चुनावको पूर्वसन्ध्यामा काग्रेस–एमाले झडप

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २, २०७४
|
|
५३ पटक हेरिएको
Shares
चुनावको पूर्वसन्ध्यामा काग्रेस–एमाले झडप

सारांश

  • जनकपुर – धनुषाका अधिकांश स्थानीय तहमा मुख्य प्रतिस्पर्धीका रूपमा रहेका नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ।
  • कांग्रेस नेता एंव पूर्व गृहमन्त्री विमलेन्द्र निधिको गृहनगर नगराइनमा कांग्रेस कार्यकर्ताको आक्रमणले एमालेका चारजना घाइते भएका छन् ।
  • शनिबार मध्यराति कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको प्रहरीको भनाइ छ ।

जनकपुर – धनुषाका अधिकांश स्थानीय तहमा मुख्य प्रतिस्पर्धीका रूपमा रहेका नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ।

कांग्रेस नेता एंव पूर्व गृहमन्त्री विमलेन्द्र निधिको गृहनगर नगराइनमा कांग्रेस कार्यकर्ताको आक्रमणले एमालेका चारजना घाइते भएका छन् । शनिबार मध्यराति कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको प्रहरीको भनाइ छ । झडपमा घाइते एमाले कार्यकर्ता इन्द्रकुमार पासवान, अरविन्द पासवान, प्रल्हाद पासवान र वीरेन्द्र राउत घाइते भएका हुन् । इन्द्रकुमारको टाउकोमा चोट लागेर अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रल्हाद एमालेबाट महिला वडा सदस्य पदकी उम्मेदवारका छोरा हुन्।

कांग्रेसका मेयर उम्मेदवार परमेश्वर यादवको आदेशमा उनी निकट कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको एमालेको आरोप। कांग्रेसले भने मेयर उम्मेदवार यादवको घरमा तोडफोड गरेपछि प्रतिकारकाक्रममा झडप भएको जनाएको छ । घटनापछि आइतबार बिहान प्रमुख जिल्ला अधिकारी दिलीप चापागाई, जिल्ला प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंह, सशस्त्र प्रहरी प्रमुख एसपी भरतबाबु केसी, कांग्रेस नेता निधि र एमाले नेता रघुवीर महासेठ घटनास्थलमा पुगेका थिए । उनीहरूले थप घटना हुन नदिन थप सुरक्षा व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई सचेत गराएका छन्।

प्रमुख जिल्ला अधिकारी चापागाईंले शनिबार रातिको घटनापछि जिल्लाभर कडा सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । ‘चुनावको तयारी क्रममा सुरक्षाको सम्पूर्ण व्यवस्था दुरुस्त गरिएको छ,’ प्रजिअ चापागाईंले नागरिकसँग भने, ‘नगराइन नगरपालिकामा दुई पक्षबीच झडप भएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ।’

एक उपमहानगरसमेत १२ नगरपालिका र ६ गाउँपालिका गरी १८ स्थानीय तह रहेको धनुषामा तीन हजार पाँच सय जनपद प्रहरी र दुई हजार पाँच सयको संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको छ । चुनावी सुरक्षालाई ध्यानमा राखेर पहाडी जिल्लाबाट थप सुरक्षा जनशक्ति झिकाइएको प्रमुख जिल्ला अधिकारी चापागार्इंले बताए । उनका अनुसार दुवै प्रहरी निकायका गरी ११ जना डिएसपी र ९० जना इन्स्पेक्टरको कमाण्डमा धनुषाका सबै स्थानीय तहमा सुरक्षा व्यवस्था तैनाथ गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन चौथाई मानिस वायुप्रदुषणका कारण मृत्यु
तीन चौथाई मानिस वायुप्रदुषणका कारण मृत्यु
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकाको मृत्यु, २५ बेपत्ता
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकाको मृत्यु, २५ बेपत्ता
एसईईको नतिजा सार्वजनिक
एसईईको नतिजा सार्वजनिक
बालिकामाथि हुने यौन हिंसामा संलग्नलाई कडा कारवाही हुनुपर्छः मानव अधिकारकर्मी
बालिकामाथि हुने यौन हिंसामा संलग्नलाई कडा कारवाही हुनुपर्छः मानव अधिकारकर्मी
दाङको तलसीपुर नगरपालिकामा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबिच झडप १२ जना घाइते !
दाङको तलसीपुर नगरपालिकामा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबिच झडप १२ जना घाइते !
संसद्ले कानूनले प्रतिबन्ध लगाएकाबाहेक सबै सूचना उपलब्ध गराउँछ : सभामुख घिमिरे
संसद्ले कानूनले प्रतिबन्ध लगाएकाबाहेक सबै सूचना उपलब्ध गराउँछ : सभामुख घिमिरे
कोपा डेल रेको उपाधि भ्यालेन्सियालाई, बार्सिलोना २–१ ले पराजित
कोपा डेल रेको उपाधि भ्यालेन्सियालाई, बार्सिलोना २–१ ले पराजित
भरतपुर महानगरपालिकामा राेचक प्रतिश्पर्धा
भरतपुर महानगरपालिकामा राेचक प्रतिश्पर्धा
विदेशबाट आउने यात्रुका लागि विमानस्थलमा स्वघोषणा कक्ष सञ्चालनमा
विदेशबाट आउने यात्रुका लागि विमानस्थलमा स्वघोषणा कक्ष सञ्चालनमा
राेचक समाचार : जब कमिलाले एउटी किशोरीको बलात्कार हुनबाट जोगाए…
राेचक समाचार : जब कमिलाले एउटी किशोरीको बलात्कार हुनबाट जोगाए…

तपाईंले छुटाउनुभयो कि?