नियम उल्लङ्घन गर्ने चालकलाई प्रशिक्षण

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र ८, २०७७
|
|
३६ पटक हेरिएको
Shares
नियम उल्लङ्घन गर्ने चालकलाई प्रशिक्षण

सारांश

  • ट्राफिक नियम उल्लङ्घन गरेर सवारी साधन चलाउने चालकलाई वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनले प्रशिक्षण दिन शुरु गरेको छ ।
  • आइतबारदेखि शुरु गरिएको सो अभियान वाग्मती प्रदेशका १० जिल्लामा लागू गरिएको वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले जानकारी दिए ।
  • अभियानअन्तर्गत मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, तीव्र गतिमा सवारी साधन चलाउने, जथाभावी ओभरटेक गर्ने तथा लेन अनुशासन उल्लङ्घन गरी सवारी साधन चलाउने चालकलाई प्रशिक्षण दिइनेछ ।

ट्राफिक नियम उल्लङ्घन गरेर सवारी साधन चलाउने चालकलाई वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनले प्रशिक्षण दिन शुरु गरेको छ । आइतबारदेखि शुरु गरिएको सो अभियान वाग्मती प्रदेशका १० जिल्लामा लागू गरिएको वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले जानकारी दिए । अभियानअन्तर्गत मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, तीव्र गतिमा सवारी साधन चलाउने, जथाभावी ओभरटेक गर्ने तथा लेन अनुशासन उल्लङ्घन गरी सवारी साधन चलाउने चालकलाई प्रशिक्षण दिइनेछ ।

त्यस्तै पार्किङ निषेधित क्षेत्रमा सवारी साधन पार्किङ गर्ने, सवारी साधन दुर्घटना गराउने, सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी साधन चलाउने तथा मोटरसाइकलको साइलेन्सर पाइपसहित स्वरूप परिवर्तन गरी चलाउने, ट्राफिक चेकिङबाट दोषी देखिएका सवारी साधनका चालक तथा सहचालकलाई उनीहरूको कागजात फिर्ता दिनुपूर्व अनिवार्य ट्राफिक प्रशिक्षणको कक्षामा सहभागी हुनुपर्ने व्यवस्था मिलाइएको श्रीमलले बताए ।

अभियानअन्तर्गत आइतबारमात्रै चितवन जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरी सवारी साधन चलाउने ४२ चालक–सहचालकलाई तीन घण्टा ट्राफिक शिक्षा प्रदान गरिएको भन्दै यसलाई नियमितरुपमा सञ्चालन गर्ने उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देवघाटलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय स्थल बनाउन सकिने : प्रचण्ड
देवघाटलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय स्थल बनाउन सकिने : प्रचण्ड
सम्पत्ति बेच्दै चीनका कुनै बेलाका सर्वाधिक धनी व्यक्ति, यस्तो रहेछ कारण
सम्पत्ति बेच्दै चीनका कुनै बेलाका सर्वाधिक धनी व्यक्ति, यस्तो रहेछ कारण
मन्त्री मातृका यादव किन पुगे दिल्ली !
मन्त्री मातृका यादव किन पुगे दिल्ली !
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यपद त्याग्ने यि नेता !
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यपद त्याग्ने यि नेता !
मनाेरञ्जन समाचार : किन विवादमा परिन् माधुरी दीक्षित ?
मनाेरञ्जन समाचार : किन विवादमा परिन् माधुरी दीक्षित ?
मन्त्री अधिकारीलगायतलाई श्रद्धाञ्जली दिन टुँडिखेलमा राष्ट्रपतिदेखि सर्वसाधारणसम्मको भीड
मन्त्री अधिकारीलगायतलाई श्रद्धाञ्जली दिन टुँडिखेलमा राष्ट्रपतिदेखि सर्वसाधारणसम्मको भीड
मोदी नेपाल नआउँदै नाकामा थुनियो एघार ट्रक चिया !
मोदी नेपाल नआउँदै नाकामा थुनियो एघार ट्रक चिया !
श्रीया सुनार हत्याका अनुसन्धानकर्ता प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्की सम्मानित
श्रीया सुनार हत्याका अनुसन्धानकर्ता प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्की सम्मानित
जनकपुरमा चुनावी सरगर्मीः धेरै उम्मेदवार, आँकलन गर्न गाह्रो
जनकपुरमा चुनावी सरगर्मीः धेरै उम्मेदवार, आँकलन गर्न गाह्रो
गलेश्वरधामा भक्तजनको घुइँचो
गलेश्वरधामा भक्तजनको घुइँचो