आजकाे राशिफल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २२, २०७९
|
|
३२ पटक हेरिएको
Shares
आजकाे राशिफल

सारांश

  • मेष (चु.
  • चे.
  • चो.

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि भएका जातकका लागि हरेक मंगलबार मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । व्यापार व्यवसायबाट पनि लाभ मिल्नेछ । दैनिक उपभोग बाहेक विलासिताको सामान खरिद नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन विशेष साधना गर्नु उत्तम हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

अध्ययन अनुसन्धानमा रुचि बढ्ने छ । अध्यात्म शास्त्रका पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्न सक्छ । आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने कष्टकर हुनेछ । यात्रा गर्नै पर्ने छ भने पूर्वदिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । आजको दिन जप, ध्यानमा समय खर्चनु होला । आज खर्च हुने संभावना बढी छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशिका जातकका लागि आजको दिन निकै शुभ रहेको छ । व्यापार व्यवसायमा रहेका साझेदारसँग फाइदा हुनेछ । आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने काममा सफलता मिल्नेछ । आज मिथुन राशिका जातकहरुले नयाँ काम गर्न सक्नुहुनेछ । आजको दिन सफलता प्राप्ति हुनेछ । कसैसँग अनावश्यक विवाद हुने काम नगर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईप्रति विरोध गर्नेले सम्मानका शब्द प्रयोग गर्नेछन् । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला । पारिवारमा साना साना कुरामा विवाद हुनसक्छ । विवाद हुँदा हानी हुनेछ । आजको विवाद हुने काम नगर्नुहोला । सुख प्राप्त हुने संभावना छ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिहं राशिका जातकका लागि आजको दिन मौन रहनु हित हुनेछ । घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । विश्वास गरेको मित्रबाट दुःख र धोका हुनसक्छ । आजको दिन बिहान गणेश वा हनुमानको मन्दिरको दर्शन गर्नाले उर्जा मिल्नेछ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुने छ । मंगलबार कुनै नयाँ काम शुरुवात र मानसम्मान मिल्न सक्छ । व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन उपहार साटाटाट गर्दा फाइदा हुनेछ । बाल र बृद्ध व्यक्तिहरुलाई केही खानेकुरा दिनु उत्तम हुनेछ । आजको दिन कष्टदायी छ । मौन रहनु उत्तम हुनेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)

दिन त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्यबभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईले सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ । त्यसैले आजको दिन सकारात्मक सोच राख्नुहोला । यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी हुनेछैन । आजको दिन महिलाहरुसँग वादविवाद नगर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

व्यापार व्यबसायबाट लाभ हुने देखिन्छ । आजको दिन मित्रहरुसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । परिवारका सदस्यसँग र आफन्तसँग विवाद हुनसक्छ त्यसैले सोचविचार गरेर काम गर्नुहोला । नयाँ संभावना र सुख प्राप्तिको योग रहेको छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा प्राप्त हुनेछ । आज चन्द्रमाको साथ रहेकोल तपाईले सोचेअनुसार काम हुनेछ । अध्ययन अध्यापन, लेखनमा सफलता मिल्नेछ । ब्यापार ब्यबसायमा तपाईको आजको सफलता मिल्नेछ । तपाईलाई परेका अप्ठाराहरुका समाधानका बाटा खुल्दै जानेछ । तपाईको कार्यमा चिन्ता बढ्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठ मन्दिर दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ । मकर राशिका जातकले हरेक साता मंगलबार गणेशमन्दिरमा दर्शन गर्नाले तपाईको ग्रहदोष कम हुनेछ । आजको दिन ध्यान गर्नु, मौन रहनु होला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

व्यापार व्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । आर्थिक कारोबारमा समस्या हुनसक्छ । त्यसैले आजको दिन विवाद नगरी नियमित काम बाहेक नयाँ काम गर्नुभन्दा पहिले सोच विचार गरेर मात्र गर्नु वेश हुनेछ । आजको दिन श्रीप्राप्ति हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशिका जातकका लागि मंगलबार बिहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ । अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ । सेवामूलक काम गर्नुभयो भने समाजबाट मानसम्मान मिल्नेछ। तपाईको आजको दिन हानी हुने संभावना छ । सर्तक भएर कार्य गर्नु होला ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance us kayit ol

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?