आधुनिक प्रविधिको प्रयोग गरी घाँस उत्पादन

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ५, २०७४
|
|
६७ पटक हेरिएको
Shares
आधुनिक प्रविधिको प्रयोग गरी घाँस उत्पादन

सारांश

  • बाबियाचौर, म्याग्दी, ५ असोज  ः यहाँका एक किसानले आधुनिक प्रविधिको प्र्रयोग गरेर घाँस उत्पादन गरेका छन् ।
  • बेनी नगरपालिका–९ तोरीपानीस्थित धौलागिरि व्यावसायिक बाख्रा फार्मका सञ्चालक आनन्द रिजालले ‘हाइड्रोफोनिक’ प्रविधिको प्रयोग गरेर घाँस उत्पादन गर्नुभएको हो ।
  • माटोबिना नै पानीको सहायताले उत्पादन गरिने घाँसले दानासरह पौष्टिक तत्व दिने र दानाको लागत घट्ने उहाँ बताउनुहुन्छ ।

बाबियाचौर, म्याग्दी, ५ असोज  ः यहाँका एक किसानले आधुनिक प्रविधिको प्र्रयोग गरेर घाँस उत्पादन गरेका छन् ।

बेनी नगरपालिका–९ तोरीपानीस्थित धौलागिरि व्यावसायिक बाख्रा फार्मका सञ्चालक आनन्द रिजालले ‘हाइड्रोफोनिक’ प्रविधिको प्रयोग गरेर घाँस उत्पादन गर्नुभएको हो । माटोबिना नै पानीको सहायताले उत्पादन गरिने घाँसले दानासरह पौष्टिक तत्व दिने र दानाको लागत घट्ने उहाँ बताउनुहुन्छ ।

दानाका रुपमा प्रयोग हुने गहुँ, जौ र मकैलाई भिजाएर पातलो टे«मा रुमालले छोपेर अँध्यारो कोठामा पानीको मात्रा र तापक्रम मिलाएर राखेपछि आठ दिनमा घाँस तयार हुन्छ । परीक्षण सफल भएपछि उहाँले सोही प्रविधि प्रयोग गरेर घाँस उत्पादन गर्न थाल्नुभएको छ । एक किलो दानाबाट १२ किलो घाँस उत्पादन हुने रिजालले बताउनुभयो ।

विसं २०७१ देखि सञ्चालित सो फार्ममा उन्नत बोयर र बोयर क्रस जातका बाख्रापालन गरिँदै आएको छ । छिटो हुर्कने, तौल बढी हुने, रोग कम लाग्ने बोयर जातको बाख्रापालनबाट चाँडो आम्दानी लिन सकिने रिजालले बताउनुभयो । करिब १७० किलोसम्म तौल हुने बोयर जातको खसी–बोका व्यावसायिक हिसाबले उपयोगी भएकाले स्थानीय जातको बाख्रा विस्थापित गरेर बोयर क्रस गराएर पाल्न थालेको उहाँले बताउनुभयो ।

सो फार्मबाट बोयर बोका र स्थानीय जातको बाख्राबाट जन्मिएका पाठापाठी बीउका रुपमा वार्षिक बिक्री हुने गरेको छ । तीस किलोको बोकालाई रु ५० हजारसम्ममा बिक्री गरिन्छ । करिब रु आठ लाखको लागतमा स्थापित सो फार्ममा तीन जनाले रोजगारी पाएका छन् । वार्षिक रु चार लाखसम्म आम्दानी हुने रिजाल बताउनुहुन्छ । हाल सो फार्ममा ४६ वटा बाख्रा रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल–चीनको उत्तरी नाका रसुवागढीबाट आइतबार साँझदेखि सवारी आवागमन बन्द
नेपाल–चीनको उत्तरी नाका रसुवागढीबाट आइतबार साँझदेखि सवारी आवागमन बन्द
राष्ट्रपति कार्यालयमै अड्कियो अध्यादेश ,कानुन नबन्दा राष्ट्रिय सभा गठनमा अप्ठेरो
राष्ट्रपति कार्यालयमै अड्कियो अध्यादेश ,कानुन नबन्दा राष्ट्रिय सभा गठनमा अप्ठेरो
बैंक लुटपाट प्रकरण:एटिएमको सिसिटिभी अनुगमन प्रभावकारी बनाउन सुझाव -रमेश लम्साल
बैंक लुटपाट प्रकरण:एटिएमको सिसिटिभी अनुगमन प्रभावकारी बनाउन सुझाव -रमेश लम्साल
बिमस्टेक सम्मेलनका लागि प्रधानमन्त्रीको निर्देशन
विशेष समयमा विशेष कुरा
विशेष समयमा विशेष कुरा
ओलीले सपनामा पनि चुनाव सारेको देख्नु हुन्छ: प्रधानमन्त्री देउवा
ओलीले सपनामा पनि चुनाव सारेको देख्नु हुन्छ: प्रधानमन्त्री देउवा
ससुरालीबाट फर्कदै गरेका दम्पत्तिको दुर्घटनामा ज्यान गयो
ससुरालीबाट फर्कदै गरेका दम्पत्तिको दुर्घटनामा ज्यान गयो
एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ : नेता पौडेल
एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ : नेता पौडेल
नेपाल सरकारको मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्रीको नियुक्त…
नेपाल सरकारको मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्रीको नियुक्त…
काठमाडौं उपत्यकाको सुरक्षा केन्द्र मातहत राख्ने विधेयक सर्वसम्मत पारित
काठमाडौं उपत्यकाको सुरक्षा केन्द्र मातहत राख्ने विधेयक सर्वसम्मत पारित

तपाईंले छुटाउनुभयो कि?