तरकारीमा मन्दविषः किरा मार्न प्रयोग हुने विषादि सीधै भान्सामा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर ८, २०७४
|
|
४८ पटक हेरिएको
Shares
तरकारीमा मन्दविषः किरा मार्न प्रयोग हुने विषादि सीधै भान्सामा

सारांश

  • ८ मंसिर, काठमाडौं ।
  • बेमौसमी तरकारी खेतीको प्रचलन बढ्दै जाँदा रोग, किरा लाग्न नदिन विषादी प्रयोग पनि व्यापक छ ।
  • त्यस्ता विषादिले मानव स्वास्थ्यमा मन्दविषको काम गरिरहेको विज्ञहरु बताउँछन् ।

८ मंसिर, काठमाडौं । बेमौसमी तरकारी खेतीको प्रचलन बढ्दै जाँदा रोग, किरा लाग्न नदिन विषादी प्रयोग पनि व्यापक छ । त्यस्ता विषादिले मानव स्वास्थ्यमा मन्दविषको काम गरिरहेको विज्ञहरु बताउँछन् ।

कृषि विकास मन्त्रालयअन्तर्गत बाली संरक्षण निर्देशनालयको तथ्यांक हेरौं । हरेक वर्ष संकलन हुने तरकारीका नमूनामध्ये १० प्रतिशत खान अयोग्य हुन्छन् । बाँकी ९० प्रतिशत खान योग्य त हुन्छन् तर ती अर्गानिक हुँदैनन् ।

उपभोग गर्नै नमिल्ने गरी विषादिको प्रयोग शरीरमा गम्भिर रोग भित्र्याउने कारक बनिरहेको छ ।

विषादिको अवशेष गोलभेंडामा बढी

कालिमाटीस्थित विषादि अवशेष द्रुत विश्लेषण एकाइका अनुसार गोलभेंडामा सबैभन्दा बढी विषादिको प्रयोग हुने गरेको छ ।

गोलभेंडा भान्सामा सबैभन्दा बढी प्रयोग हुने तरकारी पनि हो । उक्त एकाइका अधिकृत मानबहादुर क्षत्रीका अनुसार गोलभेंडापछि काउलीमा बढी विषादिको अवशेष भेटिने गरेको छ ।

काठमाडौंमा असार ०७१ देखि तरकारीमा विषादीको मात्रा परीक्षण गर्न थालिएको हो । उक्त एकाइले छड्के जाँचमार्फत् संकलित नमूना आफ्नो प्रयोगशालामा परीक्षण गर्छ ।

गोलभेंडाका १४ वटा नमूनामा मापदण्डभन्दा बढी विषादिको अवशेष भेटिएको छ । काउलीका १० वटा नमूना पनि खान अयोग्य रहेको पुष्टी भएको छ ।

९९ प्रतिशत तरकारी खानयोग्य नै भेटिन्छन् तर एक प्रतिशतमै भेटिने विषको अधिक मात्रालाई पनि सामान्य मान्नु हुँदैन

संकलित नमूनालाई परीक्षणका क्रममा हरियो, पहेंलो र रातो गरी तीन वटामा वर्गीकरण गरिन्छ । ३५ प्रतिशतसम्म रुकावट प्रतिशत (इन्हिबिसन पर्सेन्टेज) भएका तरकारी सोझै भान्छामा लगेर पकाउन र खान मिल्छ ।

४५ प्रतिशत नाघेका तरकारी भने मानव स्वास्थ्यका लागि घातक हुन्छन् । त्यस्तो नमूना भेटिए निर्देशनालयले कालिमाटी बजार विकास समितिमार्फत् तत्काल नियन्त्रणमा लिएर नष्ट गर्छ । यस्ता तरकारीलाई रातो समूहमा राखिन्छ ।

३५ देखि ४५ प्रतिशत रुकावट सम्भावना भएका तरकारीलाई पहेंलो वर्गमा राखिन्छ । काठमाडौंमा अहिलेसम्म रुकावटको सम्भावना ३५ प्रतिशत नाघेका टमाटरका आठ वटा नमूना भेटिएका छन् । अन्य धेरै तरकारी पनि यही अवस्थामा भेटिने गरेका छन् ।

३५ प्रतिशत रुकावट सम्भावना भएका तरकारी विषादि प्रयोगका हिसावले तत्कालै पकाउन र खान मिल्दैन । त्यस्ता तरकारी र फलफूललाई २/३ दिन राखेर र राम्रोसँग पखालेर मात्रै प्रयोग गर्न मिल्छ ।

आलुमा अधिक विष

धेरै विषादि भेटिने तरकारीमा तेस्रो नम्बरमा आउँछ, आलु । अहिलेसम्म आलुका १० वटा नमूनामा अत्यधिक विषादि प्रयोग भएको पाइएको छ ।

गोलभेंडाजस्तै भान्छामा अधिक प्रयोग हुने तरकारी आलु हो । र, ती दुवै ‘रेड जोन’ मा पर्नुले उपभोक्ता कसरी विषाक्त तरकारी उपभोग गरिरहेका छन् भन्ने प्रष्ट हुन्छ ।

आलुपछि सिमी र खुर्सानीमा विषादिका अवशेष अधिक पाइएको छ । सिमीका १३ वटा नमूना तत्काल प्रयोग गर्न नसकिने गरी ‘रेड जोन’मा परेका छन् ।

बोडीका चार नमूनामा पनि खान नमिल्ने गरी नै विषादि भेटिएको छ । पछिल्लो समयमा तितेकरेलामा पनि बढी विषादिको प्रयोग पाइएको छ । गत आर्थिक वर्षमा करेलामा तीन वटा नमूना ‘रेड जोन’मा परेका थिए ।

