राष्ट्र बैंकको टोली भारु सटहीको लागि भोलि भारत जाँदै

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष २६, २०७३
|
|
१७६ पटक हेरिएको
Shares

सारांश

  • नोटबन्दी लागेका भारु ५ सय र १ हजारको नोट सटहीबारे छलफल गर्न नेपाली टोली भोलि भारत जाने भएको छ ।
  • डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीको संयोजकत्वमा बनेको टोली भोलि यस बिषयमा छलफल गर्न भारत जाने भएको हो ।
  • ‘हामीले भारु सटहीको मोडालिटी पठाइसकेका छौं, छलफल पछि कस्तो निश्कर्ष आउँछ त्यसैमा भर पर्छ,’ शिवाकोटीले भने ।

नोटबन्दी लागेका भारु ५ सय र १ हजारको नोट सटहीबारे छलफल गर्न नेपाली टोली भोलि भारत जाने भएको छ । डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीको संयोजकत्वमा बनेको टोली भोलि यस बिषयमा छलफल गर्न भारत जाने भएको हो ।

‘हामीले भारु सटहीको मोडालिटी पठाइसकेका छौं, छलफल पछि कस्तो निश्कर्ष आउँछ त्यसैमा भर पर्छ,’ शिवाकोटीले भने । राष्ट्र बैंकले एक जनाबाट अधिकतम २५ हजार भारु साट्ने मोडालिटी भारत पठाएको हो ।

वार्ता सकारात्मक भएमा १ महिनाभित्रमा भारु सटही हुने सम्भावना रहेको छ । भारत सकारात्मक देखिएमा सर्वसाधारणलाई भारु बैंकमा जम्मा गर्न केही साताको अवधि दिइने सम्भावना छ ।

त्यस्तै, बैंकहरुले यसरी जम्मा भएको रकम १ देखि २ सातामा राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकले भारतीय रिर्जभ बैंकमा यस्तो रकम बुझाएर त्यहाबाट स्वीकृत हुने नोटको मात्र सटही सुविधा दिइने सम्भावना छ ।

‘सर्वसाधारणलाई रकम जम्मा गर्न एक पटकभन्दा बढी समय दिइँदैन, तोकिएको अवधिभित्र २५ हजारको सीमासम्ममा जम्मा गर्न सक्छन्,’ शिवाकोटीले बताए । बैंकहरुले सर्वसाधारणबाट भारु लिँदा नोटमा उल्लेख नम्बर पनि साथै टिप्नुपर्ने हुन्छ ।

भारतीय केन्द्रीय बैंकले जम्मा भएको नोट जाँच बुझ गर्ने र नक्कली भएमा, च्यातिएको भएमा त्यस्तो नोट नसाट्ने सम्भावना छ । यसो भएमा यस्ता रकम जम्मा गर्ने सर्वसाधारणले उसले जम्मा गरेको नोट मध्ये सटही सुविधा पाएकाको मात्र भुक्तानी पाउने छ ।

(https://www.spinabifida.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसिया कप छनाेटका लागि नेपाली टाेलि मलेसिया जाँदै, यस्ताे रह्याे श्रृलंकामा खेलाडीकाे प्रदर्शन !
एसिया कप छनाेटका लागि नेपाली टाेलि मलेसिया जाँदै, यस्ताे रह्याे श्रृलंकामा खेलाडीकाे प्रदर्शन !
प्रधानन्यायाधीश ताेक्न संवैधानिक परिषदको बैठक आज बस्दै
प्रधानन्यायाधीश ताेक्न संवैधानिक परिषदको बैठक आज बस्दै
शिक्षा ऐनको नवौं संशोधनको विरोधमा शिक्षक सेवा आयोगमा तालाबन्दी
शिक्षा ऐनको नवौं संशोधनको विरोधमा शिक्षक सेवा आयोगमा तालाबन्दी
छायाँछवि काब्यशृङ्खलाको सातौं सिलसिला सम्पन्न
छायाँछवि काब्यशृङ्खलाको सातौं सिलसिला सम्पन्न
अभिनेत्री श्वेता खड्काको विहे मंसिर २२ गते
अभिनेत्री श्वेता खड्काको विहे मंसिर २२ गते
प्रहरी चौकीनै असुरक्षित !
प्रहरी चौकीनै असुरक्षित !
निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्छ : उपराष्ट्रपति पुन
निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्छ : उपराष्ट्रपति पुन
‘राजनीतिकर्मी मात्र सुध्रिएर हुँदैन, कर्मचारीतन्त्र पनि सुध्रिनुपर्छ’
‘राजनीतिकर्मी मात्र सुध्रिएर हुँदैन, कर्मचारीतन्त्र पनि सुध्रिनुपर्छ’
अस्करमा नेपालबाट ‘हल्कारा’ पठाइने
अस्करमा नेपालबाट ‘हल्कारा’ पठाइने
तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु
तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

तपाईंले छुटाउनुभयो कि?