माओवादी चुनावअघि सरकारबाट नबाहिरिने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन १७, २०७४
|
|
५४ पटक हेरिएको
Shares
माओवादी चुनावअघि सरकारबाट नबाहिरिने

सारांश

  • काठमाडौं, असोज १७ – नेकपा माओवादी केन्द्रले चुनावअघि सरकारबाट नबाहिरिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई आश्वस्त पारेको छ ।
  • प्रधानमन्त्री देउवासँग मंगलबार दुईपटक भेट्नुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग चुनावी तालमेल मात्र भएको र तत्काल सरकारबाट नबाहिरिने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।
  • कसै न कसैसँग तालमेल गरेर चुनाव लड्ने पार्टीको तयारी अनुसार एमालेसँग तालमेल गरेको तर अहिलेकै सरकारले चुनाव गराउने भएकाले आफुहरु सरकारबाट नबाहिरिने बताउनुभएको थियो ।

काठमाडौं, असोज १७ – नेकपा माओवादी केन्द्रले चुनावअघि सरकारबाट नबाहिरिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई आश्वस्त पारेको छ ।

प्रधानमन्त्री देउवासँग मंगलबार दुईपटक भेट्नुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग चुनावी तालमेल मात्र भएको र तत्काल सरकारबाट नबाहिरिने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

कसै न कसैसँग तालमेल गरेर चुनाव लड्ने पार्टीको तयारी अनुसार एमालेसँग तालमेल गरेको तर अहिलेकै सरकारले चुनाव गराउने भएकाले आफुहरु सरकारबाट नबाहिरिने बताउनुभएको थियो । छलफलमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड सहित कांग्रेस नेताहरु सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?