लौका, काँक्रो, भेंडेखुर्सानीलगायत तरकारी पनि अस्वस्थकर पाइएका छन् ।

‘९९ प्रतिशत तरकारी खानयोग्य नै भेटिन्छन् । तर, एक प्रतिशतमै भेटिने विषको अधिक मात्रालाई पनि सामान्य मान्नु हुँदैन,’ क्षत्री भन्छन्, ‘विष त आखिर विष नै हो ।’

भारतीय तरकारी बढी खतरनाक

काठमाडौंमा आउने सब्जीमध्ये सबैभन्दा बढी विषादि भारतबाट भित्रिने तरकारीमा भेटिने गरेको छ । अहिलेसम्म भारतमा उत्पादित नौ वटा नमूनामा अधिक विषादि भेटिएको छ ।

त्यसपछि काभ्रेको उत्पादन बढी विषाक्त भेटिने गरेको छ । हालसम्म काभ्रेका आठ वटा नमूनामा धेरै मात्रामा विषादिको अवशेष पाइएको छ ।

काठमाडौंकै उत्पादन पनि विषाक्त पाइने गरेको छ । काठमाडौंमा उत्पादित तरकारीका पाँच वटा नमूनामा कैफियत भेटिएको छ । धादिङ, चितवन, बारा, पर्सा र सर्लाहीका तरकारी पनि त्यति स्वस्थकर भेटिएका छैनन् ।

सबैभन्दा धेरै विषादियुक्त तरकारी माघ महिनामा उपत्यकामा भित्रिने गरेको देखिन्छ । त्यसपछि साउन र मंसिरमा बजारमा पाइने तरकारीमा विषादिको अवशेष बढी पाइन्छ ।

बढ्दो प्रयोग

असार ०७१ मा कालिमाटी आउनेमध्ये १३ दशमलव ९० प्रतिशत तरकारीमा अत्यधिक विषादि भेटिएको थियो ।

तर, त्यस्ता तरकारी नियन्त्रण लिएर नष्ट गर्न थालिएपछि किसानले विषादि प्रयोग घटाएका थिए । आव ०७१/७२ मा चार वटा नमूनामा मात्रै अधिक विषादि भेटिएकामा आव ०७३/७४मा बढेर १० वटामा अत्यधिक प्रयोग पाइएको थियो ।

उक्त आवमा अन्य २२ वटा नमूनामा समस्या देखिएको थियो । चालु आवका चार महिनामा दुई वटा नमूनामा अधिक विषादि पाइएको छ ।

रोगकिरा नियन्त्रणका लागि प्रयोग हुने अर्गानोफोस्फेड र कार्बानेटको प्रयोग बढी देखिएको अधिकृत क्षत्रीले जानकारी दिए ।

बजारमा अर्गानोफोस्फेड समूहका करिब ९० किसिमका विषादि किन्न पाइन्छ । कार्बानेट समूहका ३० भन्दा बढी विषादि नेपालमा उपलब्ध छन् ।

तर, किरा नियन्त्रणका लागि प्रयोग हुने विषादि सीधै मानव शरीरमा पुगिरहेका छन् । अन्लाईनखबर बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चन्द समूहका नुवाकोट सेक्रेटरी पक्राउ
चन्द समूहका नुवाकोट सेक्रेटरी पक्राउ
नेकपा नेता अधिकारीको स्वास्थ्य सुधारोन्मुख
नेकपा नेता अधिकारीको स्वास्थ्य सुधारोन्मुख
राजधानीको मध्य भागमा डेढ घण्टा हिँडेर मतदान
राजधानीको मध्य भागमा डेढ घण्टा हिँडेर मतदान
निजामती प्रशासन सुस्त, सचिव बैठक किन भयो अवरुद्ध ?
निजामती प्रशासन सुस्त, सचिव बैठक किन भयो अवरुद्ध ?
‘उज्यालो गण्डकी प्रदेश’ घोषणालाई प्रभावकारी बनाउन प्राधिकरणको सहयोग आवश्यक : मुुख्यमन्त्री पाण्डे
‘उज्यालो गण्डकी प्रदेश’ घोषणालाई प्रभावकारी बनाउन प्राधिकरणको सहयोग आवश्यक : मुुख्यमन्त्री पाण्डे
फागुन २७ गते शुक्रवारको राशिफल यस्तो छ
फागुन २७ गते शुक्रवारको राशिफल यस्तो छ
काेराेनाभाइरसका कारण अमेरिकामा ‘दुई लाखको मृत्यु हुनसक्ने’ चेतावनी
काेराेनाभाइरसका कारण अमेरिकामा ‘दुई लाखको मृत्यु हुनसक्ने’ चेतावनी
भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई महानगरको मेयर बनाउन  मतपत्र च्यात्नेको थप सम्मान !
भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई महानगरको मेयर बनाउन मतपत्र च्यात्नेको थप सम्मान !
गुल्मीको रेसुङ्गा ४ मा कांग्रेस र एमालेको मत बराबर, गोलाप्रथा हुँदै ,कस्को होला बलियो भाग्य ??
गुल्मीको रेसुङ्गा ४ मा कांग्रेस र एमालेको मत बराबर, गोलाप्रथा हुँदै ,कस्को होला बलियो भाग्य ??
Neutral Record Exposes The Unanswered Questions on Lvbet Rejestracja

तपाईंले छुटाउनुभयो कि?