श्रीहजुर म तिम्रै हुँ, अरु कसैको हुन सक्दिन ः स्वेता खड्का

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष २७, २०७३
|
|
३४० पटक हेरिएको
Shares

सारांश

  • –स्वेता खड्का मलाई मेरो जिन्दगीले केवल ३० दिनको मात्र साथ दिएर भगवानको प्यारो होला भनेर सपनामा पनि चिताएकी थिइनँ।
  • मलाई मेरो जिन्दगीले किन यति धेरै कठोर परीक्षा लिएको होला ?
  • यदि साँच्चै भगवान छ भने, मलाई भगवानसँग यही कुरा सोध्न मन लागेको छ–किन यति धेरै मलाई दुःख दिएको भनेर!

–स्वेता खड्का

मलाई मेरो जिन्दगीले केवल ३० दिनको मात्र साथ दिएर भगवानको प्यारो होला भनेर सपनामा पनि चिताएकी थिइनँ। मलाई मेरो जिन्दगीले किन यति धेरै कठोर परीक्षा लिएको होला ? यदि साँच्चै भगवान छ भने, मलाई भगवानसँग यही कुरा सोध्न मन लागेको छ–किन यति धेरै मलाई दुःख दिएको भनेर! मैले के नै विराएको थिए र ? यति धेरै भगवान मसंग किन क्रुर बनेको होला ? मलाई यसको जवाफ चाहिएको छ। भर्खरै मात्र हाम्रो घरजम हुन लागेको बेलामा मलाई मेरो श्रीमानसँग राम्ररी दुई दिन पनि बस्ने मौका नदिइकन रातारात मैले मेरो हजुरलाई अस्पताल लानु प¥यो ।

त्यो पनि नेपालबाट धेरै टाढा भारतको नयाँदिल्ली स्थित गंगाराम अस्पतालमा । विवाह भएको तेश्रो दिन नै हामी काठमाडौबाट दिल्ली गएका थियौ। नेपालमा भने विवाहको तेश्रो दिन श्री र स्वेता हनिमूनका लागि भारतको कश्मिर गएको खवर फैलिएको थियो । हामी हनिमूनका लागि कश्मिर गएका थिएनौ। मिडिया र श्रीहजुरका लाखौ–करोडौ शुभचिन्तकहरुलाई पीडा नहोस् भनेर त्यसप्रकारको समाचार प्रवाह गरेर हामी चुपचाप गंगाराम अस्पतालमा उपचार्थ पुगेका थियौ ।

अस्पतालमा पनि त्यहाँ हामीले बास्तविक परिचय लुकाएर बसेका थियौ । त्यसरी नगरिएमा श्रीहजुरको लाखौ–करोडौ शुभचिन्तकहरुको दिल्लीको अस्पतालमा नै भीड लाग्ने संभावित अवस्थाले नै हामीले त्यसो गर्नुपरेको थियो। यसो गर्नु र गराउनुमा मेरो कुनै ट्रीक थिएन । यो सवै श्रीहजुरकै चाहनामा भएको थियो । उहाँ कहिले पनि आफ्नो पीडाले शुभचिन्तकहरुमा थप पीडा दिन नचाहने प्रवृतिले नै उहाँले भनेजस्तै हामीले गरेका थियौ ।

(श्याम स्मृतव्दारा लिखित अमर नायकको संझना पुस्तकवाट साभार ) 

पुरै जान्नका लागि तलको लिंक हेर्नुस 

https://youtu.be/wmsIx1bDY7k

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने अदालतको ठहर
पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने अदालतको ठहर
चितवन प्रहरीकाे अर्काे फड्काे, तिन महिनामा २४ चोरीका मोटरसाईकल नियन्त्रणमा !
चितवन प्रहरीकाे अर्काे फड्काे, तिन महिनामा २४ चोरीका मोटरसाईकल नियन्त्रणमा !
चितवनमा प्रकोपका रुपमा देखिएको डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ
चितवनमा प्रकोपका रुपमा देखिएको डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ
जाल्पा एकिकृत र वल्र्ड भिजनले गरे उदयपुरका पत्रकार लाई धनकुटामा तालिम
जाल्पा एकिकृत र वल्र्ड भिजनले गरे उदयपुरका पत्रकार लाई धनकुटामा तालिम
विजयनगर –४ खुल्ला दिसामुक्त घोषणा
विजयनगर –४ खुल्ला दिसामुक्त घोषणा
पब्जीको कस्तो नशा हो, विहे मण्डपमै पनि दुलाहाले खेल्न छोडेनन्
पब्जीको कस्तो नशा हो, विहे मण्डपमै पनि दुलाहाले खेल्न छोडेनन्
एनआरएनएको विवाद समाधान
एनआरएनएको विवाद समाधान
गठबन्धन सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्छ : प्रधानमन्त्री
गठबन्धन सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्छ : प्रधानमन्त्री
गाईजात्रा पर्व मनाइँदै, आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
गाईजात्रा पर्व मनाइँदै, आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
देउवा सरकारले ल्याएको अध्यादेश डा. केसीको मागअनुसार  हुबहु जारी
देउवा सरकारले ल्याएको अध्यादेश डा. केसीको मागअनुसार हुबहु जारी

तपाईंले छुटाउनुभयो कि?