कांग्रेसका भातृसंगठनहरु राष्ट्रपतिको कदमविरुद्ध संघर्षमा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन ११, २०७४
|
|
६१ पटक हेरिएको
Shares
कांग्रेसका भातृसंगठनहरु राष्ट्रपतिको कदमविरुद्ध संघर्षमा

सारांश

  • काठमाडौं, ११ फागुन ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमलाई असंवैधानिक भन्दै नेपाली कांग्रेसका भातृसंगठनहरु संघर्षमा उत्रिएका छन् ।
  • आज तरुण दलको केन्द्रीय कार्यालय रविभवनमा भातृसंस्थाहरुको भेलाले राष्ट्रपतिको कदमविरुद्ध शान्तिपूर्ण कार्यक्रम गर्ने निर्णय गरेको तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले बताए ।

काठमाडौं, ११ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमलाई असंवैधानिक भन्दै नेपाली कांग्रेसका भातृसंगठनहरु संघर्षमा उत्रिएका छन् । आज तरुण दलको केन्द्रीय कार्यालय रविभवनमा भातृसंस्थाहरुको भेलाले राष्ट्रपतिको कदमविरुद्ध शान्तिपूर्ण कार्यक्रम गर्ने निर्णय गरेको तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले बताए ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनीत हुने ३ जनाको नाम सिफारिस गरेको थियो । ती नामहरुबारे राष्ट्रपति भण्डारी मौन बसेकी थिइन् । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका ३ जनालाई राष्ट्रपति भण्डारीले राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी थिइन् ।

राष्ट्रपतिको यो कामलाई नेपाली कांग्रेस र त्यसका भातृसंगठनहरुले असंवैधानिक भन्दै आएका छन् । अघिल्लो सरकारले सिफारिस गरेका ३ जनाले आफूलाई मनोनीत नगरेको भन्दै आजै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?