कोपा डेल रेको उपाधि भ्यालेन्सियालाई, बार्सिलोना २–१ ले पराजित

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ १२, २०७६
|
|
५८ पटक हेरिएको
Shares
कोपा डेल रेको उपाधि भ्यालेन्सियालाई, बार्सिलोना २–१ ले पराजित

सारांश

  • एजेन्सी ।
  • स्पेनिस कोपा डेल रेको उपाधि भ्यालेन्सियाले जितेको छ ।
  • फाइनलमा बार्सिलोनालाई हराउँदै भ्यालेन्सियाले उपाधि उचालेको हो ।

एजेन्सी । स्पेनिस कोपा डेल रेको उपाधि भ्यालेन्सियाले जितेको छ । फाइनलमा बार्सिलोनालाई हराउँदै भ्यालेन्सियाले उपाधि उचालेको हो । शनिबार राति भएको खेलमा बार्सिलोनालाई २–१ गोल अन्तरले पराजित गर्दै कोपा डेल रेको उपाधि भ्यालेन्सियाले जितेको छ ।

पराजयसंगै सिजनको दोस्रो उपाधि जित्ने बार्सिलोनाको सपना अधुरै रह्यो । खेलको २१ औं मिनेटमा केभिन गेमिरोको गोलबाट भ्यालेन्सियाले खेलमा अग्रता लिएको थियो । ३३ औं मिनेटमा रोड्रिगोले गोल गर्दै भ्यालेन्सियाको अग्रतालाई दोब्बर बनाएका थिए । बार्सिलोनालाई ७३ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै खेलमा फर्काउने प्रयत्न गरेपनि त्यो पर्याप्त रहन सकेन । च्याम्पियन्स लिगमा लिभरपुलसंग पराजित हुदै बाहिरिएको बार्सिलोनाको पिडा नसकिदैं कोपा डेल रेमा पनि पराजय भयो।

हारपछि समेत बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले प्रशिक्षक इर्नेस्टो भाल्भर्डेलेलाई अर्को सिजन नेउ क्यापको जिम्मेवारी दिने बताए । उनले भने, ‘मैले सधै भनेको छु ईर्नेस्टो अर्को सिजन समेत निरन्तर रहन्छन् । उनी प्रशिक्षक रहन्छन् । मलाई लाग्छ, पराजयमा प्रशिक्षकको कुनै दोष छैन ।’ खराब सिजनपछि समेत क्लब अध्यक्ष जोसेप प्रशिक्षकको बचाउमा उत्रिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?