरोपमा दोषी ठहर गर्दै फैसला आएपछि भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मी समेत घाइते भएका छन् ।

गैरनाफामूलक सामाजिक तथा आध्यात्मिक संस्था ‘डेरा’ का प्रमुखसमेत रहेका सिंहका समर्थकले भारतका विभिन्न सहरमा प्रदर्शन गरेका छन् । हरियाणा राज्यको पञ्चकुला सहरमा सिंहका हजारौं समर्थकले अदालतको फैसलाको विरोध गर्दै स्थानीय टेलिभिजनका गाडी, सार्वजनिक तथा निजी सवारीसाधन, भवनलगायतमा तोडफोड गरेका छन् ।

उनीहरूले कतिपय ठाउँमा आगजनीसमेत गरेको सरकारी अधिकारीले बताएका छन् । हरियाणा र छिमेकी राष्ट्र पञ्जावमा मोबाइल फोन सेवा अवरुद्ध भएको छ । हिंसा थप बढ्न नदिन शुक्रबार बेलुकादेखि नै सरकारले उच्च सुरक्षा सतर्कता बढाएको छ ।

सिंहले आफ्ना दुई जना अनुयायीलाई बलात्कार गरेको ठहरसहित अदालतले शुक्रबार उनलाई दोषी भएको ठहर गरेको हो । सीबीआईका न्यायाधीश जगदीप सिंहका अनुसार ५० वर्षीय डेरा प्रमुखलाई दोषी ठहर गर्दै २८ अगस्टमा सजाय सुनाइनेछ । सिंहका अनुसार गुरमितलाई सातदेखि १० वर्षसम्मको कैद हुनसक्नेछ ।

प्रदर्शनका क्रममा ५० जना प्रहरी तथा सुरक्षाकर्मीसहित झन्डै २ सय जना घाइते भएको सरकारी अधिकारीले जनाएका छन् । प्रहरीले हरियाणा, पञ्जाव र राजस्थानसमेतका सहरमा व्यापक हस्तक्षेप गरेको र अश्रुग्याँस, पानीका फोहरा, हवाई फाएर गरेको प्रदर्शनकारीले जनाएका छन् ।

प्रदर्शनकारीले जुलुसमा सहभागीलाई ताकेरै गोली चलाएको दाबी पनि गरेका छन् । ५० वर्षीय गुरमितका विश्वभर ६ करोड समर्थक रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकतामा ढिलाइ गर्नै हुन्न : अध्यक्ष दाहाल
एकतामा ढिलाइ गर्नै हुन्न : अध्यक्ष दाहाल
मंगलबार कस्तो रहला देशभरको मौसम?
मंगलबार कस्तो रहला देशभरको मौसम?
किसानलाई गहुँ भित्र्याउने चटारो, उत्पादन बढ्ने अनुमान
किसानलाई गहुँ भित्र्याउने चटारो, उत्पादन बढ्ने अनुमान
अझै केही दिन वर्षाको सम्भावना, आज पनि पानी पर्ने
अझै केही दिन वर्षाको सम्भावना, आज पनि पानी पर्ने
ट्रम्पद्वारा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बर्खास्त
ट्रम्पद्वारा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बर्खास्त
नयाँ युगको आरम्भप्रति कांग्रेस कटाक्ष : अलोकप्रियतालाई ढाक्न खोज्ने पातलो पछ्यौरी
नयाँ युगको आरम्भप्रति कांग्रेस कटाक्ष : अलोकप्रियतालाई ढाक्न खोज्ने पातलो पछ्यौरी
‘हामी नेपाल प्रहरी’ गीत छोटो समयमै चर्चामा
‘हामी नेपाल प्रहरी’ गीत छोटो समयमै चर्चामा
राष्ट्रपतिजस्तो व्यक्ति पार्टीप्रति झुकाव जोडिएर बस्नहुन्न : डा. महत
राष्ट्रपतिजस्तो व्यक्ति पार्टीप्रति झुकाव जोडिएर बस्नहुन्न : डा. महत
ट्राफिककाे काम मन्त्रीले गरे पछि…
ट्राफिककाे काम मन्त्रीले गरे पछि…
बिदा प्रणाली सुधार गर्दै सरकार: दुईदिने साप्ताहिक बितापछि सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन
बिदा प्रणाली सुधार गर्दै सरकार: दुईदिने साप्ताहिक बितापछि सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन

तपाईंले छुटाउनुभयो कि?